बिहीबार, चैत १५, २०८०

एनआरएनए निर्वाचन प्रक्रिया अनिस्चित कालकालागि बन्द

नेपालप्लस संवाददाता२०७८ पुष १० गते २०:५१

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया अनिस्चित कालकोलागि रोकिएको छ ।

लामो समयदेखि एनआरएनएको महाधिवेशन र निर्वाचन प्रक्रिया महाधिवेशन प्रतिनिधी छनौटका विषयको विवादले रोकिँदै, परिवर्तन हुँदै आएको थियो ।

यस अघिपनि निर्वाचन मिति र उमेदवारको दर्ता मितिलाई यथावत राखेर अन्य प्रक्रिया रोकिएको थियो ।

तर आज शनिवार निर्वाचन समितिले सुचना जारि गर्दै निर्वाचनका सम्पूर्ण प्रक्रिया रोकिएको जनाएको हो ।

निर्वाचन समितिले प्रतिनिधिहरुको पूर्ण सूची प्राप्त नभएकाले निर्वाचन प्रक्रिया प्रभावित भएको जनाउँदै भनेको छ “गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सुची पूर्ण रुपमा प्राप्त नभईसकेकाले छानबिन प्रक्रिया प्रभावित भई यस अघि प्रकाशित गरिएका कार्यतालिका स्थगन गरिएकोमा हालसम्म पनि मतदाता सुची (Deligates List) प्राप्त नभएकाले निर्वाचन मिति सहितका सबै कार्य तालिका पछि प्रकाशित गरिने व्यहोरा अनुरोध छ ।”

एनआरएनएमा भागबण्डा र ‘खिलराज रेग्मी’ जन्माउने प्रपञ्च

निर्वाचन समितिले निर्वाचनका लागि प्रतिनिधिको सूची प्रकाशित नभएको जनाएपनि पछिल्लो समयमा विवाद मिलाएर सहमतिमै निर्वाचन गर्न बिभिन्न प्रयास जारि राखिएको छ ।

प्रतिनिधि छनौट लगायतका विवाद मिलाउन अध्यक्ष कुमार पन्तले यस अघिनै संघका केन्द्रिय सल्लाहकार विश्व आदर्श पण्डित, डा. यादव पण्डित, एनआरएनए सचिव गौरिराज जोशी र संघका प्रवक्ता डिबी क्षेत्री रहेको चार सदस्यिय स्वतन्त्र टोली गठन गरेका थिए । यो टोलीसहित संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले अध्यक्षका तिनै जना प्रत्यासी र अन्य ब्यक्तिसित छलफलको प्रक्रिया अगाडि बढाएका छन् ।

छलफलबाट सहमति निकाल्ने प्रयासस्वरुपनै हाललाई निर्वाचनका सम्पूर्ण प्रक्रिया अनिस्चित कालकालागि रोकिएको एनआरएनए स्रोतले बताएको छ ।

संवन्धित समाचार

एनआरएनएमा भागबण्डा र ‘खिलराज रेग्मी’ जन्माउने प्रपञ्च

एनआरएनए अध्यक्षका तिन उमेदवारसित संस्थापक अध्यक्षसहित वार कि पार वार्ताको तयारि

एनआरएनए विवाद समाधानको यो हो सर्बोत्कृष्ठ उपाय

तपाइँको प्रतिक्रिया

फेसबुक