शुक्रबार, वैशाख १४, २०८१

फ्रान्समा दैनिक कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

नेपालप्लस संवाददाता२०७८ पुष १० गते २२:५३

फ्रान्समा कोरोना संक्रमितको संख्या शनिवार एन लाख नाघेको छ । स्वास्थ्य अधिकारीहरूले पछिल्लो २४ घण्टामा १०४,६११ जना कोरोनाबाट संक्रमित भएको पुष्टी गरेका छन् । गत दुई दिन देखि संख्या ब्यापक रुपमा बढ्दै गएर शनिवार उच्च भएको हो ।

सोमवार स्वास्थ्य क्षेत्रका वरिष्ठ अधिकारीहरुसहित राष्ट्रपती एमानुयल माख्रोंले भिडियो कन्फरेन्समार्फत स्वास्थ्य स्थिति र कोरोना नियन्त्रणका उपायहरुबारे छलफल गर्दै छन् । शनिवार संक्रमितको संख्या एक लाख नाघेपछि सोमवारको छलफलमा अझ गम्भिर कदम चाल्न प्रेरित गर्ने अनुमान गरिएको छ ।

अधिकारीहरू ओमिक्रोन भेरियन्टको द्रुत प्रसार र यसले पारेको स्वास्थ्य प्रभावको बारेमा चिन्तित छन् ।

शुक्रवार स्वास्थ्य सेवा विभागले वयस्कहरूलाई प्रारम्भिक खोप लगाएको तीन महिना पछि बूस्टर खोप लगाउन सिफारिस गरेको थियो ।

बुस्टर खोप लगाउनेहरुकालागि यस अघि जारी गरेको स्वास्थ्य प्रमाणपत्र (हेल्थ पास) वैध बनाउन सरकार लागिपरेको छ ।

फ्रान्समा क्याफे, बार, रेस्टुरेन्ट र सार्वजनिक ठाउँहरूमा पहुँच र अन्तर्राष्ट्रिय यात्राको लागिसमेत पास आवश्यक पर्छ ।

गत महिनाको अन्त्यमा, फ्रान्सको ल साभ्वा क्षेत्रका अधिकारीहरूले अनिवार्य मास्क लगाउनुपर्ने नियम बनाएका थिए । उनीहरुले कुनैपनि भवन, रेस्टुरेन्ट, हलको भित्री भाग (इनडोर) सार्वजनिक स्थानहरूमा मात्र नभएर बाहिर पनि लगाउनुपर्ने बनाएका थिए । छिमेकी इटालीमा पनि मास्क लगाउनुपर्ने भर्खरै अनिवार्य गराइयो ।

पछिल्लो तथ्याङ्कले महिनाको सुरुदेखि नै कोरोना संक्रमितमा नाटकीय वृद्धि भएको संकेत गरेको थियो । डिसेम्बर ४ मा संक्रमितको संख्या अत्यधिकरुपमा बढेर पहिलो पटक ५० हजारको रेकर्ट तोडेको थियो ।

हालसम्म फ्रान्समा कोरोना भाइरसबाट एक लाख २२ हजार पाँच सय ४६ जनाको मृत्यु भईसकेको छ । हालसम्म साँढे ७६ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

तपाइँको प्रतिक्रिया