शुक्रबार, चैत १६, २०८०

नक्कली नेत्रहिन बनेर स्कूटरमा ठगि गर्दै हिंड्ने पक्राउ

नेपालप्लस संवाददाता२०७८ पुष १ गते ०:०४

 

नक्कली नेत्रहिन बनेर स्कूटरमा ठगि गर्दै हिंड्ने एक ब्यक्तिलाई ईटालीका प्रहरीले पक्राउ गरेका छन् । वर्षौंको आर्थिक फाइदा लिन अन्धो भएको दाबी गर्ने एक इटालियन व्यक्ति स्कुटर चढ्दै गर्दा पक्राउ परेका हुन् ।

स्कुटरमा सवार त्यस ब्यक्ति पसलको झ्यालबाट भित्र हेरिरहेको देखिएको थियो ।

प्रहरीले सिसिली सहर स्थित पालेर्मोमा ४० वर्षीय संदिग्ध व्यक्तिलाई ठगीको आरोपमा पक्राउ गरेको बताएको छ ।

ती व्यक्तिले जन्मजात “पूर्ण रूपमा अन्धो” भएको दाबी गरेपछि सन् २००८ देखि राज्यबाट सहायता लिंदै आएका थिए । उनले राज्यबाट सहायतास्वरुप एक लाख ७० हजार युरो भन्दा बढी प्राप्त गरेको आरोप छ ।

त्यस ब्यक्तिले सन् २०१८ मा आफ्नो ड्राइभिङ इजाजतपत्र नवीकरण गरेपछि इटालियन वित्तीय प्रहरीलाई पहिलो पटक सतर्क गराईएको थियो । त्यतिबेला उनको कथित दृष्टि कमजोर रहेको बताइएको थियो ।

ईटालियन स्थानीय मिडियाले ठगी गर्ने त्यस व्यक्ति ड्राइभिङ गर्दागर्दै मोबाईलसमेत चलाईरहेको बेला पक्राउ गरिएको उल्लेख गरेका छन् ।

रिपोर्टहरुका अनुसार उसले पसलको झ्यालमा हेर्दै र आफ्नी छोरीलाई बाइक चलाउन सिकाएको देखिएकोसमेत प्रहरीले पत्ता लगाएको छ ।

त्यस ब्यक्तिले ईटालीमा केहिपनि आम्दानी नहुने सबैभन्दा गरिब ब्यक्तिलाई दिने सरकारी भत्ता समेत लिंदै आएको थियो ।

उक्त व्यक्ति प्रहरीमा परिचित थियो । किनभने ऊ कथित रूपमा आपराधिक सञ्जालको एक हिस्सा बनिसकेको प्रहरीको रिपोर्टमा छ । उसले बीमाबाट पैसा असुल्न ट्राफिक दुर्घटनाहरू मञ्चन गरेको थियो ।

सन् २०२० मा गरिएको एक घोटालामा उसलाई झण्डै १५ वर्षको जेल सजाय सुनाइएको थियो । तर उसले उक्त सजायविरुद्ध अपिल गरेपछि अदालतको आदेशमा छुटेको थियो ।

कारवाहीका क्रममा केही सवारीसाधन र गोदामसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक