शुक्रबार, वैशाख १४, २०८१

ओमिक्रोन विश्वव्यापी स्वास्थ्यमा ‘सबैभन्दा ठूलो खतरा’ जी ७, ‘अमेरिकामा झन छिटो फैलिनसक्छ’ बाईडेन

नेपालप्लस संवाददाता२०७८ पुष ३ गते १७:२४

विश्वका प्रमुख शक्तिशाली देशहरुको समुह जी ७ ले कोरोना ओमिक्रोन भेरियन्ट विश्वभरिकै जनताको स्वास्थ्यकालागि सबैभन्दा खतरा भनेको छ ।

जी ७ ले ओमिक्रोन संस्करणलाई “विश्वव्यापी जनस्वास्थ्यको लागि सबैभन्दा ठूलो हालको खतरा” भन्दै यसको उदयले आर्थिक रुपमा शक्तिशाली देशहरुलाई धेरै मारमा पार्ने उल्लेख गरेको छ । विश्वको आर्थिक क्षेत्रलाई मारमा पार्ने बताउँदै उनीहरुले जी ७ देशकाबिच आर्थिक सहयोगमा हातेमालो गर्नुपर्ने बताएका छन् ।

ओमिक्रोन संक्रमणहरूको वृद्धिबाट गहिरो चिन्ता मान्नुपर्नेमा बेलायतका मन्त्रीहरूसमेत सहमत भएका छन् । “यी घटनाक्रमहरूलाई विश्वव्यापी जनस्वास्थ्यको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेरिनुपर्छ” हाल जी ७ समुहको अध्यक्ष रहेको बेलायतले बिज्ञप्तीमा भनेको छ “जी ७ निकट राष्ट्रहरुबिच तथ्यांक आदान प्रदान गर्न, आर्थिक सहयोग जारि राख्न, नजिकको सहयोग बढाउन र निगरानी गर्न अझै बढी आवश्यक छ ।

जी ७ स्वास्थ्य मन्त्रीहरूले यसअघि बेलायतले आयोजना गरेको अन्तिम बैठकमा भाग लिएका थिए । मन्त्रीहरूले यसको फैलावटबिरुद्द लड्नको लागि निदान, जीनोम अनुक्रमण, खोप र थेराप्युटिक्समा विश्वव्यापी पहुँचमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।

जी ७ देशहरुको समुहमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत, संयुक्त राज्य अमेरिका र युरोपेली संघ छन् ।

‘अमेरिकामा झन छिटो फैलिनसक्छ’ बाईडेन

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको ओमिक्रोन संस्करण संयुक्त राज्यमा धेरै छिटो फैलिने सक्ने चितावनी दिँदै अमेरिकीहरूलाई खोप लगाउन आग्रह गरेका छन् ।

“एउटा वास्तविक सुरक्षा भनेको तपाइँले खोप लिनु हो” उनले खोप नगरिएकाहरूका लागि यो जाडोयाम गम्भीर रोग र मृत्युको कारक बन्न सक्ने भविष्यवाणी गर्दै भने ।

महामारीको पछिल्लो समयमा अमेरिका झन् बढी चिन्तित हुँदै गएको बेला उनले सार्वजनिक टिप्पणी गरेका हुन् । डिसेम्बर १ सम्म संक्रमणको नयाँ दैनिक केसहरूको औसत संख्या ८६,००० थियो । डिसेम्बर १४ मा ३५ प्रतिशतले बढेर त्यो संख्या ११७,००० मा पुगेको थियो ।

बाइडेनले खोप लगाइएका मानिसहरूलाई बूस्टर शट लिनुको महत्त्व दर्शाएका छन् । उनले खोप लगाउन बाँकी रहेकाहरूलाई पहिलो खोप लिनुपर्ने महत्त्वमा जोड दिएका छन् ।

ओमिक्रोन भेरियन्टसँग जोडिएको प्रकोप विश्वव्यापी रूपमा फैलिएको छ । र धेरै युरोपेली राष्ट्रहरूले यात्रा प्रतिबन्धहरू लागू गरिरहेका छन् ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) को तथ्याङ्क अनुसार संयुक्त राज्य अमेरिका विश्वमा सबैभन्दा बढी प्रभावित देश हो । हाल प्रति दिन त्यहाँ औसत १,१५० ब्यक्तिको मृत्यु कोरोना संक्रमणकै कारण भैरहेको छ ।

बाईड्डेनले डिसेम्बर २ मा संक्रमण, अस्पताल भर्ना र मृत्युको तीव्र वृद्धिलाई रोक्ने योजनासमेत सार्वजनिक गरेका छन् ।

संक्रमण दर उच्च भएपनि तिब्र बिरोधको त्रासले उनले थप स्वास्थ्य प्रतिबन्धहरु लगाउने आँट गर्न सकेका छैनन् । केही अमेरिकीहरू विश्वका अरू जस्तै दैनिक जीवनमा महामारीसित सम्बन्धित नियम, परिवर्तनहरू र प्रतिबन्धबाट थकित छन् ।

रिपब्लिकनहरू नियमित रूपमा मानिसहरूलाई खोप लगाउन वा मास्क लगाउन बाध्य पार्ने विचारको बिरूद्ध बोलिरहेका छन् ।

ओमिक्रोन भेरियन्टको तनाव करिब एक हप्ता अघि पहिचान गरिएको थियो । त्यो बेला अमेरिकाले धेरै दक्षिणी अफ्रिकी देशहरूबाट अमेरिकाको यात्रा रोक्यो । तर कुनै अन्य प्रतिबन्धहरू लागू गरेन । घरेलु उडानहरूमा स्वास्थ्य उपायहरू कडा पार्न समेत सकेको छैन् ।

जोन्स हप्किन्स युनिभर्सिटी ट्र्याकरका अनुसार अमेरिकामा मंगलबार आठ लाखले कोभिड-१९ को मृत्युलाई पार गरेको छ ।

यस वर्षको वसन्तमा प्रभावकारी र निःशुल्क खोपहरू उपलब्ध भएपनि कोभिड-१९ बाट करिब चार लाख ५० हजार मानिसको मृत्यु भइसकेको छ । तिमध्ये अधिकांशले खोप लगाएका थिएनन् ।

तपाइँको प्रतिक्रिया