बिहीबार, चैत १५, २०८०

ओमिक्रोन भेरियन्ट बिरुद्द नोभाभ्याक्स खोप प्रभावकारि ?

नेपालप्लस संवाददाता२०७८ पुष ५ गते १५:३६

हालसम्म प्रयोगमा आएका कोरोना भाईरसका खोपहरुले ओमिक्रोन भेरियन्टलाई जोगाउन असफल भैरहेका बेला युरोपेली युनियन (ईयु) ले नोभाभ्याक्स नामको पाँचौं खोपलाई स्विकृत गर्ने भएको छ । यो खोपले ओमिक्रोन भेरियन्ट रोक्न प्रभावकारि हुने दाबि गरिएको छ ।

युरोपेली संघको औषधि नियामक एजेन्सीले नोभाभ्याक्सको खोपलाई कोभिड-१९ बिरूद्ध प्रयोग गर्न अनुमति दिने निर्णय गर्ने बताएको छ । यस खोप निर्माताले हालसम्म भएका खोपका शंकास्पद पक्षहरूलाई जित्न मद्दत गर्नसक्ने दाबि गरेका छन् ।

यदि युरोपेली मेडिसिन एजेन्सी (ई एम ए) मानव प्रयोगका लागि औषधी उत्पादन गर्न अनुमोदन गरेमा नोभाभ्याक्स युरोपेली देशहरुमा पाँचौं स्विकृत खोप हुने छ । यस अघि ईयुले फाईजर/बायोटेक, एस्ट्राजेनेका/अक्स्फोर्ड, मोडेर्ना र जोन्सन एण्ड जोनसन लाई स्विकृत गरेको छ ।

नोभाभ्याक्सले पहिले नै प्रयोगमा रहेका अन्य खोपहरू उत्पादन गर्दा प्रयोग गरिएको भन्दा धेरै परम्परागत प्रविधि प्रयोग गरेको छ । यो दशकौं पुरानो हेपाटाइटिस बी र पर्टुसिस खोपहरूमा प्रयोग गरिएको प्रविधि जस्तै छ । र यसलाई भण्डारण गर्न अन्य खोप जस्तो अति न्युन तापक्रम आवश्यक पर्दैन ।

तथाकथित प्रोटीन “सब्युनिट” भ्याक्सिनमा रोगजनक (प्याथोजेन) का शुद्ध टुक्राहरू हुन्छन् जसले त्यसपछि प्रतिरक्षा प्रतिक्रियालाई बढाईदिन्छ ।

फाईजर र मोडेर्नाका खोपहरू मेसेन्जर आरएनए (एमआरएनए) खोप भनिन्छ जुन एक नयाँ प्रविधिले बनेका हुन् । तिनले शरीरमा आनुवंशिक निर्देशनहरूलाई प्रवाहित गरिदिन्छन् जसले रोगीका कोषहरूलाई रोगसँग लड्न के गर्ने भनेर बताउँछ ।

आस्ट्राजेनेका र जोनसन एण्ड जोनसनले भाइरल भेक्टर भनिने प्रविधि प्रयोग गर्दछ जसले एडेनोभाइरस भनिने एक धेरै सामान्य प्रकारको भाइरस प्रयोग गर्दछ जुन कोविडसँग लड्न शरीरमा आनुवंशिक जानकारी प्रवाह गर्न, बोक्न परिमार्जन गरिएको छ ।

ति खोपले मुटुलाई सुन्निने बनाउने र रगत जम्ने लगायतका ‘साईड इफेक्ट’ देखिएको रिपोर्ट गरिएको छ ।

नोभाभ्याक्सका सीईओ स्टेनली सी एर्कले आफ्नो कम्पनीको खोपले विश्वव्यापी वितरण गर्न सक्ने, हाल रहेको खोपको हिचकिचाहटका चुनौतीहरू हटाउने र विश्वव्यापी खोपका प्रमुख अवरोधहरू हटाउन मद्दत गर्न सक्ने दाबी गरेका छन् ।

गत जुन महिनामा जारी गरिएको क्लिनिकल परीक्षणका नतिजाहरूले रोग विरुद्ध ९० दशमलव चार प्रतिशत प्रभावकारिता रहेको र रोग लागेपछि गम्भीर देखि मध्यम अवस्थाहरूमा १०० प्रतिशतनै प्रभावकारिता देखाएको दाबिसमेत गरिएको छ ।

कम्पनीले ओमिक्रोन भेरियन्ट विरुद्धको खोपको मूल्याङ्कन गरिरहेको र यसको लागि विशेष संस्करणमा काम गरिरहेको उल्लेख गरेको छ ।

ईएमएले सहमतिमा हस्ताक्षर गरेपछि युरोपेली आयोगले नोभाभ्याक्ससँग यो खोपको २० करोड डोज अग्रिम खरिदका लागि सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।

इन्डोनेसिया र फिलिपिन्सले नोभाभ्याक्स जाबलाई पहिले नै अनुमोदन गरिसकेका छन् । जापानले १५ करोड डोजहरू किन्न सहमति गरिसकेको छ ।

नोभाभ्याक्सले बेलायत, भारत, अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानडा र विश्व स्वास्थ्य संगठनमा पनि स्विकृतिका लागि निवेदन दिएको बताएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक