मंगलबार, वैशाख ४, २०८१

सय भन्दा बढी खुट्टा, अन्धो जीव चट्टानमा खुरुरु

नेपालप्लस संवाददाता२०७८ पुष ३ गते १८:४२

पाउन त अरिगाँठेहरु नेपालमापनि पाइन्छन् । जमिनमै खुरुरु हिंडेको देखिन्छ । तर खासै यिनको बारेमा अघिरो अनुसन्धान भएको भने पाइन्न । तर अष्ट्रेलियाको मरुभूमिमा अरिगाँठे भूमिगत रुपमा फेला परेका छन् ।

नामनै मिलिपेड अर्थात् हजारौं खुट्टा । तिनको नाम हजारौं खुट्टा भनेर राखिएपनि हजार होइन तिनमा एक सय भन्दा बढी खुटा हुन्छन् भन्ने चाहिँ पुष्टी भएको छ । अधिकांश प्रजातिमा भने एक सय भन्दा कम खुट्टा हुने बैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

तर अन्वेषकहरूले अरिगाँठे (मिलिपीड) को यस्तो एक प्रजाति पत्ता लगाएका छन् जुन परिभाषा भन्दा फरक हुनसक्छ । यो जनावर पश्चिमी अस्ट्रेलियाको मरुभूमिको सतहभन्दा ६० मिटर तल बसेको भेटिएको थियो । टोलीले खानी कम्पनीहरूद्वारा खनिएका अन्वेषण प्वालहरूमा विशेष रूपमा डिजाइन गरिएका पासोहरू (भिज्ने कुहिने पातहरूले टाँसिएको प्लास्टिकको पाइप) राखेर खोजि गरेका थिए ।

तिनको गहिरो बसोबास गर्ने मेरुदण्ड नभएको जीव (इन्भर्टेब्रेट) हरूको खोजी गरिरहेको थियो ।

एक मिलिमिटर भन्दा कम चौडाइ, क्रीम-रङ्गको अरिगाँठे लगभग १० सेन्टिमिटर लामो छ । यो जमीन माथि बस्ने सम्बन्धित अरिगाँठेहरू भन्दा धेरै मसिनो छ । यसको धेरै छोटो खुट्टाहरूले यसलाई चट्टानमा स-साना छिद्र वा दरारहरू मार्फत आफ्नो बाटो मा फनक्क फनक्क घुमाउन, हिंड्न बल दिन सक्छ ।

यसमा आँखा हुँदैन । आँखाको काम यसको एन्टेनाले गर्छ । यसैले संसारलाई पहिचान गर्न, बाटो देखाउन मद्दत गर्छ । यसले सायद ढुसी खाने गर्छ ।

जमिनको त्यति भित्रि भागमा अनुसन्धान गर्दा टोलीले आठ वटा फेला पारेको छ । ति मध्ये दुई वयस्क पोथीहरू मात्र साँचो अर्थमा अरिगाँठे हुन् । दुई वयस्क भालेहरुमा ७७८ र ८१८ वटा खुटा छन् । हरेक अरिगाँठेको खुट्टाको संख्या फरक हुन सक्छ किनभने आर्थ्रोपोड (अरि गाँठेको वर्ग) हरूले आफ्नो जीवनभर शरीरका अतिरिक्त भागहरू विकास गर्छन् ।

बरोइङ सेन्टीपेड (खजुरोहरु) हरूको समूहले जस्तै शरीरका खण्डहरू खुम्च्याउन र लम्ब्याउन वा पसार्न सक्छन् । त्यसो गर्दा सायद स-साना छिद्रहरूबाट हिंड्न सक्षम बनाउँछ र अप्ठेरा मार्गहरू पछ्याउन मद्दत गर्न सक्छ ।

प्रजातिको नामले ग्रीक देवीलाई जनाउँछ । सतहको हावापानी तातो र सुख्खा हुँदा यो प्राणीले धेरै पहिले नै भूमिगत शरण लिएको हुनसक्छ भनी लेखकहरूले टिप्पणी गर्छन् ।

युमिलिप्स पेर्सेफोन नामले चिनिएको पछिल्लो प्रजातिको नामले जमिनमुनिको ग्रीक देवीलाई जनाउँछ । सतहको हावापानी तातो र सुख्खा हुँदा यो प्राणीले धेरै पहिले नै भूमिगत शरण लिएको हुनसक्ने लेखकहरूले टिप्पणी गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक