शुक्रबार, चैत १६, २०८०

“बूस्टर डोजले महामारीको अन्त्य गर्दैन” धनी देशहरुलाई डब्ल्यूएचओ प्रमुखको चेतावनी

नेपालप्लस संवाददाता२०७८ पुष ७ गते २३:१७

Image Credit-unesco.org

विश्व स्वास्थ्य संगठनका प्रमुख टेद्रोस आधानोम ग्रेब्रेयिसुसले बुस्टर डोज लगाउँदैमा विश्वबाट कोरोनाको महामारी अन्त्य नहुने चेतावनी दिएका छन् ।

धनी देशहरुले विश्वका गरिब देशमा कोरोना नियन्त्रणका लागि खोप र अन्य नियन्त्रणका उपायहरुमा पर्याप्त ध्यान नदिएर खालि सम्पन्न देशका नागरिकहरुलाई मात्रै बुस्टर डोज दिंदैमा विश्वबाट कोरोना महामारीको अन्त्य नहुने बताएका हुन् ।

धनी देशहरूमा अतिरिक्त कोविड-१९ खोप (बुस्टर डोज) लगाउन गरिएको हतारले ति देशकालागि मात्रै पहुँच हुँदा विश्वव्यापी असमानतालाई गहिरो बनाउँदै लगेकोले महामारीलाई लम्ब्याएकोसमेत स्पष्ठ पारेका छन् ।

विश्व स्वास्थ्य संगठनले लामो समयदेखि कोविड खोपको पहुँचमा राष्ट्रहरुबिच असमानताको बारेमा चेताउनी दिंदै आएको हो । धनी देशहरूले बूस्टर कार्यक्रम शुरु गर्दा गरिब राष्ट्रहरूमा धेरै कमजोर मानिसहरूलाई एउटै डोजपनि दिन नसकिएको भन्दै आलोचना गर्दै आएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले पत्रकारहरुलाई भनेका छन् “बूस्टर कार्यक्रमहरूले कोभिड-१९ महामारीलाई अन्त्य गर्नुको सट्टा लम्ब्याउने सम्भावना छ । पहिले नै उच्च स्तरको खोप दिएका देशहरूमा आपूर्तिलाई डाइभर्ट गरेर, भाइरस फैलाउने र उत्परिवर्तन गर्ने थप अवसर प्रदान गरेर महामारी लम्ब्याउने स्थिति देखिएको छ ।”

“यस्तो अवस्थामा कुनैपनि देश माहमारिबाट उम्किन, बाहिर निस्किन सक्दैन” उनको भनाई छ ।

डब्ल्यूएचओको खोपसम्बन्धी विशेषज्ञहरूको रणनीतिक सल्लाहकार समूह (सेज) ले विश्वभरका कम्तिमा १२६ देशहरूले बूस्टर वा थप खोप डोजहरूका लागि सिफारिसहरू जारी गरिसकेको बुधवार बताएका छन् । र १२० देशले ती कार्यक्रमहरू लागू गर्न थालेका छन् ।

“कुनैपनि कम आय भएको देशले अहिलेसम्म बुस्टर खोप कार्यक्रम ल्याएको छैन” डब्ल्युएचओले एक विज्ञप्तिमा भनेको छ “समन्वयात्मक रणनीति बिना विश्वले कोरोनाका थरि थरि भेरियन्टहरुलाई सधैं पछ्याइरहेको हुनेछ ।”

विश्वव्यापी रूपमा खोपहरू विस्तार गर्न असफल भएमा कोरोना भाइरसका थप प्रकारहरू विकास गर्ने मार्ग प्रशस्त हुने स्वास्थ्य विज्ञहरूले लामो समयदेखि चेतावनी दिंदै आएएका छन् ।

‘नयाँ संस्करण अभूतपूर्व गतिमा फैलिरहेको छ । १०६ देशहरूमा पहिले नै पत्ता लागेको छ’ डब्ल्युएचओले भनेको छ ।

हाल भएका खोपहरूले ओमिक्रोनबाट हुने गम्भीर रोग विरुद्ध महत्त्वपूर्ण सुरक्षा प्रदान गर्न जारी राखेको टेड्रोसले बुधवार बताएका छन् ।

“अस्पतालमा भर्ना हुने र मृत्यु हुनेको ठूलो संख्या खोप नभएका मानिसहरूमा हुन्छ । बुस्टर डोज नलगाएका मानिसहरुमा होइन भन्ने याद राख्नु महत्त्वपूर्ण छ” उनले पत्रकार सम्मेलनमा भने ।

क्रिसमसको बिदामा सबैले कोभिडको फैलावट रोक्नको लागि सबै खाले आवश्यक सावधानी अपनाउनुपर्नेमा पनि उनले जोड दिए ।

“बुस्टर डोजहरूलाई योजनाबद्दरुपमा उत्सवहरूमा सहभागि हुन, भिडभाड गर्न, समुहमा भोजभतेर गर्न, भिडकाभिड लागेर नाचगानमा रमाउन समस्या नहुने टिकटको रूपमा हेर्न सकिँदैन” उनले भने ।

यस हप्ताको सुरुमा डब्ल्यूएचओ प्रमुखले मानिसहरूलाई छुट्टीमा घुमघाम स्थगित गर्न आग्रह गरेका थिए । चाडपर्वहरूले धेरै ठाउँमा बढ्दो संरमणका घटनालाई झनै बढाउने, स्वास्थ्य प्रणालीलाई ज्यादा भार पुर्‍याउने र थप मृत्यु निम्त्याउने चेतावनी दिएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक