बिहीबार, वैशाख १३, २०८१

ओमिक्रोनको फैलावट रोक्न खोज्दाखोज्दै ८९ देशमा पुग्यो

नेपालप्लस संवाददाता२०७८ पुष ३ गते २१:१२

कोभिड-१९ को ओमिक्रोन भेरियन्ट ८९ देशमा फेला परेको छ । जनसंख्यामा उच्च स्तरको प्रतिरोधात्मक क्षमता भएका ठाउँ र खोप लगाएकाहरूमा पनि तीव्र गतिमा फैलिरहेको विश्व स्वास्थ्य संगठनले शनिबार जनाएको छ ।

ओमिक्रोनबाट संक्रमितहरू प्रत्येक साँढे एक दिन देखि ३ दिनमा दोब्बर हुन्छन् । जुन भेरियन्ट सामुदायमा संक्रमण भएका देशहरूको स्थितिले देखाएको हो । “अर्थात् विदेशमा संक्रमित व्यक्तिहरूबाट मात्र ओमिक्रोन सर्ने होइन” विश्व स्वास्थ्य संगठन (डब्ल्यु एच ओ) युरोपले भनेको छ ।

डेल्टा भेरियन्टमा ओमिक्रोनले पर्याप्त वृद्धिको लाभ लिन्छ । यसको अर्थ यसले चाँडै डेल्टालाई ती देशहरूमा प्रमुख भेरियन्टको रूपमा उछिन्नेछ” डब्ल्युएचओले भनेको छ ।

ओमिक्रोन केसहरूको द्रुत बृद्धि हुनुको कारण प्रतिरोधात्मक क्षमतालाई बेवास्ता गर्ने भएकोले हो वा पहिलेको भेरियन्टहरू भन्दा स्वाभाविक रूपमा बढी संक्रमणजन्य भएर हो वा दुबैको संयोजन भएर हो भन्ने अज्ञात रहेकोपनि एजेन्सीले उल्लेख गरेको छ ।

ओमिक्रोनको बारेमा अन्य प्रमुख प्रश्नहरूपनि अनुत्तरित छन् । हालसम्म कोरोनाको मूल रुपलाई भनेर विकास गरिएका खोपहरु यसको बिरूद्ध कत्तिको प्रभावकारी हुन सक्छ भन्नेपनि यकिन भैसकेको छैन ।

युरोपभरका राष्ट्रहरू ओमिक्रोनले उत्प्रेरित संक्रमणको नयाँ लहरलाई रोक्नको लागि कडा उपायहरू पुन: लागू गर्न अघि बढिरहेका छन् । फ्रान्स, नेदरल्याण्ड, स्पेन, हंगेरी, अष्ट्रिया, बुल्गेरिया, ग्रिस सम्म कोरोना भाईरस नियन्त्रणकालागि अपनाईएका नयाँ नियम र स्वास्थ्य सतर्कताहरुलाई बेवास्था गर्दै थुप्रै बिरोधहरु भएका छन् । तर युरोपेली सरकारहरुले तिनको बेवास्ता गर्दै थप कडाई गरिरहेका छन् ।

संक्रमितहरुको संख्या बढ्दै जाँदा फ्रान्स र अस्ट्रियाले यात्रा प्रतिबन्धहरू कडा पारेका छन् । फ्रान्सले त आफ्नो नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना गर्ने आतिशबाजी समेत रद्द गरेको छ ।

ओमिक्रोनका कारण नयाँ उपायहरू लगाएका अन्य देशहरूमा डेनमार्क, आयरल्याण्ड, बेल्जियम पनि छन् । डेनमार्कले सार्वजनिक स्थलहरू जस्तै थिएटर र कन्सर्ट हलहरू बन्द गरिदिएको छ । आयरल्याण्डमा पब र बारहरूलाई साँझ ८ बजेसम्म मात्र खोल्ने अनुमति छ ।

डब्ल्यु एचओले पहिलो पटक नोभेम्बर २६ मै ओमिक्रोनलाई चिन्ताको एक प्रकारको रूपमा घोषणा गरेको थियो ।

तपाइँको प्रतिक्रिया