शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष युवराज गुरुङ मानव तस्करीमा पक्राउ

नेपालप्लस संवाददाता काठमाडौं२०७८ पुष ८ गते १८:१७

Image Credit-fairplanet.org

‘एकाविहानै मानव तस्कर युवराज गुरुङ २२ वर्षपछि पक्राउ’ शिर्षकमा समाचार देखिएपछि धेरैले पत्याएनन् । ‘यो समाचारमा लेखिएको युवराज गुरुङ त्यहि ब्यक्ति हो र ? त्यहि एनआरएनए बेल्जियमको अध्यक्ष बनेको ब्यक्ति हो र ?’ धेरै गैर आवाशिय नेपालीहरुले खोधखोज गरे । धेरैलाई शंका र खुल्दुली लागेपनि यि तिनै युवराज गुरुङ थिए, एनआरएनए बेल्जियमको अध्यक्ष बनिसकेका ।

बेल्जियममा कुनै बेला बडो आदर्शको कुरा गर्थे उनी । बेल्जियमको आन्तर्पेन निवासी युवराज गुरुङ । गैर आवाशीय नेपाली माझ झनै चिनिएका ब्यक्ति हुन् । किनकि उनी गैर आवाशीय नेपाली संघको हरेक कार्यक्रम, भेलामा आदर्शवान कुरा गर्दै हिँड्थे । सामुहिक लगानीको कुरा खुब निकाल्थे । हो यिनै युवराज गुरुङ मानव तस्करी गरेको आरोपमा नेपालमा पक्राउ परेका छन् ।

गृह मन्त्रालयलेनै प्रेस बिज्ञप्ती जारि गर्दै उनी मानव तस्करीको आरोपमा पक्राउ परेको सार्वजनिक गरेको छ । बिज्ञप्तीका अनुसार उनलाई मंशिर २३ मै पक्राउ गरिएको थियो । मंशिर २३ देखि उनलाई बिभिन्न सोधपुछ र अनुसन्धान गरियो । अन्तत : उनी मानव तस्कर भएको पक्का भएपछि बल्ल गृह मन्त्रालयले पुष ७ गते बुधवार उनी मानव तस्कर भएको भन्दै प्रेस बिज्ञप्तीनै जारि गर्‍यो ।

गृह मन्त्रालयको प्रेस बिज्ञप्तीका अनुसार बैदेशिक रोजगारीको सिलसिलामा बेल्जियम लैजाने भनी एक महिलालाई ललाईफकाई गरेर करिब ५० लाख बराबरको सुन, गरगहना र जग्गासमेत बेच्न लगाएका थिए गुरुङले ।

गुरुङले ति महिलालाई ललाईफकाई काठमाडौं ल्याएका थिए । पिडित महिलालाई आफन्तसित भेट गर्नसमेत दिएका थिएनन् । उनले वि.सं. २०५५ सालमै ति महिलाबाट रकम असुलेका थिए ।

युवराज गुरुङ मानव तस्कर भन्दै गृह मन्त्रालयबाट जारि बिज्ञप्ती

युवराज गुरुङले ति महिलालाई लुकाईछिपाई राखेकाले जिउ मास्ने बेच्ने मुद्दा वि.सं. २०५५ सालमै तत्कालिन जिल्ला प्रहरी कार्यालय काठमाडौंमा दर्ता भएको थियो । यो समयसम्म उनी लुकिछिपी हिंडेकोले पक्राउ गर्न नसकिएको बिज्ञप्तीमा उल्लेख छ ।

वि.सं. २०७७ सालमा थप अनुसन्धानकोलागि मानव बेचबिखन अनुसन्धन ब्युरो, बबरमहल काठमाडौंमा उजुरि पुगेको थियो । त्यसपछि प्रहरीले थप अनुसन्धान गरेको हो । गुरुङलाई मंशिर २३ मा पक्राउ गरेर अनुसन्धान थालिएको थियो । अनुसन्धानबाट थाह भयो, उनले पिडित महिलालाई ‘सिधै बेल्जियम जान मिल्दैन, दिल्ली हुँदै जानुपर्छ’ भन्दै नयाँदिल्ली लगेर उनीसित करिब ५० लाख हात पारे । त्यसपछि महिलालाई एक महिनासम्म अलपत्र बनाए र आफू रकम लिएर बेल्जियमतिर भागे ।

प्रहरीको प्रेस बिज्ञप्ती अनुसार उनी २०५६ सालदेखि बेल्जियम बस्दै आएका हुन् । उनले बेल्जियमको नागरिकता लिएका छन् । उनलाई गत मंशिर २३ गतेनै पक्राउ गरिएपनि उनीमाथि आवस्यक छानबिन गरिसकेपछि बल्ल मानव बेचबिखनमा संलग्न भएको पत्ता लाग्यो । त्यसपछि प्रहरी प्रधान कार्यालयको ववरमहलस्थित मानव बेचबिखन अनुसन्धान ब्युरोले युवराज गुरुङ मानव तस्कर रहेको प्रेस बिज्ञप्तीनै जारि गरेको हो ।

को हुन् युवराज गुरुङ ?

युवराज गुरुङलाई गैर आवाशीय नेपाली संघ (एनआरएनए) को अभियानमा धेरैले चिन्छन् । किनभने एनआरएनएका हरेक विश्व सम्मेलन र युरोपेली भेलामा उनी सहभागि हुन्थे । पहुँचवालासित संगत बढाउन खोज्थे ।

सामुहिक लगानी र आयातनिर्यातका आदर्श खुबै छाँट्थे । उनी सन २००६ – २००८ सम्म गैर आवाशीय नेपाली संघ बेल्जियमको अध्यक्षपनि भए । त्यसपछिपनि एनआरएनएको केन्द्रिय निर्वाचनमा बिद्रोही पक्षको अभियन्ता बनिरहे । नेपालीलाई पाठ सिकाउने आदर्श बोकेर उनी बेला बेला लेखपनि लेख्थे ।

उनले बेल्जियममा नाईट सप (राति खुल्ने मदिरा, पेय पसल) केहि वर्ष चलाए । रेस्टुरेन्टका सन्चालक पनि बने । तर ति सबै बिक्रि गर्दै, फेरि नयाँ खोल्ने र छोड्ने गरिरहेका थिए ।

उनी बेल्जियमस्थित नेपाली ब्यवशायीहरुको साझा संस्था नेपाली ब्यवशायी संघ बेल्जियममापनि आवद्द थिए । उनी तमुसमाजको नेतासमेत थिए । उनी थुप्रै संघसंस्थाका सल्लाहकारसमेत थिए ।

पछि उनले नेपालीहरुसित सामुहिक लगानीको कुरा उठाए । एनआरएनएलेनै अगुवाई गरेर कृषी बजार, कृषी उत्पादन र त्यसलाई बिदेशमा बिक्रि गरेर बिदेशी मुद्रा कमाउनुपर्ने नारा फ्याँके । अन्तत मोना कृषी फर्मको नाममा उनले नेपालमा कृषीमा हात हाले ।

यो खोल्दा अमेरिका, बेल्जियम, अफ्रिका लगायत अन्य देशमा रहेका गैर आवाशीय नेपालीहरुसित लगानी उठाए । यो फर्ममा लगभग २०० ब्यक्ति संलग्न भएको बताइन्छ । मोना कृषीले उत्पादन गरेका कृषीजन्य सामाग्रि एक दर्जनभन्दा बढी मोना बजार नामको बिक्रि कक्ष (बजार) बाट बिक्रि गरिन्छ ।

लगभग २०० नेपालीबाट न्युनतम पाँच लाखका दरले रकम उठाएर उनले मोना कृषी लिमिटेड-मोना बजार खोलेका हुन् । तिनै ब्यक्तिबाट उठाएको रकमले प्रवन्ध निर्देशक, चेयरमेन बनेका उनी महँगो गाडीमा सवार हुन्छन् ।

उनले शुरुमा एनआरएनएसमेत संलग्न भएको भन्दै मोना बजार बिक्रि कक्ष र उत्पादनमा एनआरएनएको लोगो हालेका थिए । एनआरएनएको लोगो देखाएर अन्य गैर आवाशीय नेपालीबाट थप रकम असुल्ने उनको योजना रहेको नेपालीहरुले बताएका छन् ।

महँगो गाडीमा तामझामका साथ नेपालमा गत दुई वर्षदेखि बस्दै आएका युवराज गुरुङ बेल्जियम आतेजाते गरिरहन्थे । उनले नेपालमा मन्त्री, सचिव र उपल्लो तहका राजनितिक ब्यक्तिहरुसित पहुँच बनाएका थिए । अमेरिकी दुतावास अन्तर्गत रहेको युएस एडमासमेत प्रभाव पारेका थिए । एनआरएनएलाई एक पटक अमेरिकी दुतावाको युएस एडबाट ‘मुन्ना कृषीलाई सहयोग गर्नुपर्‍यो’ भन्दै प्रभाव पार्ने कोसिस समेत भएको थियो । तर ब्यापारकालागि एनआरएनए लोगो कसैले प्रयोग गर्न नपाउने भन्दै तत्कालिन एनआरएनएका प्रतिनिधिले लोगो प्रयोग गर्न दिएनन् ।

सन् २००६ देखि २००८ सम्म एनआरएनए बेल्जियमको अध्यक्ष हुँदा उनको कार्यकालमा आर्थिक पारदर्शिता नभएको भन्दै आवाज उठेको थियो । त्यसबेला आर्थिक पारदर्शिताको प्रश्न उठाउने ब्यक्ति र पत्रकारहरुलाई उनले ठेगान लगाउनुपर्छ भन्दै अभियान चलाएका थिए । आर्थिक पारदर्शिताको माग गर्दै समाचार बनाउने मेडिया बन्द गराउन र पत्रकारलाई आक्रमण गर्ने योजनासमेत बनाएका थिए ।

सन् २०१९-२०२१ को एनआरएनए केन्द्रिय महासचिवमा उमेदवार जानकी गुरुङको चुनाव प्रचारक थिए उनी । हाल उपाध्यक्षको उमेदवार रहेकि जानकी गुरुङकोअहिलेपनि प्रचारक थिए गुरुङ । अहिले गृहमन्त्री बाल कृष्ण खाँडसमक्ष युवराज गुरुङलाई छुटाउन भन्दै यिनै जानकी गुरुङले दौडधुप गरिरहेको कांग्रेस कार्यकर्ताले नेपालप्लससलाई बताएका छन् ।

तपाइँको प्रतिक्रिया