बिहीबार, वैशाख १३, २०८१

व्यक्तिगत प्रयोगको लागि भाङ वैधानिक गर्ने पहिलो युरोपेली देश माल्टा

नेपालप्लस संवाददाता२०७८ मंसिर २८ गते १९:३७

आफ्नो घरायशी प्रयोजन र व्यक्तिगत प्रयोगको लागि भाङ वैधानिकरुपमा प्रयोग गर्ने माल्टा युरोपेली संघको पहिलो देश बनेको छ ।

सांसदहरूले मंगलबार भाङ प्रयोग गर्ने कानुनी सुधारलाई अनुमोदन गरेका छन् जसले नागरिकहरूलाई सीमित मात्रामा भाङको खेति गर्न र स्वामित्वमा राख्न अनुमति दिएको छ ।

नयाँ कानून अन्तर्गत १८ वर्ष र त्यस माथिका नागरिकहरूले सात ग्रामसम्म भाङ राख्न र घरमा भाङको चारवटासम्म बोट खेती गर्न पाउने छन् ।

माल्टाको संसदले विधेयक पारित गर्न संसदमा पेश गरेको थियो । त्यसलाई प्रधानमन्त्री रोबर्ट अबेलाले समर्थन गरेका थिए ।

भाङको चमत्कार : इन्धन कम खाने, कार्बनडाईअक्साईड घटाउने

तर विपक्षी नेशनल पार्टीले सुधारको आलोचना गरेको छ । यसले देशमा सामान्यिकरण गर्ने र लागूपदार्थको प्रयोग बढाउने भन्दै आलोचना गरेको छ ।

यो विधेयक संसदमा बहुमतले स्वीकृत भएको थियो । र माल्टाका राष्ट्रपति जर्ज भेलाले यस हप्ताको अन्त्यमा हस्ताक्षर गर्ने छन् ।

प्रधानमन्त्री अबेलाले परिमार्जित कानून अन्तर्गत लागुऔषध ओसारपसार गैरकानुनी रहने दोहोर्‍याएका छन् ।

“हामीले समस्यालाई सम्बोधन गर्न कानून बनाइरहेका छौं । यो क्षेत्रलाई नियमन गरेर हानि न्यूनीकरण गर्ने दृष्टिकोण अपनाएका छौं । अब मानिसहरूले कालोबजारीको सहारा लिनु पर्दैन” उनले गत महिना संसदमा तर्क गरेका थिए ।

संवन्धित समाचार

स्विजरल्याण्डले भाङको बिक्रि शुरु गर्ने

गाँजा भाङलाई वैधानिक गराउन फ्रान्सेली नेताहरु कसरतमा

भाङको चमत्कार : इन्धन कम खाने, कार्बनडाईअक्साईड घटाउने

लागू औषध माफियाद्वारा आक्रमणको डरले डच प्रधानमन्त्री कडा सुरक्षामा

तपाइँको प्रतिक्रिया