शुक्रबार, चैत १६, २०८०

हिउँले ढाकिएका बेला हंगेरीमा शीतकालीन भलिबल च्याम्पियनसिप

नेपालप्लस संवाददाता२०७८ पुष ५ गते १६:१६

पूर्वी युरोपेली देशहरुमा यति खेर हिउँले जमिन सेताम्मे छ । ठण्डी बढेको छ । तापक्रम शुन्यबाटपनि तल झरेको छ । तर हिउँले ढाकिएको जमिनमा वालुवा ओसारीओसारी हिउँ पुरेर हंगेरीले शितकालिन भलिवल च्याम्पियनसिप आयोजना गरेको छ ।

विहानको अत्यधिक जाडोमा उठ्ने, एक जोडी खेलकूद गन्जी र पतलुङ लगाएर शून्यभन्दा कम तापक्रममा खेल मैदानमा देखिने ब्यक्ति सामान्य होइन । त्यस्तो द्रिष्य देखिन्नपनि । तर शनिबार बुडापेस्टमा पेशेवर हंगेरियन भलिबल खेलाडीहरूले त्यस्तै गरे । शुन्यबाटपनि तल झरेको तापक्रममा भलिबल खेलाडीहरु सेताम्मे हिउँमा भलिबल खेलिरहेका थिए ।

दुई वर्षमा पहिलो पटक हंगेरीको राजधानीस्थित प्रतिष्ठित हिरोज स्क्वायरको शीतकालीन ‘आइस रिंक’ मा हिउँमा भलिबल च्याम्पियनशिप भएको छ । यसका विजेताहरू खेलकुदको विश्व भ्रमण ‘स्पोर्ट्स वर्ल्ड टुर) र अन्य प्रतियोगिताहरूका लागि पनि योग्य हुन सक्छन् ।

स्नो भलिबलका नियमहरूपनि नियमित समुद्र तटको भलिबल जस्तै समान छन् । जाली (नेट) हरू एउटै उचाइमा राखिन्छन् र भलिबल खेल मैदानहरू समान आकारका हुन्छन् । स्नो भलिबलमा फरक यति मात्रै हो, एउटा टोलीमा तीन जना मात्रै हुन्छन् र यो हिउँमा खेलिन्छ।

यो यस्तो एक खेल हो जुन दशकौं देखि रूसमा जस्तै चिसो मौसममा खेलिएको छ । तर अस्ट्रिया यस्तो देश हो जसले धेरै हदसम्म गैर-आधिकारिक प्रतियोगिताहरु आयोजना गरेर हिउँमा खेलिने खेललाई लोकप्रिय बनाएको छ । र अष्ट्रियामा हिउँमा खेलिने खेल लोकप्रिय बनेका छन् ।

यस खेललाई प्रायः गर्मी र शीतकालीन ओलम्पिक खेलकुदको ठूलो फ्युजनको रूपमा पनि प्रशंसा गरिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक