शुक्रबार, वैशाख १४, २०८१

ग्रीसमा अर्को डुङ्गा दुर्घटना हुँदा १३ आप्रवासीको मृत्यु, धेरै बेपत्ता

नेपालप्लस संवाददाता२०७८ पुष १० गते २१:३७

सांकेतिक फोटो । फोटो स्रोत–mehrnews.com

एजियन सागरमा शुक्रबार ढिलो गरी आप्रवासीहरु चढेको डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ र थुप्रै बेपत्ता छन् । तीन दिनको अवधिमा ग्रीसको पानीमा भएका विभिन्न घटनामा परी २७ जनाको मृत्यु भएको छ ।

यसअघि बिहीवार एन्टिकिथेरा टापु नजिकैको चट्टानी टापुमा एउटा डुङ्गा ठोक्किएपछि ११ जनाको मृत्यु भएको थियो । समुद्री रक्षकहरुले शुक्रबार टापुमा घण्टौं बिताएपछि ९० जनालाई जीवितै उद्दार गरेका थिए । उद्दार गरिएकामा ५२ पुरुष, ११ महिला र २७ वालवालिका थिए ।

मध्य एजियनमा तेस्रो दिन पनि खोजी अभियान जारी रहेको अधिकारीहरुले बताएका छन् । त्यहाँ फोलेगान्ड्रोस टापु नजिक आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तिमा तीन जनाको मृत्यु भएको थियो ।

डुंगामा सवार अन्य तेह्र जनालाई उद्धार गरिएको थियो र बाँचेकाहरूले कम्तिमा १७ जना बेपत्ता भएको रिपोर्ट गरेको युरो न्युजले उल्लेख गरेको छ । अधिकारीहरूले यात्रुहरू मूल रूपमा इराकी नागरिक रहेको बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक