मंगलबार, माघ ४, २०७८

कांग्रेसमा युवा बाहुल्यताका चुनौति र अवसर

किरण पोखरेल२०७८ पुष ११ गते १८:३८

लेखक किरण पोख्रेल

दैलेखकी एक जना १९ बर्षे युवती नेपाली कांग्रेस वडा इकाईको सभापतिमा निर्वाचित भएको समाचार सामाजिक सञ्जालमा भाइरल बन्यो । बुढा, पुरानाको बाहुल्यता रहेको भनिएको पुरानो नेपालको लोकतान्त्रिक दल नेपाली कांग्रेसमा यो एउटा युवा आकर्षणको सन्देश पनि थियो । उनीमात्र होइन, सो पार्टीको १४ औं महाअधिवेशनको क्रममा भएको वडा अधिवेशन, पालिका अधिवेशनमा निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा इकाइ सभापति र पदाधिकारीहरुमा मात्र होइन केन्द्रीय नेतृत्वमा समेत अधिकांश नयाँं अनुहार र युवाहरुको बाहुल्यता छ ।

कांग्रेस महाअधिवेशनका क्रममा भएको निर्वाचनको परिणामले १३ पदाधिकारीमध्ये सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र सहमहामन्त्री फर्मुल्ला मन्सुरबाहेक सबै युवा पुस्ताका नेताहरु निर्वाचित भएका छन् । उमेरले ५० काटिसकेका उपसभापति धनराज गुरुङ पनि आफूलाई युवा पुस्ताकै प्रतिनिधिका रुपमा ठान्ने गर्छन् । ३५ सदस्यीय खुल्ला केन्द्रीय सदस्यमा १६ जनामात्रै पुराना अनुहार छन् भने बाँंकी १९ जना पहिलो पटक केन्द्रीय समितिमा प्रवेश गरेका युवा हुन् । १६ पुराना अनुहारमा पनि युवा पुस्ताको संख्या छँंदैछ । समावेशी र भुगोलका आधारमा भएको बाँंकी निर्वाचनमा महिला केन्द्रीय सदस्यबाहेक बाँंकी सबै क्षेत्रमा दुई तिहाईभन्दा बढि नयाँं अनुहार र युवा आएका छन् ।

महिला कोटामा भने नौ सिटमध्ये ५ जना पुराना र ४ जना नयाँं अनुहार निर्वाचित भएका छन् । यसरी हेर्दा पुरानो पुस्ता भएर पनि उर्जाशील र केही क्षमतावान कांग्रेस नेता पराजित भएपनि केन्द्रीय समितिमा अधिकांश उर्जाशील र युवा पुस्ताको बाहुल्यता छ । कांग्रेसजस्तो पार्टीमा यो परिणाम अप्रत्याशित मात्र होइन आमूल परिवर्तनको सम्भावनाको संकेत पनि हो । युवाहरुको संलग्नतामा मुलुकका हरेक सफल आन्दोलनको नेतृत्व गरेको ऐतिहासिक दल कांग्रेसमा युवाहरुमा विस्तारै आकर्षण कम हुँंदै गएको भनेर चिन्ता प्रकट भइरहेकाबेला तल्लो निकायमात्र होइन केन्द्रीय नेतृत्वमा पनि यो परिणाम सो पार्टीका लागि मात्र होइन राजनीतिका लागि सुखद पक्ष पनि हो ।

तर यो आकर्षणको कारण अथवा प्रेरक स्रोत के हो भन्ने विश्लेषण नहुँंदासम्म युवाहरुको राजनीतिमा आगमनले दिने सकारात्मक सन्देशको कुनै अर्थ रहंँदैन । यो सन्दर्भमा करिब ३४ बर्षअघिको एउटा घटना जोड्नु सान्दर्भिक होला ।

राजनीतिक दलहरुले खासगरी यसको नेतृत्व सम्हालेका पुरानो पुस्ताका नेताहरुले पार्टीका विभिन्न निकायहरुमा निर्वाचित भएर आएका युवाहरुलाई देश, जनताप्रति उत्तरदायी बनाउने गरी मूल्य, मान्यता र आदर्श राजनीतिको भरपुर प्रेरणा दिन जरुरी छ ।

२०४४ सालतिरको कुरा हो, तत्कालीन प्रतिवन्धित नेपाली कांग्रेसका जिल्लास्तरका नेता र यो पंक्तिकार सुनसरीको सदरमुकाम इनरुवामा बसेर एउटा फारम भरिरहेका थियौं । पंक्तिकार आइ। ए। दोस्रो बर्षको परिक्षा दिएर काठमाडौंबाट जिल्ला पुगेको थियो । त्यसअघि बाल्यकालदेखि नै प्रजातान्त्रिक आन्दोलन र पञ्चायतको विरोधको संघर्षमा उनीसँंगै कैयौं कार्यक्रममा सँंगै हिडेका थियौं र एक पटक हिरासतमा पनि सँंगै थियौं । त्यसबेला करिब ३० बर्षका ती जिल्लास्तरका युवा नेता बहुदल आएपछि सांसद र मन्त्री पनि भैसके । तीनै नेताको फारम मैले भरिरहेको थिएँं, उनलाई सोधेर । त्यहाँं पेशा के हो ? भनेर पनि भर्नुपर्ने थियो । मैले उनलाई सोधें, ‘दाइ, पेशा के हो ?’ प्रश्न खस्न नपाउँंदै उनले जवाफ दिए, ‘राजनीति ।’ म जोडले हाँंसें र भनें, ‘दाइ, राजनीति पेशा होइन । यो त देश र जनताप्रति समर्पण हो ।’

राजधानीको कलेजमा अध्ययन गरेर स्वतन्त्र विद्यार्थीको युनियनमा समेत चुनाव लडिसकेको ममा कलिलै उमेर भएपनि त्यति कुराको चेतना जागृत भैसकेको थियो । ममा प्रजातन्त्रका लागि पञ्चायतविरुद्ध लड्ने उत्साहपूर्ण जोश पनि थियो । खासै उच्च शिक्षा हाँंसील नगरेका ती नेतामा प्रजातन्त्रका लागि आफूलाई बलिदान गर्न पनि पछि नपर्नेगरी समर्पणभाव थियो । उनी पेशाले किसानका छोरा भएकाले किसान नै थिए । पेशाको परिभाषाबारे उनी अनभिज्ञ भएका कारण मात्र उनले पेशालाई राजनीति भनेका थिए । अर्थात रातदिन प्रजातन्त्रकै लागि लागिरहेका कारणमात्र उनले राजनीतिलाई पेशा ठानेका थिए । वास्तवमा उनका लागि राजनीति जीवन यापन गर्ने पेशा थिएन । राजनीति उनका लागि देशमा प्रजातन्त्र पुर्नस्थापना गर्ने साधना थियो । उनले झुक्किएर वा अर्थ नजानेर मात्र राजनीतिलाई पेशा भनेका थिए । तर के अहिलेका युवाहरु जो धमाधम राजनीतिमा प्रवेश गर्दैैछन् र तीनको मतले केन्द्रीय नेतृत्वमा आउन सफल युवा नेताहरुका लागि राजनीति देश र जनताप्रतिको समर्पण भाव हो वा जीवन यापन गर्ने रोजगारी वा पद प्राप्त गर्ने वा धन आर्जन गर्ने, मन्त्री,प्रधानमन्त्रीलगायत राज्यका माथिल्ला निकायमा पुगेर आलिसान महलसहितको सुखसुविधा भोग गर्ने माध्यम हो ? अथवा उनीहरु यसलाई जानीबुझीकन पेशा बनाउन चाहान्छन ? यसको अन्तर्य नबुझी युवाको राजनीतिमा आगमन र नेतृत्वमा तीनको उपस्थितिप्रति खुसी प्रकट गर्नु बेकार हुनसक्छ ।

देश बनाउने युवाहरुले नै हो । उनीहरु परिवर्तनका सम्वाहक हुन् । उनीहरुको संलग्नताबिना देशमा परिवर्तन सम्भव छैन । एक सय चार बर्षे जहाँंनीया राणा शासन अन्त्य गर्ने क्रान्तिको नेतृत्व नै त्यसबेलाका युवाहरु वीपी, गणेशमानहरुले गरेका थिए । २०३७ सालको जनमत संग्रह युवाविद्यार्थीकै विद्रोहको परिणाम थियो । चाहे २०४६ सालको ऐतिहासिक जनआन्दोलन होस् वा अन्य कुनै आन्दोलन सबैमा युवाहरुको बाहुल्यताले सम्भव भएको हो ।

अहिले हरेक राजनीतिक दलमा रहेका पुराना पुस्ताका नेताहरु र युवा पुस्ताका नेताहरुमा मानसिकता र सोचका हिसाबले कुनै फरक देखिएको छैन । पुराना पुस्ताका नेताहरुका गलत क्रियाकलापप्रति युवा पुस्ताले विद्रोह गर्ने आँंट देखाउन सकेका छैनन् ।

हामी यतिबेला संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनको क्रममा छौं । संविधान त संसारकै उत्कृष्ट व्यवस्था भए पनि जनतामा यसको प्रतिफल नपुगेका कारण उनीहरुमा व्यापक निराशा छाएको छ । यो निराशा अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको भरोसा जागृत गर्न अब मुलुकमा आर्थिक क्रान्तिमार्फत सेवा प्रवाहमा चुस्तता र सामाजिक रुपान्तरणको खाँंचो छ । यसका लागि राजनीतिमा लागेकाहरुमा एउटा दृढ अठोट, प्रतिवद्धता र समर्पणको आवश्यकता छ । यो आफैंमा एउटा ठूलो आन्दोलन हुनेछ । यो आन्दोलनका लागि कांग्रेस नेतृत्वमा युवा पुस्ताको जर्वजस्त उपस्थिति निसन्देह अनिवार्य आवश्यकता हो । तर कस्तो सोच र मानसिकतासहित युवाहरुको राजनीतिमा प्रवेश हुँंदैछ ? तीनकै रुझानले नेतृत्वमा युवा पुस्ताको बाहुल्यता बढेको हो वा ती युवाहरु र तीनले छानेको नेताको राजनीतिमा प्रवेशको प्रेरक चिन्तन के हो ? यसबारे लेखाजोखा हुन जरुरी छ ।

कांग्रेस केन्द्रीय समितिमा पहिलो पटक ‘डन’को पनि प्रवेश भयो भनेर राजनीतिप्रति नै बैराग्य प्रकट गर्ने धेरै कांग्रेसजन भेटिए । त्यसता डनलाई पनि आफ्नो नेतामा छनौट गर्ने प्रतिनिधिहरुको रुझान बुझ्न कठिन पर्दैन । उनीहरुको रुझान देखेर तीनकै छनौटबाट केन्द्रीय नेतृत्वमा पुगेका कतिपय अन्य युवा पुस्ताका नेताहरुप्रति पनि मानिसहरुको काम गर्न नपाउँंदै भरोसा टुट्न थालेको छ । बाहिरी जिल्लाबाट आएर यहि स्थायी बसोबास गर्दै आएका एक युवालाई राजधानीको एउटा वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि महाअधिवेशनअघि यो पंक्तिकारले सोधेको थियो, ‘तपाईँं किन क्षेत्रीय प्रतिनिधि बन्नुभएको हो ?’ ‘अहिले मेरो खासै अरु केही काम पनि छैन । जागिर पनि पाइएको छैन । यसो प्रगति, उन्नतिका लागि केही गरौं भन्ने पनि सोच आयो । यत्रा नेताहरुलाई देखेर पनि राजनीतिमा किन लाग्ने दाईले अझै बुझ्नुभएको छैन ?’

सिधा,सिधा नभने पनि राजनीतिलाई आजकल कसरी लिइन्छ भन्ने विषयमा ती युवाको जवाफको तीन, चार वटा सन्देश थियो । पहिला, देश, जनता र समाजप्रतिको कुनै उत्तरदायित्ववोधले होइन काम नभएपछि राजनीतिमा लाग्ने । दोस्रो, जागिरको सट्टा अर्थात यसलाई पेशाको रुपमा लिने । तेस्रो, राजनीति गरेपछि पदमा बसेका ठूलाबडासँंग सम्पर्क हुन्छ, काम गर्न सजिलो हुन्छ, पद र प्रतिष्ठा कमाउन सकिन्छ भन्ने मान्यता विकसित भैरहेको छ । पाँंचौं भनेको राजनीतिमा लागेका नेताहरुको रातारात बढेको आर्थिक हैसियत हेरेर त्यस्तै बन्ने सोच । ती युवाले भनेजस्तै राजनीतिमा यहि अर्थमा युवाहरुको नेतृत्वमा समेत आवागमन भएको हो भने त्यसले भविष्यको राजनीति कति विकृत होला भन्ने चित्र देखाउँंछ ।

यस पटक कांग्रेस राजनीतिमा युवाहरुको प्रवेशको अर्को एउटा विशेषता पनि छ । प्रायः उनीहरुको आकर्षण पालिका सभापति तथा पदाधिकारी, क्षेत्रीय अध्यक्ष वा सिधै केन्द्रीय समितिमा छ । यसको के अर्थ होला ? नयाँं संविधान जारीपछि सरकारकै हैसियतमा रहेका अधिकार सम्पन्न स्थानीय तहसँंग करौडौंको बजेट छ । त्यो रकमको सदुपयोग हुन सके प्रत्येक पालिकाले ५, १० बर्षमै आआफ्नो पालिकामा कायापलट गर्ने अवस्था छ । तर स्थानीय तह निर्वाचनको पहिलो कार्यकालमा ती स्थानीय तहमध्ये केहीमा अत्यन्त राम्रो काम भए पनि अधिकांशमा जनप्रतिनिधिहरुको ध्यान जनतामा सेवा प्रवाह गर्ने तथा विकासको कामलाई तिब्रता दिनेभन्दा पनि सुख, सुविधा लिने, भ्रष्टाचार गर्ने, जथाभावी खर्च गरेर अरबौंको बेरुजु कायम गर्ने र जनताको करबाट जम्मा भएको सम्पत्तिमा ब्रम्हलुट मच्चाउने गरेको समाचारहरु बाहिर आएका छन् ।

सिंहदरबारको अधिकार गाउँंमै फर्किएर पनि निर्वाचित जनप्रतिनिधिबाट गाउँं र जनताको पक्षमा काम हुनुको साटो वेथिति, भ्रष्टाचार र अनियमितता भएको देखेर त्यसको विद्रोहमा यो अवस्था बदल्ने उद्देश्यसहित राजनीतिमा युवाहरुको प्रवेश भएको हो भने त्यसले नेपालको भोलीको सुन्दर भविष्यलाई इंगित गरेको छ ।

सिंहदरबारको अधिकार गाउँंमै फर्किएर पनि निर्वाचित जनप्रतिनिधिबाट गाउँं र जनताको पक्षमा काम हुनुको साटो वेथिति, भ्रष्टाचार र अनियमितता भएको देखेर त्यसको विद्रोहमा यो अवस्था बदल्ने उद्देश्यसहित राजनीतिमा युवाहरुको प्रवेश भएको हो भने त्यसले नेपालको भोलीको सुन्दर भविष्यलाई इंगित गरेको छ । राजनीतिक परिवर्तनमा जस्तै सामाजिक, आर्थिक परिवर्तनमा पनि युवाहरुको ठूलो योगदान हुनेछ । होइन आय आर्जनको राम्रो स्रोत स्थानीय तहलाई देखेर आफैं पार्टीको पालिका अध्यक्ष हुने, पदाधिकारी हुने, निर्वाचनमा आफैंलाई टिकट सिफारिस गर्ने उद्देश्यसहित तथा केन्द्रीय समितिमा जान चाहनेहरुले पनि महाअधिवेशन प्रतिनिधिहरुलाई त्यस्तै आश्वसनसहित परिणाम आफ्नो हातमा पार्न सफल भएका हुन् र राजनीतिमा यस्तै, यस्तै कारणले आकर्षण बढेको हो भने राजनीतिमा युवा आकर्षण र केन्द्रीय नेतृत्वमा तिनको बाहुल्यताको के अर्थ हुन्छ ?

यसैपनि अहिले हरेक राजनीतिक दलमा रहेका पुराना पुस्ताका नेताहरु र युवा पुस्ताका नेताहरुमा मानसिकता र सोचका हिसाबले कुनै फरक देखिएको छैन । पुराना पुस्ताका नेताहरुका गलत क्रियाकलापप्रति युवा पुस्ताले विद्रोह गर्ने आँंट देखाउन सकेका छैनन् । बरु तीनै पुराना पुस्ताका नेताहरुको फेरो समातेर एउटा एउटा गुटमा संलग्न भएर तिनका गलत क्रियाकलापहरुको साँंक्षी बन्ने र सघाउने अनि नेतृत्वमा पुग्ने काम भएको छ । राजनीतिक दलमा रहेका युवा नेताहरुको यो चरित्रलाई हेरेर राजनीतिमा आएका नवयुवा र केन्द्रीय नेतृत्वमा आएका युवा पुस्ताको भविष्यप्रति अहिले नै धेरै शंका गर्नु उचित नहोला । तर हिजो निरंकुश व्यवस्थाविरुद्धमा त्याग, तपस्या र दुखपूर्ण संघर्ष गरेका युवाहरु समेत सत्ता राजनीतिमा आएपछि जनताको हितमा भन्दा नीजि स्वार्थमा आफूूलाईृ केन्द्रीत गर्न तल्लिन रहेको अवस्थामा अहिलेका युवाहरुप्रति त्यति धेरै आशा गर्ने आधार देखिदैंन ।

यसै पनि यतिबेला हरेक राजनीतिक दलहरुमा ठेकेदार, क्रसर उद्योगी, जग्गा दलाल र विचौलियाहरुको प्रवेश भएकाले तीनको छनौटमा परेकाहरुबाट कति आशा गर्न सकिएला ? सबै त्यस्तो नहोलान् । तैपनि पैसा नहुने तर आदर्श राजनीति गर्नेहरु पाखा लाग्दै गएको वर्तमान अवस्थामा ती युवा पुस्ता पनि कतै कांग्रेसका लागि चुनौति बनेर देखा पर्दैनन् भन्ने पनि यतिबेला चिन्ता प्रकट भइरहेको छ । यस्तोबेला राजनीतिक दलहरुले खासगरी यसको नेतृत्व सम्हालेका पुरानो पुस्ताका नेताहरुले पार्टीका विभिन्न निकायहरुमा निर्वाचित भएर आएका युवाहरुलाई देश, जनताप्रति उत्तरदायी बनाउने गरी मूल्य, मान्यता र आदर्श राजनीतिको भरपुर प्रेरणा दिन जरुरी छ । यसका लागि ती नेताहरुले सबैभन्दा पहिले आफूलाई प्रेरक बनाउनेगरी जीवनशैली, सोच र आचरणमा व्यापक सुधार गर्न आवश्यक छ । यस्तो भयो भने कांग्रेसमा देखिएको युवा आकर्षण र केन्द्रीय समितिमा युवा पुस्ताको बाहुल्यता कमजोर भएको कांग्रेसलाई सम्पूर्ण रुपले रुपान्तरण गर्ने एउटा गतिलो अवसर पनि हुनसक्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक