शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए निर्वाचन : अध्यक्षमा भागवण्डा गर्नेहरुलाई अदालत पुर्‍याउने चेतावनी

नेपालप्लस संवाददाता२०७८ मंसिर २९ गते १७:१५

 

गैर आवाशिय नेपाली संघ (एनआरएनए) को महाधिवेशन र निर्वाचनमार्फत् नेतृत्व चयनमा एक एक वर्ष नेतृत्व भागबण्डाको प्रस्ताव बाहिरिएका बेला त्यस्तो भागबण्डा अस्विकार्य भएको डा बद्रि केसीले बताएका छन् भने भागबण्डा गर्नेलाई अदालत पुर्‍याउने चेतावनी रबीना पक्षको छ ।

एनआरएनएका उपाध्यक्ष र आगामी नेतृत्वकालागि अध्यक्षका उमेदवार डा बद्रि केसीले एनआरएनएको नेतृत्व विवाद सुल्झाउन आधा आधा कार्यकाल पालैपालो अध्यक्ष बन्ने प्रस्ताव कुल आचार्यका तर्फबाट आएको तर आफूले अस्विकार गरेको नेपालप्लससितको कुराकानीमा बताए ।

अध्यक्षका प्रत्यासीनै तिन जना भएकाले दुई जनाको बिचमा होइन कि तिन जनाकाबिचमै छलफल हुनुपर्ने भनाई राखेको केसीले नेपालप्लससितको कुराकानीमा बताउँदै भने ‘कमसकेम मैदानमा आइसकेपछि तिन जना अध्यक्षका उमेदवारकै समान सम्मान हुनुपर्छ ।”

वार्ताका धेरि मोडेलहरु हुनसक्ने तर त्यो वार्तामा अध्यक्षका तिन जनानै संलग्न हुनुपर्ने प्रस्तावकहरुलाई आफूले बताएकोपनि केसीले उल्लेख गर्दै भने ‘अध्यक्षका तिन जना उमेदवारलाईनै सँगै राखेर छलफल गर्नुस् न भनेर मैले अध्यक्षलाई भनेको थिएँ। उहाँले त्यो प्रयत्न गर्नुहुन्छ भन्ने लागेको छ ।”

“सहमती हुन नसक्नुमा समय बाँडेर राज गर्नुनै त्यो निकास होइन” केसीले नेपालप्लससितको कुराकानीमा भने “समस्या एनसिसीसीहरुको प्रतिनिधि छनौटको हो । त्यतातिर हामी जाँदै जाँदैनौं । त्यसमा छलफल र सहमति गरेर जान म सधैं लचक छु । जुन ठाउँमा समस्या छ त्यो ठाउँमा प्रहार गर्नुपर्‍यो । नभएको समस्या कोचल्ट्याएर, नभएको समस्याको बिउ रोपेर कामै छैन ।”

दुई जना अध्यक्षका प्रत्यासी मात्रै होइन कि सहमतिका लागि अध्यक्षका प्रत्यासी तिन जनाकै बिचमा छलफलकालागि आग्रह बद्रि केसीले गरेका छन् । त्यसलगत्तै अध्यक्ष कुमार पन्तले अध्यक्षका तिनै जना प्रत्यासी र पूर्व अध्यक्षहरुको बैठक डाक्ने प्रयत्न गरेकोपनि केसीले उल्लेख गरे ।

आफूले जहाँ समस्या छ त्यहिं छलफल गर्न भनेको र निर्वाचनको बिकल्प भनेको निर्वाचननै भएको अध्यक्षलाई बताएकोपनि केसीले उल्लेख गर्दै भने “निर्वाचनको बिकल्प भनेको निर्वाचननै हो । अरु हुन सक्दैन । त्यसैमा केन्द्रित बनौं भनेका छौं ।”

‘एनआरएनएमा ५३ पदजति प्रत्यक्ष निर्वाचनका उमेदवार छन् । सबै जोड्दा १०३ जनाजति हुन्छन् । तपाईहरु अध्यक्ष पदकालागि मात्रै बाँडीचुँडी गर्ने प्रस्ताबले अन्य पदका प्रत्यासीहरुको हैशियत के हुने त ?’ भन्ने प्रश्न केसीसित नेपालप्लसले गरेको थियो ।

उक्त प्रश्नमा केसीले भने ‘शुरुमै आएको अध्यक्ष बाँडिचुँडीको प्रस्ताबनै मेरोलागि मान्य होइन । यदि म योग्य छु भने एनआरएन निर्वाचनले मलाई दुई वर्षको लागि नेतृत्वमा पठाउँछ । यदि म योग्य छैन भने मतदाताहरुले हराउँछन् । त्यो भन्दा तेस्रो बिकल्प मलाई चाहिंदैन ।”

दुई वर्षको कार्यकाल आधा आधा बाँडेर बद्रि केसी र कुल आचार्य अध्यक्ष बन्ने प्रस्ताव आफूले गम्भिरताकासाथ अस्विकार गरेकोपनि केसीले नेपालप्लससित बताए “मैले त्यो प्रस्ताव गम्भिरताकासाथ अस्विकार गरिदिएको हुँ ।”

‘अध्यक्ष बाहेकका महासचिव, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका पदको हैशियत के हुन्छ त ?’ भन्ने नेपालप्लसको प्रश्नमा डा बद्रि केसीले भने ‘नेपालप्लसले भने जस्तै ५२, ५३ जनाको हैशियतपनि त्यस्तै बाँडिचुँडी हुने होला । त्यो भनेको संभवनै नहुने चिज हो ।”

कुल आचार्य पक्षले भने अध्यक्ष र महासचिवको आधा आधा कार्यकाल बाँड्ने र अन्य पदको भने निर्वाचन गर्न तयार रहेको प्रस्ताव गरेका थिए । केसीले भने “उहाँहरुले चाहिँ अध्यक्ष र महासचिव आधा आधा कार्यकाल बाँडेर चलाउँ । अरु चाहिं चुनावमा जाउँ भन्नुभएको थियो रे” केसीले भने ।

‘एनआरएनएको मूल समस्या अध्यक्ष र महासचिव पदका लागि रहेछ, अन्यत्र रहेनछ हैन त ?’ भन्ने नेपालप्लसको प्रश्नमा केसीले भने ‘हो, अन्त छैन । अन्त चाहिँ सबै चुनावमा जान तयार । अन्तिममा अध्यक्षको पद मिलाउँ अरु चाहिं चुनावमा जाउँ भन्ने थियो रे ।”

भागबण्डा गरेमा अदालत पुर्‍याउँछौं

बिनय अधिकारी, युके

अध्यक्षका उमेदवार रबीना थापा पक्षबाट महासचिवको पदमा उमेदवारी दिएका बिनय अधिकारीले पाटन उच्च अदालतले निर्वाचनको बाटो खुला गर्दापनि बिभिन्न बहाना बनाएर निर्वाचन रोक्ने काम निन्दनिय भएको बताएका छन् ।

उनले भने ‘गैर आवाशिय नेपाली संघलाई छिनभिन्न गर्ने काम भएको छ । त्यो काम हामी गर्न दिंदैनौं र त्यस्ता तत्वहरुलाई हामी एनआरएनमा छिर्नपनि दिंदैनौं ।”

‘एक एक वर्ष मिलेर खानेपनि कहिं हुन्छ ? कहिं नभएको जात्रा हाँडीगाउँमा हुन हुन्न ।”

संघले निर्वाचनको कार्यतालिका पटक पटक हेरफेर गर्दै आएकोमापनि उनले आपत्ती जनाउँदै भनेका छन् “यो घोर निन्दनिय छ ।”

उनले सबै उमेदवारहरुलाई मनोनयनको फर्म सार्वजनिक गर्नपनि माग गरेका छन् ।
उनले गैर आवाशिय नेपाली संघका अध्यक्षहरुको चाखले गर्दा संघको भावनालाई कुण्ठित गरेको आरोपपनि लगाए ।

प्रतिनिधि छनौटलाई बार्गेनिङ गर्ने र अँध्यारो कोठामा बसेर एक एक वर्ष भागवण्डा गर्ने काम अस्विकार्य भएको बिनय अधिकारीले खुलेरै बताएका छन् । त्यो गलत भएकाले आफूहरुले त्यसलाई सफल हुन नदिनेपनि उल्लेख गरे ।

आफूले पिएनओ (पिपल्स अफ नेपाली ओरिजिन) खोल्न लागेको सुनेको र त्यो खोल्न स्वतन्त्र रहेको तर एनआरएनए एक भएर निर्वाचन प्रक्रियामा अगाडि बढ्नुपर्ने बताए ।

यदि संस्थाको बिरुद्द लागेमा त्यसलाई कानुनि कठघरामा ल्याएर जेलसम्म ठोक्न सकिने अधिकारीले बताए नले भने “यदि कोहि संस्थाको बिरुद्द लाग्छ भने त्यसलाई कानुनी कठघरामा ल्याएर जेल समेत ठोक्न सक्छौं । किनभने कानुनी कठघरामा ल्याएर त्यो मान्छेलाई हामी जेल चलान गर्न सक्छौं । कसैले नक्कली काम गरेर यो संस्थालाई बिगार्न खोज्छ भने त्यस्तो प्रमाण भेटाएको खण्डमा त्यस्ता मानिसहरुलाई हामी बाँकि राख्दैनौं ।”

तपाइँको प्रतिक्रिया