शुक्रबार, वैशाख १४, २०८१

हेलिकप्टर दुर्घटनापछि मदागास्करका मन्त्री १२ घण्टा पौडी खेलेर किनारमा

नेपालप्लस संवाददाता२०७८ पुष ८ गते २०:५८

Image Credit-nation.africa

मदागास्करका गृह मन्त्रीले समुद्रमा हेलिकप्टर दुर्घटना भएपछि किनारमा पुग्न लगभग १२ घण्टा पौडी खेलेर ज्यान बचाएका छन् ।

मंगलवार भएको हेलिकोप्टर दूर्घटनामा सर्ज गेले बाँचेका दुई मध्ये एक थिए । दुई अन्य व्यक्ति एक नगरप्रहरी र पाइलट अझै पनि बेपत्ता छन् । उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

सामुद्रिक प्राधिकरणका निर्देशक जीन-एडमन्ड रान्ड्रियानटेनेनाले युरो न्युजलाई बताए अनुसार बाँचेका राज्य सचिव र लिंगर्मेलाई पूर्वी मदागास्करको प्रमुख बन्दरगाह सहर टोमासिनाबाट ७५ किलोमिटर उत्तरमा महम्बोको समुद्र तटमा स्थानीय बासिन्दाहरूले छुट्टाछुट्टै फेला पारेका थिए ।

उनले ती दुई व्यक्तिहरू समुद्रमा छुट्टाछुट्टै फेला पारेको बताएका छन् ।

स्थानीयहरूले उद्धार गरेका गेलेले सामाजिक सञ्जालमा पोष्ट गरेको भिडियोमा भनेका छन् “म अझै मर्ने छैन, भगवानलाई धन्यवाद । र महम्बोका गाउँले र माछा मार्नेहरूलाई झन धेरै धन्यावाद ।”

५७ वर्षीय नगरप्रहरी प्रमुखलाई कुनैपनि चोटपटक नलागेको तर चिसोले कठ्यांग्रिएको बताएका छन् ।

“म २४ घण्टा भित्र काममा फर्कन सक्षम हुनेछु” उनले थपे ।

मन्त्रीलाई छालहरूले फ्याँकेपनि हार नमानेको बताउँदै प्रहरी प्रमुखले भने ” गेलले हेलिकप्टरको सिटमा रहेको अडेस लाग्ने सिरानी झिकेर लाइफलाइन ज्याकेटका रुपमा प्रयोग गर्नुभएको थियो ।”

हेलिकप्टर समुद्री तटमा रहेको एउटा सानो सहर एन्टसेराकातर्फ गइरहेको बेला सोमबार विहान समुद्रमा डुबेको थियो । हेलिकोप्टरमा १३० जना सवार थिए जसमध्ये ४५ जनाको उद्धार गरिएको थियो ।

मृत्यु हुनेको संख्या ३९ पुगेको छ । बेपत्ता करिब ५० जनाको खोजी कार्य जारी रहेको छ ।

तपाइँको प्रतिक्रिया