मंगलबार, वैशाख ११, २०८१

विवादरहित एनआरएनए बनाउन महिला नेतृत्व अपरिहार्य

रबीना थापा२०७८ पुष १६ गते १४:०४

रबीना थापा

मैलेपनि नेपाली कांग्रेस लगायत अन्य राजनितिक दलका नेतासितपनि सम्पर्क गरेकि छु । बिभिन्न पार्टीमा साथीभाई, चिनजानहरु छन् । कांग्रेस पार्टीमापनि मेरो उमेदवारीलाई लिएर कुरो भएको हो । मलाई कसैलेपनि हुन्न, फलानो हो भनेको छैन । संस्थागत रुपमा आन्तरिक निति नियम अनुसार अगाडि बढ्नुपर्छ नै भनेका छन् । कुनै नेता वा कुनै ब्यक्तिले कसैलाइ बढी रुचाउनु अर्को पाटो भयो । तर पार्टीका नेताले तपाई हुनुहुन्न भनेका छैनन् । बरु अगाडि बढ्नुस् नै भनेका छन् ।

अब नेपाली कांग्रेसले आधिकारिकरुपमा कसलाई बनाउला भन्ने छलफल हुन्छ । निर्वाचन पक्का हुने भएपछि त्यो होला । म चाहिं फेरिपनि परराष्ट्र मन्त्रालय, अड्डा अदालत आदि गर्दै फेरि नेत्रित्व चुनेर फेरि अड्डा अदालत धाउने अवस्था हुनुहुन्न । सहमति र सहकार्यमै नेत्रित्व चुनिनुपर्छ भन्ने पक्षमा छु । हामी अध्यक्षका तिनै जना उमेदवार बसेर छलफल गर्ने र त्यो सहमति र सहकार्यका आधारमा नेत्रित्व चुन्नुपर्छ भन्ने पक्षमा छु ।

नेताहरुले एनआरएनएमा राजनिति गरेको, नेताहरुले कुनै ब्यक्ति विशेष चुनेको भन्दापनि हामी आफैं नेताकहाँ गएकोले त्यस्तो भएको हो । नेताहरु आफैं एनआरएनमा आएर राजनिति भएको होइन । त्यसैले हामी एनआरएनएलाई नेताहरुले उमेदवार बनाइदिएको होइन कि हामी उमेदवारनै नेताकहाँ धाएको जस्तो लाग्छ ।

अहिलेको विवादको जड भनेको अध्यक्षका हामी तिन उमेदवार हौं । हाम्रा तर्फबाट दुई दुई जनाका दरले प्रतिनिधि राखेर छफल गराउँ । र हाम्रो प्रतिनिधिले गरेको निर्णय मानौं भन्ने प्रस्ताव गरेकि थिएँ । उहाँहरु त्यो गर्नपनि चाहनुहुन्न । यतिसम्म कि कुन चाहिं अध्यक्ष आयो भने अर्को कुन नआ उने । यो त अभियान हो नी । त्यसो गर्नुभएन नी । एनआरएनएमा आफ्नो एउटा प्रतिद्वन्दिसित बैठक बस्न नसक्नेले कसरि संस्था हाँक्न सक्छ ?

म एउटा महिला हुँ । म एउटा आमापनि हुँ । मेरो पहल जहिलेपनि घर मिलाउने हुन्छ । हाम्रो घररुपी संस्थालाई मिलाएर अगाडि बढ्ने हुन्छ । त्यसकारण त्यो पहल मैले मात्रै गर्न सक्छु । अहिले विवादरहित संस्था बनाउन मैले मात्रै सक्छु ।

मैले आइसिसीको बैठकमापनि बारम्बार भन्दै आएकि थिएँ “औषधी गर्नुपर्ने छ । तर टाउको दुखेको छ भने मुटु काटेर हुँदैन ।” त्यसैले अहिलेको अध्यक्षका तिन उमेदवार हामी हौं । हाम्रो प्रतिनिधि राखौं । त्यसपछि सल्लाहकार राखौं र अध्यक्षसमेत बसौं । उहाँहरुले गरेको निर्णय मानौं भन्ने सुझाव दिएकि थिएँ । त्योपनि मान्नुभएन । समाधानका कुनैपनि बिकल्पमा नआइदिएपछि के गर्ने ?

मैले सहमति र सहकार्यमा जाउँ । कसैलाई जिताउन भनेर चुनाव गर्ने होइन । त्यसरि चुनाव गरेर जितेपनि कसले मान्छ ? धाँधली गरेर आएको भन्ने हुन्छ । तिन जना अध्यक्षका उमेदवारलाई अहिलेसम्म एउटै टेबलमा राख्न सक्नुभएको छैन । त्यसले गर्दापनि यो अप्ठेरो आएको हो । यसलाई छिट्टैनै सहमति र सहकार्यमा लैजानुपर्छ भन्ने मेरो पहल छ ।

एनआरएनएलाइ धनाढ्यको संस्था बनाए । धनाढ्यहरु मिलेर संस्था कब्जा गर्न खोजे भन्ने आरोप छ । त्यसकोलागि त सबैले भाग लिनुपर्‍यो । निर्वाचनमा उठ्नुपर्‍यो । अहिले रबीना थापा उठ्दा बार्गेनिङ भन्ने प्रश्न आउँछ भने अरुलाईपनि त्यस्तै प्रश्न आउन सक्छ नी ! त्यसकारणलेपनि मान्छे आउन डराएको होला ।

मैले त धेरै सामाजिक कामममा नेत्रित्व गरेकि छु । जापान देखि अहिले अमेरिकामापनि महिलाका धेरि आवाज उठाएका छौं । धेरै संस्थामा अध्यक्षनै भएरपनि काम गरेकि छु । आफूमापनि आत्मबल हुनुपर्‍यो । यो गर्नसक्छु भन्ने क्षमता राख्नसक्नुपर्‍यो । धेरैसित त्यो क्षमता, आत्मबल छ । यस्तै आरोप लाग्ने भएकोलेपनि नआएको होला । म त हामी पाँच जना उपाध्यक्षनै अध्यक्षको उमेदवार बन्नुपर्छ भन्छु । कसैलेपनि यो प्रतिद्वन्दी, त्यो नउठोस् भन्नुहुन्न । यो अभियान हो । अभियानमा धनी मात्रै जानुपर्छ, अरुले सक्दैनन् भन्ने कुरा चिर्नकोलागिपनि उठ्नुपर्छ ।

नेताहरुले एनआरएनएमा राजनिति गरेको, नेताहरुले कुनै ब्यक्ति विशेष चुनेको भन्दापनि हामी आफैं नेताकहाँ गएकोले त्यस्तो भएको हो । नेताहरु आफैं एनआरएनमा आएर राजनिति भएको होइन ।

एनआरएनएमा समय दिने । स्वयंसेवा गर्ने । यस्तो संस्थामा यति धेरै उमेदवारी दस्तुर राख्नुहुन्न भनेर बोल्ने मनै हो । यो एकदमै चर्को, महँगो भयो भनेर बोल्ने मनै हुँ । सबै जना आ उने वातावरण बनाउनुपर्छ भनेर अहिलेसम्म बोल्ने मान्छे मनै हो । यो भवन भट्टको पालादेखिनै यस्तै थियो । अझ अहिले त प्रतिनिधिको दुई सय डलर लिनेपनि हामीले मिनाहा गरायौं । हाम्रो कार्यसमितिले । हामीले चर्को आवाज उठाएको उठायै गरेर त्यो निशुल्क गरायौं ।

यो एकदमै महँगो भयो । पहिलेदेखिकै यस्तै भएकाले तत्कालै कम गर्न गाह्रो भएको भनिएको छ । तरपनि हामी बिदेशमा बस्नेले त्यति पैसा तिर्न नसक्ने भन्ने त छैन नै । महँगो भएपनि संस्थाको राम्रोकोलागि भनेर अहिलेसम्म त्यहि चलिराखेको छ ।

बिदेशमा बसेर, बिदेशी नागरिकता लिएकाहरुको सम्पत्ती जोगाउन छिट्टै नेपाल सरकारले कार्यान्वयन गरेन भने घरघरमा झगडा, घरघरमा मुद्दा हुने स्थिति छ । अहिले अमेरिकामै बस्ने कतिपय दाजुभाईहरुले नेपालको पैत्रिक सम्पत्ती बेच्न खोज्दा ‘यो त बिदेशी नागरिक हो’ भनेर मुद्दा हालेको स्थिति छ । दाजुभाई, बाउ आमा घुमाउन ल्याउँदा स्पोन्सर लेटर बनाउँदा कागजपत्र पठाएकोले घरमा त त्यसको रेकर्ड हुने भयो । यो बिदेशि नागरिक बनेको मान्छे हो । यसले सम्पत्ती लिनलाग्यो भनेर आफ्नै दाजुभाईले मुद्दा हालेको अवस्थापनि छ ।

त्यो सम्पत्ती त्यसै बचेको त छैन । बिदेशमा दुख गरेर काम गरेको पैसा पठाइदिएकोले दाजुभाईले त्यो सम्पत्ती बचाउन सक्नुभएहोला, बचेको देखिएहोला । बिदेशमा काम गरेर पठाइदिएकोले त्यो सम्पत्ती नबेचेको हुनसक्छ । त्यसलाई नहेरिकन बिदेशमा बस्ने आफ्नै दाजुभाईलाईपनि सौताको छोराछोरी जस्तो ब्यवहार गरिएको अवस्था छ । यसलाई हामीले कार्यान्वयन गर्नु जरुरि छ ।

अहिलेको अध्यक्षका तिन उमेदवार हामी हौं । हाम्रो प्रतिनिधि राखौं । त्यसपछि सल्लाहकार राखौं र अध्यक्षसमेत बसौं । उहाँहरुले गरेको निर्णय मानौं भन्ने सुझाव दिएकि थिएँ । त्योपनि मान्नुभएन । समाधानका कुनैपनि बिकल्पमा नआइदिएपछि के गर्ने ?

नियमावली नबनेकाले कार्यान्वयन भएको छैन । तर पैत्रिक सम्पत्तीलाई कसरि आफ्नो बनाउने भन्ने चाहिं जोखिमपूर्णनै छ । अहिले दिने भनिएको नागरिकतालेपनि धेरै कुरा गर्न पाउने र नपाउने भनेर लेखिएको छ । नागरिकता लिनेहरुले चाहिं एकदमै बिचार पुर्‍याउनुपर्ने आवस्यकता देखिराखेको छु । संविधानमा लेखेको तर कार्यान्वयनमा नभएकाले त्यो कार्यान्वयन गराउनु जरुरि छ ।

म एउटा महिला हुँ । म एउटा आमापनि हुँ । मेरो पहल जहिलेपनि घर मिलाउने हुन्छ । हाम्रो घररुपी संस्थालाई मिलाएर अगाडि बढ्ने हुन्छ । त्यसकारण त्यो पहल मैले मात्रै गर्न सक्छु । अहिले विवादरहित संस्था बनाउन मैले मात्रै सक्छु ।

म दाबीकासाथ भन्छु- मैले सबैलाई मिलाएर यो संस्थालाई जिवन्त बनाउन सक्छु । त्यो म तपाईहरुलाई निर्क्यौलकासाथ भन्न सक्छु । अहिलेको एनआरएनए परिवर्तनको चाहिएको छ । सबैलाई समेट्नसक्ने ब्यक्ति चाहिएको छ । यो संस्थालाई जोगाउने कि अरु बढी टुक्र्याउने उहाँहरुलेपनि बुझ्नुपर्छ । संस्थालाई जिवजन्त राख्न, परिवर्तन ल्याउन, मिलाएर लैजान जरुरि छ । त्यो सबै मबाट शुरुहुन्छ भन्ने मेरो दाबी छ । अहिलेको बिकल्प भनेको रबीना थापा मात्रै हो ।

(एनआरएनएको वर्तमान उपाध्यक्ष तथा आगामी केन्द्रिय निर्वाचनमा अध्यक्ष पदमा उमेदवार रबीना थापासित नेपालप्लसले डिसेम्वर ५ का दिन गरेको प्रत्यक्ष वार्तामा ब्यक्त भनाईका केहि संपादित अंश-संपादक)

संवन्धित समाचार, आलेख

सहमति बेगर गए एनआरएनए चिरै चिरा हुने खतरा

एनआरएनए विधान संशोधनको पहल र यसको मर्म

एनआरएनए निर्वाचन : बलिई हुँदै रबिना थापा

तपाइँको प्रतिक्रिया

फेसबुक