बुधबार, वैशाख १२, २०८१

के हामी सधैंभरि बाँच्न सक्छौं ? बन्दै छ बुढ्यौली घटाउने खोप

नेपालप्लस संवाददाता२०७८ पुष २ गते १:४५

तपाईं सधैंभरि बाँच्न सक्ने कल्पना मात्रै गर्नुभयो भनेपनि के हुन्छ ? यो लामो समयदेखि काल्पनिक कुरा हो । राजा, उच्च घरानिया, हिरो हिरोनी, ठूला बैज्ञानिक र अरबपतिहरूले सोचेको प्रश्नपनि हो यो ।

अब जापानका अन्वेषकहरूले बुढ्यौली प्रक्रियालाई बढाउने कोशिकाहरू विरुद्ध एक खोपको सफल परीक्षण गरेका छन् । यसले मानव दीर्घायु बढाउने दिशामा कदम चाल्न सक्छ ।

प्रयोगशाला गरिएका परीक्षणहरूमा सेन्सेन्ट कोशिकाहरूमा रहेको प्रोटिनलाई लक्षित गर्ने औषधिले प्राकृतिक रूपमा आफैंलाई पुन: उत्पादन गर्न रोकेको हुन्छ । उनीहरुले त्यो मुसामा परिक्षण गरेका थिए ।

बुढा मुसाहरूमा त्यो उत्पादन गर्ने कमजोरी देखिएको छ । त्यसको प्रगतिलाई सुस्त बनाइदिएको टोकियोको जुनटेन्डो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले बताएका छन् ।
खोपले बाक्ला तन्तु र रक्त नलीहरूमा सेन्सेन्ट कोशिकाहरूलाई पनि सफलतापूर्वक लक्षित गरेको छ । यसले वृद्धावस्थासँग सम्बन्धित अन्य चिकित्सा अवस्थाहरूमा सकारात्मक प्रभाव पार्न सक्छ ।

“यो खोप धमनी कडा हुने, मधुमेह र अन्य बुढेसकाल सम्बन्धी रोगहरूको उपचारमा लागू हुनेछ भन्ने हामी आशा गर्न सक्छौं” जुनटेन्डोका प्राध्यापक तोरु मिनामिनोले जापानको जिजी समाचार एजेन्सीलाई भनेका छन् ।

सेलुलर सेन्सेन्स भनेको के हो ?

कोशिकाहरू सेन्सेन्ट (निस्क्रिय) हुन्छन् जब तिनीहरूले आफैंलाई नक्कल गर्न छोड्छन् । प्रायः तिनीहरूको डीएनएमा प्राकृतिक रूपमा हुने क्षतिको प्रतिक्रिया जनाउँदा त्यस्तो हुन्छ । सेलुलर सेनेसेन्सले बुढ्यौली प्रक्रियामा योगदान पुर्‍याउँछ । साथै अल्जाइमर र केही क्यान्सरहरू जस्ता बुढ्यौलीसित सम्बन्धित रोगहरूमा योगदान पुर्‍याउँछ ।

“सेन्सेन्ट कोशिकाहरूले तन्तुको कार्यमा बाधा पुर्‍याउने कारकहरूको शृङ्खला बनाउँछन्” युनिभर्सिटी अफ लेसेस्टरको मेकानिजम अफ क्यान्सर एन्ड एजिङ ल्याबका प्रमुख डा साल्भाडोर म्यासिपले युरोन्यूजलाई भने ।

उनीहरूले प्रतिरक्षा प्रणालीबाट कोशिकाहरूलाई ‘सक्रिय’ गर्छन् । यो सिद्धान्तमा तिनीहरूद्वारा त्यो ठाउँ वा सक्रियता बढाउन आव्हान गर्छन् । तर त्यो अन्ततः असफल हुन्छ र फाइब्रोसिससँग मिसिएको पुरानो निम्न स्तरको सूजन (इन्फ्लामेसन) सिर्जना गर्दछ ।

म्याकप युके, स्पेन, नाइजेरिया र साउदी अरेबियाका विश्वविद्यालयहरूका शिक्षाविद्हरूको अन्तर्राष्ट्रिय टोलीको एक हिस्सा थिए जसले यस वर्ष अक्टोबरमा सेन्सेन्ट कोशिकाहरूलाई सम्बोधन गर्ने अर्को विधिमा अनुसन्धान प्रकाशित गरेको थियो ।

“बुढ्यौलीको जैविक प्रक्रिया धेरै जटिल छ । त्यसैले यो सम्भव छैन कि एक मात्र रणनीतिले यसलाई पूर्ण रूपमा रोक्छ वा यसलाई उल्टाउने छ । यद्यपि त्यहाँ यसलाई ढिलो गर्ने धेरै तरिकाहरू छन् । र सेन्सेन्ट कोषहरू सफा गर्ने सबैभन्दा सजिलो र एक माध्यम हो जस्तो देखिन्छ । सम्भवतः यो अझ प्रभावकारी हुनेछ” उनले भने ।

आयुको सीमा

“प्रयोगशालामा गरिएका परीक्षणहरूमा सेन्सेन्ट कोशिकाहरूको निर्माणलाई रोक्नाले मुसाको आयु १५ प्रतिशतले विस्तार गर्यो” म्याकपले युरोन्यूज नेक्स्टलाई भने । अन्य यस्तै प्रयोगले ३५ प्रतिशतले वृद्धि हासिल गरेको उनले बताए ।

तर मानिस धेरै उत्साहित हुनु अघि अनुसन्धानकर्ताहरूलाई अझै पनि जीवित प्राणीको आयु कति विस्तार गर्न सकिन्छ भन्ने जानकारि मिलिनसकेको उनले बताएका छन् ।

“जीवन कति लम्ब्याउन सकिन्छ र यसको सीमा छ कि छैन भनेर जान्न अहिलेनै भनिहाल्न धेरै चाँडो छ” उनले भनेका छन् “यद्यपि हामीले जवाफको लागि धेरै समय कुर्नुपर्दैन।

“एन्टी-एजिंग (बुढ्यौली घटाउने) अनुसन्धानको क्षेत्र धेरै छिटो अगाडि बढिरहेको छ । पछिल्लो दशकमा यस विषयमा धेरै प्रमुख खोजहरू भएका छन्” म्याकपले थपे “पहिलो एन्टी एजिङ चक्की लिने व्यक्ति सम्भवतः पहिले नै जन्मिसकेको छ ।”

तपाइँको प्रतिक्रिया