शुक्रबार, चैत १६, २०८०

एनआरएनएमा फेरि चारो फ्याँकियो, दुई अध्यक्ष बनाउने प्रस्तावमा छलफल

नेपालप्लस संवाददाता२०७८ मंसिर २९ गते १:०९

गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद मिलाउन भन्दै डा. बद्रि केसी र कुल आचार्यलाई एक एक वर्ष कार्यकाल सुम्पिने विषयमा छलफल अगाडि बढाएर अर्को चारो फ्याँकिएको छ ।

यस विषयको छलफल केहि हप्ता अगाडिदेखिनै जारि रहेपनि पछिल्लो समयमा उक्त प्रस्तावलाई अध्यक्षका प्रत्यासी डा. बद्रि केसी र कुल आचार्यसमक्ष पुर्‍याइएको हो ।

एनआरएनएमा आधा आधा कार्यकाल अध्यक्ष बनाउने लगायतका आधा दर्जन भन्दा बढी बिकल्पमा यस अघिनै छलफल भएको थियो । र यसका बारेमा नेपालप्लसले गत शनिवार ति बिकल्पका बारे ‘एनआरएनए एकताको अन्तिम प्रयास जारि, आधा दर्जन बढी बिकल्पमा भित्रभित्रै बहस‘ शिर्षकमा एक रिपोर्ट सार्वजनिक गरेको थियो ।

विवाद कसरि मिलाउने भन्ने विषयमा एक एक वर्ष अध्यक्ष चलाउन दिने प्रस्ताव लिएर अध्यक्षका प्रत्यासी कुल आचार्यको टोली संस्थापक अध्यक्ष ड उपेन्द्र महतोसमक्ष छलफलका लागि पुगेको थियो । शुरुमा यस्तो प्रस्ताव अस्विकार गर्दै आएका डा महतोले ‘शेष घलेले मान्छन् त ?’ भन्ने प्रश्न गरेका थिए ।

कुल आचार्य पक्षले ‘शेष घलेलाई मनाउने जिम्मा हाम्रो भयो’ भन्ने जवाफ दिएपछि महतोले “यदि यसले बिकल्प दिन्छ र तपाईहरु सहमत हुनुहुन्छ भने छलफलकालागि म प्रस्ताव गरिरिदिन्छु’ भन्दै महतोले डा. केसी, कुल आचार्य, डा. हेमराज शर्मा, अध्यक्ष कुमार पन्त, महेश श्रेष्ठ लगायतका ब्यक्तिसमक्ष प्रस्ताव गरिदिएका थिए ।

एनआरएनए एकताको अन्तिम प्रयास जारि, आधा दर्जन बढी बिकल्पमा भित्रभित्रै बहस

प्रस्ताव सुनेलगत्तै डा. बद्रि केसीले ‘यदि एनआरएनएमा मनै एक मात्र समस्या हुँ, मैले गर्दानै निर्वाचन हुन नसक्ने र मनै बाधक हुँ भने म बाहिरिन्छु, यो प्रस्ताव अनुसार अध्यक्ष म बन्दिन, बरु तपाईहरुले जसलाई अध्यक्ष बनाउने हो बनाउनुस्’ भन्ने जवाफ फर्काइदिएको स्रोतले नेपालप्लसलाई बतायो ।

यस्तो प्रस्ताव लिएर जानेहरुले अध्यक्षका प्रत्यासी रबीना थापासित भने सल्लाह गरेका छैनन् । अध्यक्षका प्रत्यासी दुई जनासित मात्रै सल्लाह गर्ने र दुई जनाले सहमति गर्दैमा रबीना थापाले मान्लिन भन्ने टुंगो नगरिकनै गरिएको प्रस्तावले फेरि अर्को समस्या निम्तिन सक्ने संभावनापनि केहिले औंल्याएका छन् ।

मतदाताहरुले मत दिएर वा निर्वाचित भएर आएकि, उपाध्यक्षमा सबैभन्दा बढी मत ल्याएर बिजयी भएकि रबीना थापासित बिना सल्लाह गरिएको प्रस्ताबले निकास देला कि झन अर्को विवाद ल्याउला भन्नेमा चाहिं प्रस्ताबहरुको ध्यान पुग्न सकेको देखिन्न ।

‘मपनि अध्यक्षकी प्रत्यासी हुँ, मपनि के कम छु ? मेरो अधिकारपनि समान छ, मलाई लत्याएर वा मेरो सहमतिबिना गरिने कुनैपनि प्रस्ताव मलाई मान्य हुने छैन’ भन्ने जवाफ रबीना थापाले दिएमा त्यसको बिकल्प के हुनसक्छ वा त्यसले कस्तो समस्या निम्त्याउनसक्छ भन्ने हेक्कापनि प्रस्तावकहरुले राखेको देखिन्न ।

यस अघि सोमवार कुल आचार्य पक्षका केहि अभियन्ताहरुले संस्थापन पक्षले घोषणा गरेको निर्वाचनलाई टक्कार दिन ६०० जनाको हस्ताक्षर जुटाउन भन्दै नेपाली कांग्रेसको महाधिवेशका क्रममा नेपाल पुगेका आफ्ना निकटका ब्यक्तिहरुसित छलफल गरेका थिए । उनीहरुले ‘पिपल्स अफ नेपाली ओरिजिन (पि एन ओ)’ अर्थात् ‘नेपाली मूलका नागरिकहरू’ नामको छुट्टै संस्था दर्ताको प्रकृया अगाडि बढाउने छलफल गरेका थिए । तर उक्त छलफलले पछि मूर्त रुप लिन सकेन ।

यस अघि संस्थापन पक्षले यदि तोकिएकै समयमा उमेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन गरेको खण्डमा १२ डिसेम्वर आइतवारकै दिन आफ्नो तर्फबाट छुट्टै निर्वाचन कमिटि गठन गरेर समानान्तर तरिकाले निर्वाचन गर्नेबारेपनि छलफल भएको थियो । उक्त छलफललेपनि मूर्तरुप पाउन सकेन । र उनीहरुले अन्तिम प्रयासका रुपमा छलफल चलाए । एक एक वर्ष अध्यक्ष बन्ने बिकल्प लिएर संस्थापक अध्यक्ष डा उपेन्द्र महतोकहाँ पुगेका हुन् ।

अध्यक्ष कुमार पन्तले एक अधिकार सम्पन्न टिम बनाइदिने र त्यहि टिमले एक एक वर्ष अध्यक्ष चलाउने विषयमा गृहकार्य गर्ने प्रस्ताव अध्यक्ष कुमार पन्तले गरेको स्रोतले नेपालप्लसलाई बतायो । यसलाई स्वतन्त्ररुपमा पुष्टि गर्न खोज्दा अध्यक्ष कुमार पन्तसित सम्पर्क हुन सकेन ।

तर एनआरएनएको विधानमा एक एक वर्ष कार्यकाल हुनेगरि दुई अध्यक्षको परिकल्पना गरिएको छैन । त्यसलाई विधानसम्मत कसरि बनाउन सकिन्छ भन्ने विषयमापनि छलफल भएको छ ।

यसलाई कार्यान्वयनमा ल्याउने हो भनेपनि विधानसम्मात बनाउनुपर्ने र सहमति गरेपछि विशेष अधिवेशन बोलाएर विधान परिमार्जन गर्ने भन्ने चर्चापनि चलेको छ ।

तर विधान संशोधन पछि एक कार्यकालसमेत नचलेको विधानमा दुई अध्यक्ष पद स्रिजना गर्नैकालागि एनआरएनए सदस्यहरुले विशेष अधिवेशनमा भाग लेलान् र भाग लिएरपनि सजिलै यस्तो पदको हानथापकै लागि विधान संशोधन गर्न मान्लान् भन्नेपनि पक्का छैन । विधान दुई तिहाईले अनुमोदन गर्नुपर्ने भएकालेपनि एक एक वर्ष चलाउनेगरि दुई अध्यक्ष बनाउने विधानमा आम एनआरएनले सहमति गर्लान् भनेर सहजै विश्वाश गर्न सकिनेपनि देखिन्न ।

संवन्धित समाचार

एनआरएनए एकताको अन्तिम प्रयास जारि, आधा दर्जन बढी बिकल्पमा भित्रभित्रै बहस

तपाइँको प्रतिक्रिया

फेसबुक