बिहीबार, चैत १५, २०८०

फ्रान्सद्वारा पाँच देखि-११ वर्षका वालवालिकालाई फाईजर खोप लगाउन अनुमोदन

नेपालप्लस संवाददाता२०७८ पुष ६ गते १७:०४

Image Credit-India.com

फ्रान्सको उच्च स्वास्थ नियामक निकाय (एचएएस) ले सोमबार फाइजर-बायोटेक कोविड-१९ खोप ५ देखि ११ वर्षका सबै वालवालिकाका लागि स्वीकृत गरेको छ ।

नयाँ औषधिको जोखिम मूल्याङ्कनमा संलग्न डाक्टरहरू मध्ये एक लिसे अल्टरले यो खोप व्यापक रूपमा उपलब्ध भएपछि बाल रोगका अन्य उपचारकै ढाँचामा दिइने बताएकि छन् । यसले बच्चाहरूमा उच्च प्रभावकारिता देखाएको उनको भनाई छ ।

एचएएसले यो चाहने सबै अभिभावकहरूले आफ्ना ५ देखि ११ वर्ष उमेरका बच्चाहरूलाई खोप लगाउन सक्ने उल्लेख गरेको छ ।

गत हप्ता फ्रान्सले ५-११ वर्ष उमेरकाहरूलाई विशेष सुरक्षा आवश्यक पर्ने स्वास्थ्य अवस्था भएकाहरूलाई खोप दिन थालेको छ । वालवालिकालाई खोप दिने कदमलाई स्वीकृत गरेपछि पाँच देखि ११ वर्ष उमेर समूहका सबै वालवालिकाहरूलाई खोप लगाउनको लागि बाटो खुलाएको छ ।

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंले गत हप्ता सबै वालवालिकालाई कोरोना बिरुद्दको खोप लगाउनुपर्छ भन्ने पक्षमा रहेको तर यसको निर्णय अभिभावकमा रहन दिनुपर्ने बताएका थिए ।

अल्टरले वालवालिकामा कोरोनाको गम्भिर लक्षण नदेखिने तर ८० प्रतिशत गम्भिर रुपहरु वालवालिकाको पूर्व स्वास्थ्य अवस्थाबिनानै असर गरेको देखिएकाले खोप लगाउनु उचित हुने तर्क दिएकि छन् ।

“वालवालिकाको स्वास्थ्यको पूर्व अवस्थाबिनानै गम्भिर अवस्था देखिनसक्ने भएकोले खोप लगाउनु राम्रो हुन्छ । किनकि ओमिक्रोन भेरियन्ट डेल्टाभन्दापनि तिब्ररुपमा फैलिएको छ, यो बढी संक्रामकपनि छ” उनले भनेकि छन् ।

युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले गत महिना ५-११ उमेर समूहमा फाईजर बायोटेकको कम-मात्रा भएको खोपलाई अनुमोदन गरेको थियो । युरोपेली संघका धेरै देशहरूले त्यो उमेर समूहका वालवालिकाहरूलाई खोप दिन थालेका छन्।

तपाइँको प्रतिक्रिया

फेसबुक