बिहीबार, वैशाख १३, २०८१

सहमति बेगर गए एनआरएनए चिरै चिरा हुने खतरा

रबीना थापा२०७८ पुष ११ गते २३:०१

रबीना थापा

जसले रबीना बार्गेनिङका लागि हो भनेका छन् तिनलाई म के भन्न चाहन्छु भने गत निर्वाचनमा उपाध्यक्ष पदमा सबैभन्दा बढी मत, बिश्वाश त मलाई गरेका हुन् । उहाँहरुको मत के थियो भने कमसकेसम रबीना थापा गएको खण्डमा संस्थालाई बचाउन सक्छ ।

अहिले परिवर्तनको नेत्रित्व चाहिएको छ । हिजो देखि यो गर्छु त्यो गर्छु भन्ने ब्यक्तिहरुले धेरै भन्नुभयो । खै के गर्नुभयो त ? एनआरएनएको मुद्दा चुनावका बेला मात्रै यो गर्छु त्यो गर्छु होइन नी । कार्यान्वयन के भयो त ? अहिले जे जति काम भएको छ, अग्रजहरुले जे जति गर्नुभयो म उहाँहरुलाई सलुट गर्छु । तर उपाध्यक्षले बार्गेनिङ गर्नुपर्ने केहि छैन । के बार्गेनिङ गर्ने ? फेरि उपाध्यक्षमा जाने ?

सामाजिक संस्थामा बसिराख्नुपर्छ । काम गरिराख्नुपर्छ भन्ने होइन । नेत्रित्व भनेको बदलिनुपर्छ । नेत्रित्व विकास भैरहनुपर्छ । नयाँ नयाँ मानिसहरु आइरहनुपर्छ । बल्ल संस्था राम्रो हुन्छ, काम गतिलो हुन्छ । लामो समयदेखि काम गरिरहेका मानिसहरुले सबै कुरा बुझिराखेका हुन्छन् । र त्यहिं किलो गाडेर बस्नुहुन्छ । त्यसकारण मेरो केहिपनि बार्गेनिङ होइन ।

म एनआरएनएमा एक्दमै पारदर्शि हुनुपर्छ भन्ने ब्यक्ति हुँ । पारदर्शीतापनि हुनुपर्‍यो नी । महिला, युवाहरुलेपनि भाग लिनुपर्‍यो । सबैको बन्नसक्नुपर्‍यो । अहिलेसम्म महिला एनआरएनएको नेत्रित्वमा उठ्न सकेका छैनन् । त्यो मात्रै होइन, महिला आरक्षण पदबाहेक अन्त उठ्न सकेका छैनन् ।

एनआरएनएका सबै सदस्यले मत हाल्न पाउनुपर्छ । किनकि प्रतिनिधिमा नपरेर मत दिन नपाएका, बाहिरिएका साथीहरु फेरिपनि बाहिरिने संभावना रहन्छ । त्यसैले उहाँहरुलाई संस्थाभित्रै जोड्नु जरुरि छ ।

मैले छोड्ने भए अस्तिनै छोडिसक्थें । म छोड्नकालागि उठेकै होइन । यो संस्थालाई संस्थागत बनाउन, सबैको हो भन्ने भावनात्मक बनाउन हो । यो संस्था खाली ब्यापारीहरुको मात्रै हो भन्ने आरोप हामीलाई छ नी, त्यो आरोप चिर्नपनि मेरो उमेदवारी हो । महिलाहरुले केहि गर्नै सक्दैनन् भन्ने जुन आरोप छ नी त्यसका बिरुद्दपनि मेरो उमेदवारी हो ।

अहिलेका सबै गैर आवाशीय नेपालीले नयाँ ढंगको, नयाँ अध्यक्ष आओस भनेर चाहनुभएको छ । अहिले अध्यक्षको उमेदवार दुई जना पुरुष हुनुहुन्छ । दुबै जना मेरा अनन्य मित्र हुनुहुन्छ । दुबै जनासित काम गरेको छु । एकदमै राम्रो ब्यक्ति हुनुहुन्छ उहाँहरु । तर उहाँहरुबाट एनआरएनएमा पार लाग्ने देखिएन नी ! उहाँहरुबाट अहिले एनआरएनएमा विवादहरु भए । हिजो बार्गेनिङमा आएको भन्नेहरुले सोच्नुस् त, रबीना ठिक रहिछ भन्ने सोच्नुभएको छ । संस्था कुन अवस्थामा पुग्यो भन्ने त देख्नुभएको छ ।

यदि दुई जना दिदीबहिनि उठेर एक जना दाई वा भाई उठेको थियो भने हामी दिदीबहिनी सल्लाह गरेर यसपाली त्यो भाईलाई छोडिदिनुँ भन्ने थियौं । हामी महिलाले त्यति महानता राख्छौं । महिला भएपछि हामीले धेरै सोचेर गरेका हुन्छौं । त्यसैले मेरो बार्गेनिङ बिन्दु कुनैपनि हालतमा होइन । मेरो उमेदवारी अन्तिमसम्म रहन्छ । तपाईहरु सबैले माया गर्नुभएको छ । साथ दिनुभएको छ । मेरो उमेदवारी छोड्नकोलागि भए यत्रो समय किन खर्च गर्छु म ?

पहिलेपनि विधान हामीले सहमतिमा बनायौं । अहिलेपनि एनआरएनए सहमतिमै अगाडि बढ्नुपर्छ । सहमति बेगर गईयो भने दुई तिन चिरा हुनसक्छ एनआरएनए । त्यसकारण अहिलेको एनआरएनए भनेको सबै मिलेर सहमति र सहकार्यको नेत्रित्वको बनाउन सक्नुपर्छ । त्यो कोसिस हाम्रो अध्यक्षले संभवत गर्नुहुन्छ जस्तो लाग्छ ।

हिजो देखि यो गर्छु त्यो गर्छु भन्ने ब्यक्तिहरुले धेरै भन्नुभयो । खै के गर्नुभयो त ? एनआरएनएको मुद्दा चुनावका बेला मात्रै यो गर्छु त्यो गर्छु होइन नी । कार्यान्वयन के भयो त ?

म एनआरएनएमा कुनैपनि ब्यापार गर्न जाने होइन । एनआरएनएको मुद्दालाई लिएर जाने हो । नेपाल सरकारले हाम्रो हातमा पासपोर्ट थमाएर बिदेश पठाउँदैमा हामीलाई गैर आवाशीय बनाउन पाइदैन । एकचोटीको नेपाली सधैंको नेपाली बनाउनुपर्छ ।

हामी नेपालीहरुको धेरै मुद्दा छन् । त्यो मुद्दा खैत पार लागेको ? हामीले त नेपालमा आन्दोलन गर्नुपर्छ बल्ल नेपाल सरकारले सुन्छ । नत्र गैर आवाशीय नेपालीको नागरिकता, पैत्रिक सम्पत्तीको कुरा सबै एकादेशको कहानी हुन्छ । त्यसकारण त्यो काम गर्न सक्ने ब्यक्ति भनेको म मात्रै हो । कोहि ब्यक्ति ब्यापारको काम गरेको हुनाले त्यहाँ अप्ठेरोमा परेको हुनसक्छ । अथवा कुनै न कुनै कुरामा अल्झिनुभएको छ । तर मलाई हेर्नुस्, मैले अहिलेसम्म गैर आवाशीय नेपालीको प्लेटफर्मलाई प्रयोग गरेर कुनैपनि ब्यापार ब्यवशाय गरेको छैन । संस्थालाई संस्थागत गर्नुपर्छ । संस्थाको एजेण्डामा हिंड्नुपर्छ भन्ने ब्यक्ति हो म चाहिं । त्यो त तपाई हामी सबैले देखेकै छौं नी ।

गैर आवाशिय नेपालीका मुद्दा बिधानमा, संविधानमा लेखाउँदापनि के चाहिं कार्यान्वयन गर्न सकियो त ? कार्यान्वयन त केहिपनि हुनसकेको छैन नी ।

म अमेरिकामा बस्दै गर्दा कामको सिलसिलामा बिदेशी पासपोर्ट लिनुपर्ने हुन्छ । बिभिन्न समस्याको कारणले बस्नुपर्ने हुन्छ । तर हाम्रो आफन्त, परिवार, पैत्रिक सम्पत्ती नेपालमा छ । हाम्रो सम्पूर्ण कुरा नेपालमा हुँदा नेपाल सरकारले हामीलाई गैर आवाशीय बनाएर हाम्रो अधिकारबाट बन्चित बनाएको छ ।

मध्यपूर्वमा बस्नेहरुको आफ्नै खाले समस्या होला, रोजगारीको । एशियामा बस्नेको काम गर्ने भिसाको समस्या छ होला । तर अमेरिका, अष्ट्रेलिया, बेलायत, युरोपका दाजुभाई दिदीबहिनीहरु जो हुनुहुन्छ उहाँहरु दोहोरो अनगरिकताको मुद्दाले गर्दा संस्थामा आकर्षित भएका हुन् । त्यो मुद्दालाई कार्यान्वयन गर्नकोलागि अहिलेको ब्यक्तिहरुले हिजोदेखि काम गर्नुभएको छ । मैलेपनि काम गरिरहेको छु । यसलाई कार्यान्वयन गराउनकोलागि मलाई कसैले बाधक बनाउन सक्दैन । त्यो मुद्दा सफल पार्न मलाई बार्गेनिङमा बस्नुपर्दैन । एनआरएनएमा यहाँसम्म आइपुग्दा ‘तपाईलाई मैले यहाँसम्म ल्याइदिएको, मैले जोड गरेको’ भन्ने ब्यक्ति हुनुहुन्न ।

पहिलेपनि विधान हामीले सहमतिमा बनायौं । अहिलेपनि एनआरएनए सहमतिमै अगाडि बढ्नुपर्छ । सहमति बेगर गईयो भने दुई तिन चिरा हुनसक्छ एनआरएनए ।

राजनितिक दलले एनआरएनएका मुद्दा हल गरिदिने हो । तिनले पत्याइने हुनुपर्छ जसले भनिरहेका छन् एनआरएनएका मुद्दा निर्वाचन अगाडिनै पास गराउँ न त । यि मुद्दा त पाँच दिनमा हल हुनसक्छन् । त्यस्तो ब्यक्तिलाई सर्वसम्मत बनाउँला । जो ब्यक्तिले अध्यक्ष भएपछि गर्छु भन्नुहुन्छ उहाँले त्यो काम आजपनि गर्नसक्नुहुन्छ नी त !

म अध्यक्ष भएँ भने सबै पार्टीसित मिल्छु । मेरो पार्टी भनेको एनआरएन पार्टी हो । गैर आवाशीय नेपालीको मुद्दा लिएर म सबै पार्टीसित कुरा गर्नसक्छु । त्यति मात्रै होइन, हाम्रो मुद्दाहरु नेपाल सरकारबाट पारिद गर्न एउटा आन्दोलनकै रुपमा ल्याउनुपर्छ । आज एउटा नेताकोमा भोली अर्को नेताकोमा धाएर हुन्न । यसकोलागि छुट्टै कमिटी गठन गरेर एउटा आन्दोलनकै रुपमा अगाडि बढाउनुपर्छ ।

अहिले गैर आवाशीय नेपालीले बिदेशमा काम गरेका छन् । देशलाई रेमिटेन्स पठाएक् अहिलेको अवस्थामा बचाएका छन् । गैर आवाशीय नेपालीको हकहितका मुद्दा जुन गर्छु भनेर उहाँहरुले पारिद गरिसक्नुभएको छ । कार्यान्वयन मात्रै नभएको हो अहिले । त्यो कार्यान्वयनकालागि हामी सबै लाग्नुपर्छ । म एक जनाले मात्रै गर्ने होइन । तपाई हामी सबै लाग्नुपर्छ बल्ल हुन्छ । एनआरएनए अध्यक्षले त मुद्दा मात्रै बोक्ने हो । त्यसलाई सफल पार्न साथ, सहयोग र समर्थन सबैले गर्नुपर्छ ।

मध्यपूर्वमा बस्नेहरुको आफ्नै खाले समस्या होला, रोजगारीको । एशियामा बस्नेको काम गर्ने भिसाको समस्या छ होला । तर अमेरिका, अष्ट्रेलिया, बेलायत, युरोपका दाजुभाई दिदीबहिनीहरु जो हुनुहुन्छ उहाँहरु दोहोरो अनगरिकताको मुद्दाले गर्दा संस्थामा आकर्षित भएका हुन् ।

मेरा मुद्दा खास के भने पहिलो त गैर आवाशिय नेपाली संघलाई एकदमै पारदर्शी बनाउनु जरुरि छ । त्यसैगरि, सबैको संस्था हो भनेर अपनत्वको महसुस गराउनु जरुरि छ । एनआरएनएका देश देशमा आफ्ना आफ्ना समस्या भएकोले तिनको समाधान गर्न पहिले तिनलाई वर्गिकरण गर्नुपर्छ । मध्यपूर्वमा रोजगारमा जानेहरुकालागि राम्रो निति बनाउनु जरुरि छ । बैदेशिक रोजगारमा जानेहरुकोलागि स्वास्थ्य विमा, जिवन बिमा र पेन्सनको ब्यवस्था हुनुपर्छ । त्यो नभएसम्म बैदेशिक रोजगारमा पठाउनुहुन्न भन्ने मेरो एजेण्डामा छ ।

कुनैपनि महिला र युवाहरु अगाडि बढ्न नसकेसम्म त्यो संस्था जिवन्त रहन सक्दैन । तिनलाई संस्थामा आकर्षित र आबद्द गराउने योजना ल्याउनुपर्छ ।

अर्को कुरा नेपाली भाषाको छ । विश्वभरि रहेका हामी नेपालीले नेपाली भाषालाई बढी प्राथमिकता दिनुपर्छ । हाम्रो नेपाली भाषामा जति आत्मियता छ त्यो भाषा रहे मात्रै हामी बिदेशमा आत्मियताकासाथ नेपाली भनेर रहन सक्छौं । त्यो नरहे हाम्रो पुस्तामा मात्रै रहन्छ । नेपाली भाषालाई बचाउनुपर्छ । जिवन्त राख्नुपर्छ । र मात्रै हामीले एनआरएनए वा नेपाली भाषाका माध्यमबाट हामीले काम गर्न सक्छौं ।

वैदेशिक रोजगार, बसाईका क्रममा सिकेको, जानेको सिप, अनुभवलाई कसरि नेपालमा प्रयोग गर्ने, कसरि उद्यमी बनाउने भनेर एनआरएनए र नेपाल सरकारका बिच निति बनाउने योजना मेरो छ ।

म्रो मुद्दाहरु नेपाल सरकारबाट पारिद गर्न एउटा आन्दोलनकै रुपमा ल्याउनुपर्छ । आज एउटा नेताकोमा भोली अर्को नेताकोमा धाएर हुन्न । यसकोलागि छुट्टै कमिटी गठन गरेर एउटा आन्दोलनकै रुपमा अगाडि बढाउनुपर्छ ।

अर्को, एनआरएनएका सबै सदस्यले मत हाल्न पाउनुपर्छ । किनकि प्रतिनिधिमा नपरेर मत दिन नपाएका, बाहिरिएका साथीहरु फेरिपनि बाहिरिने संभावना रहन्छ । त्यसैले उहाँहरुलाई संस्थाभित्रै जोड्नु जरुरि छ ।

एनआरएनए सबैको संस्था हो । त्यसैले त्यसमा सबैले आफ्ना आफ्ना भनाई, तर्क राख्ने संस्था हो । त्यसमा कसले के बोल्छ । कस्तो विषयमा बोल्छ । के एजेण्डा ल्याउँछ भनेर मेडियाका ब्यक्तिहरुलाई संलग्न गराउने हो भने ति मुद्दा, विषयलाई स्पष्ठ पार्न सकिन्छ । त्यसैले म अध्यक्ष भएर आएँ भने केन्द्रिय समितिको बैठकमै पत्रकारहरुलाई प्रवेश गर्न दिन्छु भन्ने विषय मैले उठाएकि छु ।

अहिलेसम्म प्राय संघ संस्था भनेको अध्यक्षमुखी छन् । त्यसैले अध्यक्षपनि त्यो गलत गर्नबाट बच्न सकोस् । यदि मैलेपनि गलत गरें भने मलाईपनि डर होस् । त्यसैले सबै मेडियालाई नसकेपनि हरेक बैठकमा केहि न केहि मेडियालाई निम्ता दिने छु । उहाँहरुलेनै बैठकका कुरा बाहिर पुर्‍याउनुहुने छ । त्यहाँ उठेका विषयमा जिम्मेवारपूर्ण तरिकाले उठाउने, बोल्ने र सोध्न पाउनुपर्छ । त्यसले पारदर्शी बनाउँछ भनेकि छु । त्यो गर्नुपर्छ ।

(एनआरएनएको वर्तमान उपाध्यक्ष तथा आगामी केन्द्रिय निर्वाचनमा अध्यक्ष पदमा उमेदवार रबीना थापासित नेपालप्लसले डिसेम्वर ५ का दिन गरेको प्रत्यक्ष वार्तामा ब्यक्त भनाईका केहि संपादित अंश-संपादक)

संवन्धित समाचार, आलेख

एनआरएनए विधान संशोधनको पहल र यसको मर्म

एनआरएनए निर्वाचन : बलिई हुँदै रबिना थापा

तपाइँको प्रतिक्रिया