बिहीबार, वैशाख १३, २०८१

नेदरल्यान्ड्सको शाही परिवारले कोभिड-१९ नियम उल्लङ्घन गरेको भन्दै ब्यापक आलोचना

नेपालप्लस संवाददाता२०७८ पुष २ गते ०:४५

Image Credit-wikipedia.org

डच शाही परिवारले गत हप्ता राजकुमारी अमालियाको १८ औं जन्मदिनमा २१ जनालाई आमन्त्रित गरेर उत्सव मनाएकोमा खेद प्रकट गरेको छ ।

हालको कोरोना भाईरस नियन्त्रण नियमहरू अन्तर्गत नेदरल्याण्डका मानिसहरूले घरमा १३ वर्ष भन्दा माथिका चार जना पाहुनाहरू मात्रै बोलाउन सक्ने प्रावधान छ । तर डच शाहि परिवारले त्यसको उल्लंघन गर्दै २१ जनालाई आमन्त्रण गरेपछि त्यसको ब्यापक आलोचना भएको थियो । सार्वजनिक टिकाटिप्पणी बाक्लिएपछि डच शाहि परिवारले खेद प्रकट गरेको हो ।

डच प्रधानमन्त्री मार्क रुटेले संसदमा लेखेको पत्रमा भनेका छन् “राजाले मलाई आफूले केहि समय सोचबिचार गरेपछि पार्टी आयोजना गर्नु राम्रो नभएको जानकारी दिनुभयो।”

भविष्यकि रानीको जन्मदिन गत शनिबार दरबारको स्वामित्वमा रहेको पार्क बाहिर आयोजना गरिएको थियो । अतिथिहरूलाई कोरोना भाईरस परीक्षण गराउन, खोप लगाउन र सामाजिक दूरीको सम्मान गर्न भनिएको थियो ।

उक्त पत्रमा भोज कार्यक्रममा कतिजना उपस्थित थिए भन्ने उल्लेख नगरिएको भन्दै धेरै सांसदहरूले आलोचना गरेका थिए ।

“यदि हामीले शाही परिवारका लागि अपवाद बनायौं भने हाम्रा सबै उपाय, नियमहरू अलग हुन्छन्” पार्टिज भूर डे डिएरेन (पार्टी फर द एनिमल्स) का सांसद इभा भ्यान एस्चले भनेका छन् ।

अमालियाले डिसेम्बर ७ मा आफ्नो १८ औं जन्मदिन मनाएपछि तुरुन्तै डच काउन्सिल अफ स्टेटमा प्रवेश गरेकि थिईन् । त्यो सरकारको सर्वोच्च सल्लाहकार निकाय हो । उमेर पाको भएपछि राजकुमारीको त्यहाँ स्वतह प्रवेश हुने प्रावधान नेदरल्याण्ड्समा छ ।

राजकुमारी अमालियाको जन्मदिनको आसपासमा आयोजित उत्सवहरूले महामारीको समयमा डच राजतन्त्रले गरेको गलत बाटोको श्रृंखला पछ्याउने भन्दै आलोचना गरिएको छ । यसले शाही परिवारको लोकप्रियतामा प्रभाव पारेको मेडियाहरुले उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया