बुधबार, वैशाख १२, २०८१

‘सहमितको नाममा हुने कुनै पनि भागबण्डा अमान्य’ अधिकारी

नेपालप्लस संवाददाता२०७८ मंसिर २९ गते २२:३१

बिनय अधिकारी, युके

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनकालागि महासचिव पदका उमेदवार विनय अधिकारीले अँध्यारो कोठामा हुने कुनैपनि भागबण्डा अमान्य हुने बताएका छन् ।

उनले वर्तमान समस्याको समाधान पाटन उच्च अदालतको भावना र संघको विधानभित्र रहेर खोज्न वर्तमान नेतृत्व समक्ष माग समेत गरेका छन् ।

संघका महाधिवेशन प्रतिनिधिहरु छनोटको विषयमा समेत पाटन उच्च अदालतले निर्वाचनको बाटो खोलिदिएको दुई साता हुँदासम्म संघको वर्तमान नेतृत्वले बिभिन्न वाहनामा निर्वाचन रोक्न खोजेको भन्दै उनले त्यसको निन्दासमेत गरेका छन् ।

त्यति मात्रै होइन, संघको निर्वाचन समितिले समेत पटक पटक कार्यतालिका हेरफेरे गरी निर्वाचनको प्रकृयालाई फितलो बनाउँदै आएको प्रति घोरनिन्दा एवं भत्सर्ना गरेका छन् । यसअघि निर्वाचन समितिद्धारा सार्वजनिक गरिएको तालिका बमोजिम भोलि (विहीवार) बाट उम्मेदवारको मनोनयन दर्ताको प्रकृया शुरु गर्न जोडदार माग समेत गरेका छन् ।

संघको निर्वाचन तोकिएको मितिमा गराउन र यसका लागि सहयोग गर्न पुर्वअध्यक्षहरु तथा अभियन्ताहरुलाई विशेष अनुरोध समेत विनय अधिकारीले गरेका छन् ।

उनी अध्यक्षका प्रत्यासी रबीना थापाको टिममा महासचिवका उमेदवार हुन् ।

तपाइँको प्रतिक्रिया