शुक्रबार, चैत १६, २०८०

बच्चा रुखमा फ्याँकेर आमाहरु आहाराको खोजीमा

नेपालप्लस संवाददाता२०७८ पुष ३ गते २०:०९

Image Credit-worldanimalfoundation.com

चमेरा (फ्रुट ब्याट) हरुले राती आहारा खोज्न जाँदा असहाय बच्चालाई कहाँ छोड्छन् होला ? धेरैलाई लाग्छ, आमाहरूले आफ्ना साना बच्चाहरूलाई गुफामा छोड्छन् ।

न्युयोर्क टाईम्सको एक रिपोर्ट अनुसार चमेराका आमाहरुले आफ्ना बच्चालाई टपक्क टिपेर लैजान्छन् र नजिकैको रुखमा फालिदिन्छन् ।

अनुसन्धानकर्ताहरूले करेन्ट बायोलोजीमा रिपोर्ट गरे अनुसार यो प्रक्रियाले युवा ब्याटहरूलाई एक्लै बाटो पत्ता लगाउन, आफू कहाँ छु भनेर जान्न (एकल नेभिगेट) गर्न तयार गर्छ । सिक्न बाध्य पार्छ ।

वैज्ञानिकहरूले चमेरोको गतिबिधि पत्ता लगाउनको लागि इजरायलको तेल अवीव बाहिर एउटा गुफामा आमा र बच्चा चमेरो (इजिप्टियन फ्रुट ब्याट) लाई जिपिएस यन्त्रहरू जोडेका छन् ।

आमाहरूले आफ्ना बच्चाहरूलाई बोकेर गुफाबाट बाहिर निस्किए । बच्चाहरूलाई गुफाको प्रवेशद्वार नजिकैको “नर्सरी” वा साना रूखहरूमा छोडेर गए । फर्किने बेला ति बच्चालाई उठाएर ल्याएको फेला पारे ।

जब बच्चाहरू १० हप्ताको उमेरमा पुग्छन् तब आमाहरूले तिनीहरूलाई एक्लै छोडिदिन्छन् । हुर्किएका चमेरोहरूले त्यसपछि गुफाको मुखबाट नर्सरी रूखमा एकल यात्रा गर्छन् । सिक्छन् । त्यो रूखलाई आधारको रूपमा वा आफ्नो घर नजिक छ भन्ने चिन्हको रुपमा प्रयोग गरेर फराकिलो संसारको अन्वेषण सुरु गर्छन् ।

यसको अर्थ बच्चाहरूले आफ्ना आमाहरूबाट उल्टो झुन्डिएर आफ्नो नर्सरी रूख पत्ता लगाउन सिक्छन् । साना रुखमा छोडिएदिएपछि ति उल्टो झुण्डिएका हुन्छन् । सिक्ने क्रममा साना रुखका हाँगाबाट खसेपनि मर्दैनन् । तिनले आमा आएको, त्यो रुखबाट आफ्नो गुफा कता छ भनेर बाटो, दिशा पत्ता लगाउन, झुण्डिएर हाँगामा अडिन सिक्ने अनुसन्धानकर्ताहरूले निष्कर्ष निकालेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक