बिहीबार, चैत १५, २०८०

बेलायतमा दैनिक कोरोना संक्रमण एक लाख नाघ्यो

नेपालप्लस संवाददाता / बेलायत२०७८ पुष ७ गते २१:४४

Image-Photo: Chris Ratcliffe/Bloomberg News via Wall Street Journal

बेलायतमा गत २४ घण्टामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । गएको २४ घण्टामा बेलायतमा कोरोनाबाट संक्रमितको संख्या एक लाख छ हाजार एक सय २२ पुगेको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले जनाएको छ ।

बेलायतमा दैनिक एक लाख संक्रमितको संख्या नाघेको पहिलो पटक हो ।

अघिल्लो हप्ताको तुलनामा पछिल्लो हप्तामा संक्रमण झन्डै ६० प्रतिशतले बढेको बेलायती अधिकारीहरूले बताएका छन् । हाल कोरोनाको ओ मिक्रोन भाईरस अत्यधिक तिब्रताका साथ बेलायतमा फैलिरहेको छ ।

बेलायतका प्रमुख मेडिकल अफिसर डा क्रिस व्हिट्टीले अत्यधिक संक्रमणजन्य ओमिक्रोन भेरियन्टले रेकर्ड तोड्नेगरि सङ्क्रमण संख्या बढाउन सक्ने चेतावनी पहिलेनै दिएका थिए । तर स्वास्थ्य अधिकारीहरुले सरकारका तर्फबाट त्यसमा ध्यान अन्दिएको गुनासो गरेका छन् ।

प्रधानमन्त्री बोरिस जोनसनले हालसम्म प्रसारण कम गर्ने उद्देश्यले नयाँ नियमहरु ल्याएर कडाई गर्न अस्वीकार गरेका छन् । तर स्थिति घण्टा घण्टामा बिग्रिंदै गएकोपनि उल्लेख गरेका छन् ।

यसैबिच वेल्श सरकारले क्रिसमस पर्वको भोलिपल्ट डिसेम्बर २६ देखि नाइटक्लबहरू बन्द गर्नुपर्ने र सार्वजनिक स्थलमा ६ जनाभन्दा बढी जमघट हुन नपाउने नियम सार्वजनिक गरेको छ । कार्यालय र सबै सार्वजनिक क्षेत्रहरूमा दुई मिटर सामाजिक दूरी कायम गर्नुपर्ने छ ।

अधिकतम ३० जनाले इनडोर कार्यक्रममा र अधिकतम ५० जना मात्रै बाहिरी वा खुला क्षेत्रमा आयोजित कार्यक्रममा भाग लिन पाउने छन् ।

बेलायतले कोरोनाको बूस्टर अभियानलाई अगाडि बढाएको छ । बाह्र वर्षदेखि माथिका ५३ प्रतिशत मानिसले मात्रै हालसम्म एक डोज प्राप्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक