बिहीबार, वैशाख १३, २०८१

नेदरल्याण्ड्समा ओमिक्रोन तिब्र वृद्धि भएपछि क्रिसमसमै ‘लकडाउन’ गरिने

नेपालप्लस संवाददाता२०७८ पुष ३ गते २२:०३

नेदरल्याण्ड्सले ओमिक्रोन कोरोना भाइरस संस्करणको बृद्धिलाई रोक्ने प्रयास स्वरुप क्रिसमस अवधिमै लकडाउन गर्ने भएको छ ।

डच प्रधानमन्त्री मार्क रुटेले शनिबार सबै गैर अत्यावश्यक पसल, रेस्टुरेन्ट, बार, सिनेमाघर, संग्रहालय र थिएटरहरू आइतवारदेखि जनवरी १४ सम्म बन्द हुने घोषणा गरेका हुन् । स्कूलहरू कम्तिमा जनवरी ९ सम्म बन्द गरिने छ ।

डिसेम्बर २५ मा क्रिसमसको दिन बाहेक मानिसले आफ्नो घरमा आउने पाहुनाको संख्या पनि चारबाट घटाएर दुईमा झार्नुपर्ने छ ।

“म आज राती यहाँ उभिरहेकी छु” रुटेले शनिवार साँझ एक टेलिभिजन पत्रकार सम्मेलनमा भने “यसलाई एक वाक्यमा, संक्षेपमा भन्नुपर्दा नेदरल्याण्ड्स भोलिदेखि लकडाउनमा फर्किने छ ।”

“हामीले सोचेको र डराएको भन्दापनि ओमिक्रोन भेरियन्ट छिटो फैलिईरहेको छ । कोरोनाको पाँचौं लहर झन छिटो फैलिएकोले लकडाउन गर्नु अपरिहार्य छ । हामीले अब सावधानीको रूपमा हस्तक्षेप गर्नुपर्छ” प्रधानमन्त्री रुट्टेले टेलिभिजन सम्वोधनमा भनेका छन् ।

डच प्रकोप व्यवस्थापन टोलीका प्रमुख जाप भ्यान डिसेलले पत्रकार सम्मेलनमा नेदरल्याण्ड्समा ओमिक्रोन भेरियन्टले डेल्टा भेरियन्टलाई वर्षको अन्त्यसम्ममा प्रतिस्थापन गरेर प्रभुत्व जमाउने बताएका छन् ।

(समाचार स्रोत- ए एफपी र फ्रंस २४ न्युज)

तपाइँको प्रतिक्रिया