शुक्रबार, वैशाख ७, २०८१

बेलायत, फ्रान्स र इटालीमा दैनिक कोरोना भाइरसका संक्रमित उच्च

नेपालप्लस संवाददाता / पेरिस र लण्डन२०७८ पुष ९ गते १२:२२

युरोपमा फेरि कोरोना भाईरसका संक्रमितहरुको संख्यामा ब्यापक बृद्धि भइहेको छ ।

दक्षिण अफ्रिकामा पहिलो पटक पत्ता लागेको नयाँ ओमिक्रोन भेरियन्टको उदयले विश्वभरिनै वृद्धि बढेको हो ।

केही देशहरूले खोप नगरिएकाहरूलाई लक्षित गर्दै नयाँ कदमहरू चालेका छन् । युरोपका विभिन्न राष्ट्रहरूमा वालवालिकाहरूलाई खोप लगाउनने कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् ।

इटालीले बिहीवार (२३ डिसेम्बर) मा स्वास्थ्य प्रतिबन्धहरू थप कडा गर्‍यो । सार्वजनिक स्थानहरूबाट खोप नगरिएकाहरु सार्वजनिक स्थलमा जान नपाउने र मास्क अनिवार्य गरायो ।

नयाँ वर्ष पूर्व गरिने खुला उत्सवहरू प्रतिबन्धित गरिएको छ । डिस्कोहरू जनवरी ३१ सम्म बन्द हुनेछन् ।

बिहीवार २४ घण्टामा दैनिक झण्डै ४४ हजार ६ सय नयाँ संक्रमित थपिएका छन् भने १६८ जनाको मृत्यु भएको छ ।

ईटालीले पहिले नै खोप नगरिएका गैर ईयु नागरिकहरूलाई आफ्नो देशमा प्रवेश गर्दा पाँच दिनको लागि क्वारेन्टाइनमा बस्नुपर्ने बनाएको छ । ईयु देशहरूबाट खोप लगाइएका आगन्तुकहरूले आगमनको २४ घण्टा भित्र नकारात्मक कोरोना परीक्षण गर्नुपर्छ ।

इटालियन सरकारले डिसेम्बर ६ मा “सुपर” स्वास्थ्य पास जारी गरेर खोप नलिनेहरूलाई नयाँ नियमहरू लागू गर्यो ।

खोप लगाएको वा कोरोनाबाट निको भइसकेका व्यक्तिहरूले मात्र इनडोर रेस्टुरेन्टहरूमा खाना खान, चलचित्र हेर्न वा खेलकुद कार्यक्रमहरूमा भाग लिन सक्छन् । यसले अब विद्यालयका कर्मचारी, कानून प्रवर्तक, सेना र स्वास्थ्य सेवामा काम गर्ने जो कोहीलाई खोप लगाउनैपर्ने बनाएको छ ।

फ्रान्सले बिहीवार (२३ डिसेम्बर) मा ९१,६०८ कोरोनाबाट संक्रमित हुने दैनिक रेकर्ड गरेको छ । किनकि ओ मिक्रोन फ्रान्सभरि फैलिएको छ ।

कोरोना महामारीको दोस्रो लहर आएका बेला सन् २०२० नोभेम्वरमा दैनिक संक्रमित संख्या ८६,८५२ थियो ।

सरकारले अब दैनिक संक्रमित संख्या दैनिक एक लाख पुग्ने अनुमान गरेको छ ।

गम्भिर हेरचाह कक्षहरूमा पनि विरामीको दबाब बढिरहेको छ जसमा मंगलवार ३,१४७ को तुलनामा बिहिवार ३,२०८ पुगेका छन् । कोरोनाका कारण थप १७९ जनाको मृत्यु भएको छ ।

कोरोनाको गम्भिर जोखिममा रहेका वालवालिकाका लागि खोपहरू गत हप्ता सुरु गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयले अहिलेका लागि किशोर किशोरीहरूलाई बुस्टर डोजहरू प्रस्ताव गर्न अस्वीकार गरेको छ जसको लागि जूनको मध्यमा खोप सुरु भएको थियो।

प्रधानमन्त्री जँ कास्टेक्सले नयाँ वर्षमा स्वास्थ्य पासलाई खोप पासमा परिणत हुने जनाएका छन् । उनका अनुसार खोप नगरिएका व्यक्तिहरूमा थप प्रतिबन्ध लगाइने छ ।

पेरिसको मेयर कार्यालयले शनिबार (डिसेम्बर १८) मा नयाँ वर्षको पूर्वसन्ध्याको लागि प्रख्यात एभिन्यू दे सँजलिजेमा योजना गरिएको आतिशबाजी र कन्सर्टहरू रद्द गरिएको घोषणा गर्‍यो ।

फ्रान्सले द्रुत रूपमा बढ्दो कोविड-१९ संक्रमणलाई रोक्न शुक्रबार (डिसेम्बर १०) देखि चार हप्ताका लागि नाइटक्लबहरू बन्द गरेको छ ।

१५ जनवरी देखि सबै वयस्कहरूलाई आफ्नो स्वास्थ्य पास कायम राख्नको लागि पूर्ण खोप लगाएको कम्तिमा सात महिना पछि बूस्टर डोज चाहिन्छ । डिसेम्बरको मध्यदेखि ६५ वर्ष भन्दा माथिका व्यक्तिहरूलाई उनीहरूको स्वास्थ्य पास विस्तार गर्न आवश्यक बनाएको छ ।

जनवरी ३० देखि फ्रान्सका सबै स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकहरूले तेस्रो खुराक प्राप्त गर्नुपर्ने छ ।

पछिल्लो तथ्यांक अनुसार फ्रान्सका ६ करोड ७४ लाख मानिसमध्ये ७६ दशमलव आठ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

कोरोनाको गम्भिर जोखिममा रहेका वालवालिकाका लागि खोपहरू गत हप्ता सुरु गरिएको थियो ।

बेलायती सरकारले हालसम्म बिदाको अगाडी नयाँ प्रतिबन्धहरू लगाउन ईन्कार गरेको छ यद्यपि बेलायतले कोविड-१९ संक्रमणमा ठूलो वृद्धिको लडाइँ जारी राखेको छ । अधिक सक्रामक ओमिक्रोन भेरियन्टद्वारा बेलायत अत्यधिक मारमा छ ।

बिहीवार (डिसेम्बर २३) मा बेलायतमा कोरोना संक्रमितको संख्या एक लाख ६ हजार एक सय २२ पुगेको छ । अघिल्लो दिन अर्थात् बुधवारपनि एक लाख संक्रमित थिए ।

लन्डनका मेयर सादिक खानले सोमबार बेलायतको राजधानीमा परम्परागत नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना गरिने उत्सवहरू रद्द गरिएको घोषणा गरेका थिए ।

सप्ताहन्तमा खानले शहरमा ओमिक्रोन केसहरूको ठूलो वृद्धि भएपछि यसलाई ठूलो घटना घोषणा गरेका थिए । ठूला घटनाले अस्पताल र आपतकालीन सेवाहरूले सामान्य रूपका विरामीलाई उपचार गर्न असमर्थ हुने चेतावनी दिएका थिए ।

बेलायतमा प्रमुख मेडिकल अफिसरले मानिसहरूलाई चाडपर्वको समयमा कसलाई हेर्ने र कसलाई प्रथामिकतामा नराख्ने भनेर सीमित गर्न आग्रह गरेका छन् ।

मानिसहरूलाई अब नाइटक्लबहरू र खेलकुद स्टेडियमहरूमा जानको लागि स्वास्थ्य प्रमाणपत्र चाहिन्छ । उनीहरूले पूर्ण रूपमा खोप लगाइएको वा हालसालै नेगेटिभ परीक्षण भएको प्रमाणित गर्नसक्नुपर्छ । यस्तै योजनाहरू स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा पनि छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक