मंगलबार, वैशाख ४, २०८१

‘नेपालको वर्तमान ब्यवस्था दलाल पुँजीवादी, बैज्ञानिक समाजवाद अबको बिकल्प’ विप्लव

नेपालप्लस संवाददाता / पोर्चुगल२०७८ पुष ११ गते १७:२०

नेपालको वर्तमान ब्यवस्थालाई दलाल पुँजीवादी संसदिय व्यवस्थाको संज्ञा दिंदै यसले सर्वत्र रुपमा संकट खडा गरेकोले आफ्नो पार्टीले बैज्ञानिक समाजवादको बिकल्प अघि सारेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले दाबी गरेका छन् ।

राष्ट्रियता, जनतन्त्र र जनजिविकामा देखिएका समस्या सामाजिक भेदभाव, भ्रष्टाचार र अन्य विकृतिहरुलाई अहिलेको व्यवस्थाले हल गर्न नसक्ने बताउँदै अन्य दलले नयाँ कुरा गर्छौ भने पनि सारमा उनीहरुसँग नयाँ केहि नभएकोसमेत उनले बताए ।

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको आइतवार आयोजित वार्षिक साधारण सभा कार्यक्रममा प्रमुख अतिथिकारुपमा संवोधन गर्दै उनले भने “त्यसैले हाम्रो पार्टीले वैज्ञानिक समाजवादको अवधारणा अगाडि सारेको छ । हाम्रो देशको लागि अहिले सबैभन्दा उत्तम व्यवस्था यो नै हो ।”

चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङको १२९ औं जन्म जयन्तीको पूर्वसन्ध्यामा आयोजित उक्त साधारण सभामा जुम मार्फत विभिन्न देशबाट नेपाली जनप्रगतिशील मोर्चाका नेता, कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता थियो ।

कोरोनाको पाँचौं लहरका कारण जनप्रगतिशील मोर्चा पोर्चुगलको नेतृत्वकर्ता खासगरि लिस्वनस्थित कार्यकर्ताको मात्र भौतिक उपस्थिती थियो । बाँकि सहभागीलाई जुम मार्फत जोडिएको थियो ।

उक्त सभालाई नेकपाका महासचिव विप्लवले सम्वोधन गर्दै भने “नेपालमा दलाल पुँजीवादी संसदिय व्यवस्थाले सर्वत्र रुपमा संकट खडा गरेको छ । राष्ट्रियता, जनतन्त्र र जनजिविकामा देखिएका समस्या सामाजिक भेदभाव, भ्रष्टाचार र अन्य विकृतिहरुलाई अहिलेको व्यवस्थाले हल गर्न सक्दैन । अन्य सबै दलले नयाँ कुरा गर्छौ भने पनि सारमा उनीहरुसँग नयाँ केहि छैन । त्यसैले हाम्रो पार्टीले वैज्ञानिक समाजवादको अवधारणा अगाडि सारेको छ । हाम्रो देशको लागि अहिले सबैभन्दा उत्तम व्यवस्था यो नै हो ।”

अहिले नेपाली युवा युवतीहरु विदेशी बजारमा श्रम बेच्न बाध्य भएको, तिनले धेरै दुख कष्ट सहन परेको बताउँदै बिप्लवले भने “यसरी विदेशिने क्रम देश स्वाधिन र सम्पन्न भएपछि मात्र रोकिन्छ । त्यसको लागि तपाईहरु पनि अभियानमा लाग्नुपर्छ, भूमिका निर्वाह गर्नुपर्छ । त्यहि अभियानको रुपमा हाम्रो पार्टीले यो साधाररण सभालाई बुझेको छ ।”

उक्त सभालाई सम्बोधन गर्दै नेकपाका सचिवालय सदस्य तथा अन्तरराष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले विगतमा नेपालको सामन्तवादी राजतन्त्रको अन्त्यको लागि प्रवाशी नेपालीले ठुलो भुमिका खेलेको बताउँदै भने “नेपालको महान जनयुद्धले उठाएको नयाँ जनवादी व्यवस्था स्थापना गर्दै वैज्ञानिक समाजवादमा जाने बाटोमा विविध बाधा आएपनि अहिले हाम्रो पार्टीले वैज्ञानिक समाजवादको लागि अभियान चलाइरहेको छ । त्यसको लागि फेरी तपाइहरुको भूमिका महत्वपुर्ण हुन्छ ।”

फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारीले साधरण सभामा शुभकामना व्यक्त गरे । नेपाली जनप्रगतिशील मोर्चाले राम्रा र जनमुखी काम गरिरहेको जानकारी आफुलाई रहेको बताउँदै उनले भने “दुतावासले त्यहाँको विशिष्टतामा के कस्तो सहयोग गर्नपर्ने हुन्छ हामी सहकार्य गरेर सामाधान गर्नेतर्फ अगाडि बढौंला ।”

उक्त सभामा नेजप्रमो युरोपका अध्यक्ष विष्णु भुजेल, मोर्चा मध्यपूर्व अधिवेशन आयोजक समितिका संयोजक रमेश गिरी, मोर्चा अमेरिकाका अध्यक्ष विश्व शाह, प्रवासी नेपाली एकता मन्च पोर्तुगलका अध्यक्ष मदन लिम्वु, नेपाली समाज पोर्चुगलका महासचिव इ्रश्वर पाण्डे, जनजाति महासंघ पोर्चुगलका अध्यक्ष हेम गुरुङ्, महिला समाज पोर्चुगलकी अध्यक्ष माया पौडेल खनाल, मोर्चा मलेशियाका सल्लाहकार बिस्फोट मगर र जापानका अध्यक्ष निराजन गैरेले शुभकामना दिएका थिए ।

मोर्चाका अध्यक्ष पूर्ण विकको अध्यक्षतामा सम्पन्न साधारण सभामा भौतिक तथा भर्चुअल रुपमा उपस्थित सबैलाई मोर्चाका उपाध्यक्ष टंक खड्काले स्वागत गरेका थिए । कार्यक्रम सन्चालन महासचिव प्रदिप अधिकारीले गरेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक