बिहीबार, चैत १५, २०८०

युवराज गुरुङको मुना उद्घाटन गरेको एक वर्षपछि मानव तस्करका रुपमा खाँडद्वारानै पक्राउ

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ पुष ९ गते १६:२८

मुना कृषी लिमिटेडको उद्घाटन गर्दै तत्कालिन कांग्रेस नेता तथा वर्तमान गृहमन्त्री वालकृष्ण खाँड र कम्पनीका प्रवन्ध निर्देशक युवराज गुरुङ

बेल्जियमको आन्तर्पेन निवासी युवराज गुरुङलाई मंशिर २३ गते प्रहरीले मानव तस्करी गरेको, कर्तब्य ज्यान, ठगी लगायतका कसुरमा काठमाडौंमा पक्रेर हिराशतमा लियो । करिब एक साताको अनुसन्धानले उनी मानव तस्कर भएको पक्का भएपछि गृह मन्त्रालयले पुष ७ गते बुधवार उनी मानव तस्कर भएको भन्दै प्रेस बिज्ञप्तीनै जारि गर्‍यो ।

संयोग कस्तो पर्‍यो भने करिब एक वर्ष अघि तिनै बाल कृष्ण खाँडलेनै युवराज गुरुङसँगै उभिएर मुना बजार उद्घाटन गरेका थिए । त्यो बेला नेपाली कांग्रेसका नेताका रुपमा मात्रै थिए खाँड। त्यसको करिब एक वर्षपछि तिनै गुरुङलाई मानव तस्कर भन्दै खाँडले गृहमन्त्रीका रुपमा पक्राउको आदेश दिनुपर्‍यो ।

नेपाली महिलालाई करिब पचास लाख ठगेर कर्तब्य ज्यान र मानव तस्करीमा पक्राउ परेका युवराज गुरुङ यतिखेर प्रहरी हिरासतमा छन् । अघिल्लो वर्ष नोभेम्वरको पहिलो साता युवराज गुरुङ चेयरमेन, प्रवन्ध निर्देशक रहेको मुना कृषी लिमिटेड मुना बजारको उद्घाटन हालका गृहमन्त्री बालकृष्ण खाँडलेनै तामझामका साथ गरेका थिए । त्यो तामझामलाई ठूलो सफलताकारुपमा हाल हिरासतमा रहेका युवराज गुरुङलेनै केहि सन्चार माध्यम र सामाजिक सन्जालमा प्रचार गराएका थिए ।

कोको छन् मुना कृषी लिमिटेडमा ?

मुना कृषी लिमिटेडका रुपमा नेपाल सरकारमै कम्पनी ऐन अन्तर्गत दर्ता भएको यो कम्पनीमा विश्वभरका गैर आवाशिय २०० सयभन्दा बढी नेपालीको लगानी छ । विसं २०७७ सालमा दर्ता भएको यो कम्पनीको दर्ता नंवर २३२४६६०७६०७७ हो । यसले मुना बजार स्थापित गरेको छ । देशभरिका कृषक, उत्पादक, थोक बिक्रेताबाट खासगरि कृषी उत्पादन लिएर बिक्रि गर्छ ।

यसको सल्लाहकार समितिमा डा योगेन्द्र कुमार कार्की (वरिष्ठ कृषि अर्थशास्त्री), डा. विश्वकेशर मास्के (वरिष्ठ अर्थशास्त्री), जीवन प्रभा लामा (वरिष्ठ खाद्य प्राविधिक, खाद्य गुणस्तर नियन्त्रण विशेषज्ञ), शरदचन्द्र श्रेष्ठ (कृषि विज्ञ), डा. किशोरचन्द्र दाहाल (कृषि विज्ञ), डा. किशोरचन्द्र दाहाल (कृषि विज्ञ), डा. पुरुषोत्तम (पुरु) एल श्रेष्ठ एनआरएन-अमेरिका (वरिष्ठ भूवैज्ञानिक र खानी विशेषज्ञ) र एकनाथ खतिवडा (विकास परामर्शदाता) छन् ।

एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष युवराज गुरुङ मानव तस्करीमा पक्राउ

युवराज गुरुङ चेयरमेन रहेको यो संस्थाको संचालक समिति सदस्यमा एनआरएनएका सल्लाहकार कुल आचार्य, एनआरएनएमा आगामी कार्यकालकालागि उपाध्यक्ष पदमा उमेदवार एनआरएनए बेल्जियमकी पूर्व अध्यक्ष जानकी गुरुङ, कपिल देव थापा, बुद्धलाल श्रेष्ठ, रमाला सापकोटा, रमिला कार्की, इशान बिजु श्रेष्ठ, शिव श्रेष्ठ छन् । त्यस्तै, गणेश केसी (विशेषज्ञ निर्देशक) र तिलक भण्डारी (विशेषज्ञ निर्देशक) छन् ।

त्यसैगरि, कृषि विज्ञ डा. गोविन्द रिजाल, प्रगति सिपाखान र व्यापार विशेषज्ञ अजु न्याछ्योन छन् । कानुनी सल्लाहकार अधिवक्ता तेजेन्द्र गिरी, आईटी परामर्शदाता किको सोलुसन प्राली, लेखा र वित्त परामर्शदाता फिआत सोलुसन प्राली छन् ।

कम्पनीको प्रमुख प्रबन्धक सीता पाण्डे (दिव्या) छन् ।

सल्लाहकार समितिमा रहेका एकनाथ खतिवडा अमेरिकी सहयोग संस्था युएस एडका पूर्व कर्मचारी हुन् । युएसएड लगायतका एनजिओमा सम्पर्क र पहुँच गराउने काम यिनै खतिवडाले गर्दै आएको एनआरएनए अभियन्ताहरुले बताएका छन् ।

दुतावासपनि संलग्न

मुना कृषी लिमिटेडले बेल्जियम, नेदरल्याण्ड्स र लक्जमवर्ग हेर्ने बेल्जियमस्थित नेपाली दुतावास (बेनेलक्स), गेन्ट युनिभर्सिटी, बेल्जियम नेपाल चेम्बर अफ कमर्श, एनआरएनए बेल्जियम, नेपाली ब्यवशायी संघ बेल्जियमसमेत यसमा संलग्न भएको यसको होमपेजमै उल्लेख गरेको छ ।

“दुतावासहरुको नाम देखेपछि नेपालीलाई लोभ्याएर लगानीकालागि रकम झार्न सकिन्छ भनेर हो, दुतावासले खासै केहि सहयोग गर्दैन” नेपाली ब्यवशायी संघ बेल्जियमका एक सदस्यले नाम उल्लेख नगर्न आग्रह गर्दै भने ।

एनआरएनएको नाम बिक्रि

मुना कृषीका चेयरमेन तथा प्रवन्ध निर्देशक युवराज गुरुङले यस संस्थामा एनआरएनए बेल्जियमलाई संलग्न गराएको त स्पष्ठनै छ । त्यसबाहेक एनआरएनएको समर्थन र साथ रहेको समेत देखाएका छन् । उनले गैर आवाशीय नेपाली संघको लोगो राखेर ठूला अक्षरमा गैर आवाशीय नेपाली संघ क्रिषी प्रवर्धन समिति भनेरै प्रचार गरेका छन् । यसले धेरै नेपालीहरुलाई यो एनआरएनएले संस्थागतरुपमै सन्चालन गरेको भन्ने भ्रम छरेको छ । युवराज गुरुङले यहि लोगो र एनआरएनए कृषी प्रवर्धन समिति भनेर अझै गैर आवाशिय नेपालीको लगानी तान्न खोजेको देखिएको एनआरएनए अभियन्ताहरुको भनाई छ ।

संवन्धित समाचार

एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष युवराज गुरुङ मानव तस्करीमा पक्राउ

तपाइँको प्रतिक्रिया