शनिबार, वैशाख १५, २०८१

हजुरआमाहरुको यौन !

अनुराधा पौडेल२०७८ पुष १३ गते १६:५४

यौन उत्सुकता, खुल्दुली, हाउभाउ, शरम र लज्जासँग जोडिएको छ । नेपाली समाजमा मात्र होइन संसारभरनै यौन खुल्ला छलफलको विषय बन्न सक्दैन । तर सबैभन्दा लुकीलुकी हेरिने, सुनिने र पढिने विषय यौननै हो । म आज तपाइहरुलाई हाम्रो हजुरआमाहरुको यौन जीवन अनुभूति बाँड्दैछु । यो अनुभूति आज पर्यन्त हाम्रो समाजमा जस्ताको तस्तै प्रयोगमा आइरहेको हुनसक्छ । म नेपालमै रहँदा हाम्रा ठूली आमाहरुले मेलापर्ममा गरेका वार्तालापहरु हुन् यि ।

हरेक महिलासँग यौन सम्बन्धका दुखद पाटोहरु लुकेका हुनसक्छन् । तर ति अत्यन्त गोप्य हुनाले खुलेर कसैले पनि भन्दैन । पहिलोपटक नछुने नहुँदै विवाह गरिदिने चलन भर्खर भर्खर नेपालबाट बिदा हुँदैछ । तर पनि विवाहको उमेर १८ वर्ष तोकेपनि त्यो भन्दा पहिलानै बिहे गरेर छोरीलाई पठाउने चलन नेपालमा बाँकी नै छ ।

मलाइ अहिलेपनि पढेलेखेका पुरुष पात्रहरु यौन प्रकृयामा जाँदा उनीहरुले श्रीमतीहरुको स्विकृति लिन्छन् जस्तो लाग्दैन । एक त महिलाहरुले ‘लोग्नेले मागि गो के कचकच गर्नु ! उसकैको भरमा बाँच्नु छ’ भन्ने ठान्छन् । अनि ‘केहि मिनेटको कुरो हो दिइहाल्छु र उम्किन्छु’ भन्छन् । कि त आफूले लोग्नेलाई सन्तुष्टि बनाइएन भने बाहिर बाहिर गइदेला भनेर डराउँछन् । बाहिर गइदेला भन्ने डरमा महिलाहरु जवरजस्त यौन प्रकृयामा जोडिएका हुन्छन् । महिलाहरुको पनि यौन इच्छा हुन्छ र उनीहरुलाई पनि यौन प्रकृयाकालागि तयार पार्नु पर्छ अनि तयार पार्ने काम पुरुष पात्रको हो भन्ने उनीहरुले बुझेका हुँदैनन । या बुझेपनि मलाइ पुगिहाल्छ के सोधिरहनु पर्यो भन्ने ठान्छन् । यसकैको परिणाम हो नेपालमा विवाह पछि पनि बलात्कार हुन्छ भनि परिभाषित गरिएको । मैले यहाँ दैनिक हुने बलात्कारका अरु घटनाहरु बारे चर्चा गरेकी छैन ।

छोराछोरी ठूला भए, लाज हुन्छ भन्न पनि पाइएन । मलाइ त हैरान थियो बाबै । सबभन्दा गाह्रो मुखमा उनले मस्ती त लुट्थे तर मेरा मुखमा उनका गुप्ताँगका रौँ कोचिन्थे । सरसफाइ केहि थिएन । फोहरी गनाएको अंग मुखमा कोच्याउँदा हुरुक्कै हुन्थें । परान जाला जस्तो । नाइ भन्यो भने नाम्लाका पासाले हान्थे ।

म अहिले युरोपमा छु र संसारका सबैभन्दा महँगा र उन्नत प्रकारका कस्मेटिक सरसमानहरु उत्पादन हुने देश फ्रान्समा छु । महिला माथि हुने जुनसुकै हिंसालाई यहाँ दन्डनिय छ । तर यसो भन्दैमा यहाँ जबरजस्त हुँदैन भन्ने होइन । कोभिडको समयमा यहाँ अत्यधिक महिला हिँसाका घटनाहरु सार्वजनिक भए । यहाँ पनि विवाह पछिको बलात्कार नेपालमा जस्तै दन्डनिय छ । यहाँको समाजमा पनि महिलाका हरेक अंगमा यौनिकता (सेक्सी ) देख्ने चलन छ ।

फरक यति हो, नेपालमा जस्तो खुलेर यहाँ भनिंदैन किनभने कानूनको त्रास छ । तर पनि महिलाका हरेक अंगहरुलाई सोसाइटीले ‘जज’ गरिरहेको हुन्छ । ठूला आँखा, पिपलपाते ओठ, स्याउ जस्ता गाला, बारुले कम्मर, टलक्क टल्किने दाँत, सुन्तले छाती, सुकोमल अंग, सरक्क परेका पिँडुला आदी इत्यादी । महिला शरिरको लम्बाइ, चौडाइ, रुप, बर्ण सबैमा एक न एक तरिकाले यौनिकता खोजिरहेको छ संसारले र यहाँ पनि खोजिन्छ ।

अफ्रीका महादेशका रुवान्डा, सेनेगाल, कोत दि भ्वार आदि देशहरुमा त अझ महिलाको प्रजनन अंग भनौं या यौनांगका भित्रि पत्रहरु काटेर पिसाब गर्ने प्वाल र बच्चा जन्माउने प्वाल मात्र बाँकी राख्ने क्रुर चलन छ । विवाह गर्नुपूर्व गरिने यो चलन अनुसार कसैको यौन अंगको माथिल्लो टुप्पा मात्र काटिएको हुन्छ भने कसैको पूर्ण रुपमा यौन अंगका सबै पत्रहरु काटेर फालिएको हुन्छ । यो काम समाजकै पाका महिलाहरुले गरेका हुन्छन् ।

महिलाको यौन अंगको माथिल्लो टुप्पामा घर्षण पैदा हुँदा नै महिलाले यौनको आनन्द लिने हो । यो अंग नै नभएपछि महिला केवल बच्चा बनाउन लायक हुन्छिन् । तर यौनको आनन्द प्राप्तीबाट बन्चित हुन्छिन् ।

कता एकताका लाहुर जान्छु भनेर इन्डिया पनि पसे । उता गएर के के सिकेर आए । मेरी बास्सै त्यसपछि त कहिले मुखमा, कहिले नाइटोमा, कहिले कुकुर जस्तो बनाएर जहाँ मन लाग्यो त्यहिँ गर्थे ।

। तर यौनको आनन्द प्राप्तीबाट बन्चित हुन्छिन् । यो हाम्रो पालोमा अहिलेको दिनमा महिलाहरु माथि भइरहेको यौन हिँसा या बर्बरताको एक क्रुर नमूना हो ।

सबै महिलाहरु भित्रको म भन्ने भावना मार्नेका लागि जबरजस्त थोपरिने या गरिने यौन काफी हुन्छ । जबरजस्त थोपरिने यौनले महिलाहरुमा यौन प्रति वितृष्णा पैदा हुन्छ भने उनलाई जबर्जस्त प्रयोग गर्ने उनीहरुका लोग्ने माथिको भरोसा पनि टुट्छ । यौनको विषयमा थुप्रै थुप्रै छलफल हुन सक्छ । तर मेरो विषय आमाहरुको अनुभव शेयर हो । यहाँ उ बेला सुनेका कुराहरुलाई यहाँहरु समक्ष बाँड्न गइरहेकी छु जुन यस्ता छन् ।

पात्र एक

मेरो विवाह भएको कताकति सम्झना आउँछ । इत्रुकी थिएँ । धोती लाउन जान्दिनथेँ । नागै खेल्थे । सासुले सुताउनुहुन्थ्यो । उहाँले नै लुगा फेरिदिनुहुन्थ्यो र धोती लाइदिनुहुन्थ्यो । उ बेलाका धोती सानै हुन्थे । अचेलका जत्रा होइनन् । लोग्नेसँग खेल्दा झगडा हुन्थ्यो र उनले कुट्थे । पछि पछि उनी नै मेरा लोग्ने हुन् भनेर चिनेँ । सासुले ‘हेर उनि तिम्रा मालिक हुन्, झगडा गर्न हुन्न, तिमी बुहारी हौ’ भनेर सिकाउनुभयो । सबै काम सासुबाट सिकेँ ।

म ठूली हुँदै गएपछि ‘आफ्नो जिउ लोग्नेलाई दिनुपर्छ’ भनेर सिकाउनुभयो । मेलापात, घाँस दाउरा गर्दा गर्दै पहिलो पटक नछुने नहुँदै उनले मलाइ बाँकी राखेनन् । दुइ चार पटक पर सरेँ हुँला । त्यसपछि त बर्षेनी छोराछोरी भैगए । जंगल भनेनन्, बारी भनेनन् । जता भेट्यो उतै सुताए । छोराछोरी हुर्काउ, बेलुका भएपछि सासुका गोडा र लोग्नेका गोडामा तेल लगाउ अनि उनको रहर पुरा गरेर आफ्नो ओच्छ्यानमा सुत, झिसमिसेमै कुँडो पानी र लिपपोतकालागि उठ गर्दैमा जोवन गयो । हे बरै मैले त माइतीका आँगनमा गएर रमाएको नाचेको पनि सँझना छैन । मलाइ के तिज, के दशैं । आक्कल झुक्कल माइती पुगेँ । घरतिरै हुर्केकोले माइतीको घर आफ्नो भन्ने अनुभव नै भएन ।

पात्र दुइ

गरिखाने भर्भराउदो केटो छ भन्ने कुरा गर्थे । हुनलाई सौता छ भन्थे । तर सौता माथि मलाइ हाले र कान्छी बनाएर पठाए । हामीले रोज्ने कुरा भएन । बा आमाले दिएसी । कर्मको फल जस्तो छ उस्तै खान्छे भन्थे । घर आएपछि थाह भयो, उनी त जति गरेपनि नअघाउने रैछन् । वन गयो वनमै । बारीमा गयो बारीमै । कता एकताका लाहुर जान्छु भनेर इन्डिया पनि पसे । उता गएर के के सिकेर आए । मेरी बास्सै त्यसपछि त कहिले मुखमा, कहिले नाइटोमा, कहिले कुकुर जस्तो बनाएर जहाँ मन लाग्यो त्यहिँ गर्थे ।

छोराछोरी ठूला भए, लाज हुन्छ भन्न पनि पाइएन । मलाइ त हैरान थियो बाबै । सबभन्दा गाह्रो मुखमा उनले मस्ती त लुट्थे तर मेरा मुखमा उनका गुप्ताँगका रौँ कोचिन्थे । सरसफाइ केहि थिएन । फोहरी गनाएको अंग मुखमा कोच्याउँदा हुरुक्कै हुन्थें । परान जाला जस्तो । नाइ भन्यो भने नाम्लाका पासाले हान्थे । कतिपटक ‘लौन भयो’ भनेर रोएँ । केहि लागेन । ‘तँलाइ मैले रानी बनाउन ल्याएको होइन’ भन्थे ।

फेरि मेरो ज्यान पनि कस्तो । वर्षेनी वर्षौटे भइराखे । यत्रो भूँडी हुँदा’नि छाडेनन् । सुत्केरी उम्केका भोलिपल्ट त आइहाल्थे समात्न । १३ दिनका दिनाँ जिउ दिन नसक्ने आइमाइ के आइमाइ भन्थे । सुत्केरी हुँदा परपर मेथी फुराको तेल हालेर आँग सुकायो । फेरी उहि दशा शुरु हुन्थ्यो । माथि बच्चाले लुछेको छ (स्तनपान) तल लोग्नेले (यौन सम्बन्ध) लुछेको छ । गिदी सासुले लुछेकी छिन् । दिनभरी मेलापात गर्यो । बेलुका घराँ वर्षेनी वर्षौटे रोएका हुनी । खान दियो तिनका गोडा समात्न परिगो । छ्या त्यस्ता दिन पनि बिताइयो ।

पात्र तीन

तिमी बाहुनीहरु त यसो भन्छौ । मेरो के कम्ती थियो र ? लक्का केटो छ भनेर पठाइदिए । वन, पाखा, बारी, जंगल यिनले पनि मलाइ जता भेट्यो उतै सुताए । कहिलेकाहिं आफूलाई पनि रमरम आनन्द आउला आउला जस्तो लाग्दा लाग्दै उनले आफ्नो काम भियाइओरी सकाउँथे । हामीलाई पनि मजा लाग्छ भन्ने कुरा लोग्ने मान्छेलाई के थाह ? शुरु शुरुमा त गर्न नसकेर खुब रोएँ । माइत जाँदा लुकाएर रक्सी ल्याएर पिएँ । रक्सी पिएपछि दुख्न छाड्यो र यसरी बानी पारियो ।

उनी त पाएसम्म रक्सी पिउन र हल्लेर लट्टु भएपछि घरमा आएर कुट्ने । त्यसमा पनि आफ्नो जिउ नदिए झन कुटाइ खान पर्यो । बरु मन लाग्या बेलाँ गर्न दिएपछि केहि घन्टा भएपनि चइनले सुत्न पाइयो । यसो बुझ्दा दुइटा साँप्रा फट्टाइदिएपछि शान्ति मिल्ने देखियो । बिस्तारै बानी पनि पर्यो । वरपरकाले पनि ए शान्ति पाउनु छ भने साँप्रा फट्टाइदे किन कुटाइ खान्छेस भने । तिनका रक्सी गनायो, बिंडि गनायो भन्न पाइएन । इत्रा इत्रा छोराछोरी, नन्द, देवर, सासु ससुरा र आफन्तका सामु बेफ्वाँकको कचकच सुन्न भन्दा टन्टै साफ । आफ्ना जिउमा सास मात्रै बाँकी हुन्छ, दिनभरी घरधन्दा र मेलापात गर्दा । कसलाई मन लाग्छ र । कतिबेला घुप्लुक्क लड्म जस्तो हुन्छ ।

पात्र चार

तिमेरु आफ्ना कुरा गर्छौँ । मेरा जति दुख त तिमीहरु कसैले पनि पाएनौ । माइलो छोरो नून बोक्न जाँदा बाटोमै पाएँ । ढाडमा नूनको डोको काखमा छोरो चेपेर घर आएँ । १३ दिनका दिनाँ त बुढा मेरा घोडा चढ्न आइहाले । दुख संझदा त आइमाइ भएर कोही नजन्मिए हुन्थ्यो भन्ने लाग्छ । ‘सक्दिन, मेरा ज्यानले धान्दैन’ भनेर कति रोइयो नि । लाग्ने भा पो । ‘आइमाइ भनेको त गर्नलाई ल्याएको’ भन्ने ठान्छन् ।

छोराछोरी भन्यो, खेतीपाति भन्यो यो ज्यान त्यसै सकियो । अहिले माया गर्ने कोही छैन । साइँलो छोरो त ‘पन्छिन’ पनि नपाइकन गर्भमा आयो । लोग्ने मान्छेका जातलाई बिडि तान्न र तास खेल्न जति पनि पुग्छ । तर तिनलाई आइमाइका गाह्रो साह्रो बुझ्ने समय नै हुन्न ।

अचेल झैँ कहाँका अधिकारका कुरा हुन्थे र ति बेला । आइमाइका काम त लोग्नेलाई खुसी पार्ने छोराछोरी पाउने अनि खेतीपाती, घरधन्दा र बच्चाहरु स्याहार गर्दमा बित्थे । हाम्ले त हामी भन्न पनि कहाँ पाएम र खाली अरुलाई सोच्दैमा बित्यो ।

तपाइँको प्रतिक्रिया