शुक्रबार, चैत १६, २०८०

एनआरएनएमा फेरि भागबण्डा : अध्यक्ष र महासचिव बाँडफाँड भन्दै पाँच जनाको कमिटी प्रस्ताव

नेपालप्लस संवाददाता २०७८ पुष १२ गते २१:११

 

देब्रेबाट क्रमश संयोजकमा प्रस्तावित इन्द्र वन र सदस्यहरु नरेश कोइराला, कुल चन्द्र गौतम, भिम उदास र राम प्रताप थापा

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को आगामी नेत्रित्व चयनकालागि फेरि भागवण्डाको प्रस्ताव गरिएको छ । अहिलेको प्रतिनिधि छनौटको वैधानिक प्रावधानलाई पुरै रद्द गरेर निर्वाचन गर्ने र त्यस अघि अध्यक्ष र महासचिवको पद भने सहमतिमा भागवण्डा गर्ने प्रस्ताव गरिएको छ ।

एनआरएनएका संस्थापक मध्ये एक भिम उदासले यस्तो बिकल्प अघि सारेका हुन् । उदासले अहिलेको समस्यालाई समाधान गर्न भन्दै मूलत तिन बिकल्प अघि सारेका छन् ।

उनले सारेका बिकल्प मध्ये पहिलोमा अध्यक्ष पदका तीन जना उम्मेदवारसँग वार्ता सुरु गर्न एनआरएन वरिष्ठ नेताहरूको सानो समिति (अधिकतम ३ जना अध्यक्ष) रहेको गठन गर्ने भन्ने छ । यो कमिटीले कम्तिमा अध्यक्ष र महासचिव सहमतिमा चयन गर्ने भनिएको छ ।

सहमतिबाट उम्मेदवारहरू छनोट हुन नसकेमा दोस्रो विकल्पका रुपमा दुवै पक्षलाई स्वीकार्य हुनेगरि एक कार्यकाल (२ वर्ष) संगठनको नेतृत्व गर्न सक्ने वरिष्ट एनआरएनको खोजि गर्ने भनिएको छ । अर्थात् सर्वसम्मतीमा अध्यक्ष र महासचिव चयन गर्न नसकिए हालका उमेदवारभन्दा बाहिरबाट कुनै तेस्रो ब्यक्तिको खोजि गर्ने भनिएको हो ।

प्रतिनिधि छनौटको विषय हालसम्मा किटान नभएकाले उदासले हाललाई केहि सुझाव दिएका छन् ।

उनको सुझाव अनुसार हालको निर्वाचन प्रक्रिया बन्द गर्ने, निर्वाचन प्रक्रिया रोकेर महाधिवेशन शुरु गर्ने भन्ने छ ।

त्यसैगरि, उनको सुझावमा एननसीसी प्रतिनिधि छनौटको समानुपातिक प्रणाली (६५ प्रतिशत, २५ प्रतिशत र १० प्रतिशत) खारेज गर्ने बारे महाधिवेशनमा संशोधन प्रस्ताव लैजाने । त्यसकोलागि विधानको बाधा अड्चन फुकाउको प्रावधान प्रयोग गर्ने ।

उनले प्रस्ताब गरेको अन्तरिम समितिमा अष्ट्रेलियाकी इन्द्र वनलाई प्रमुख बनाउने भन्ने छ । बाँकी सदस्यहरुमा भिम उदास, कुल चन्द्र गौतम, नरेश कोइराला र राम प्रताप थापालाई सदस्यका रुपमा राख्ने प्रस्ताव गरिएको छ ।

एनआरएनएमा सहमति र सहकार्य भन्दै भित्रभित्रै गोप्य वार्ताहरु भैरहेको खवर नेपालप्लसले आजै सोमवार विहान प्रकाशित गरेको थियो ।

भिम उअदासले छलफल र सुझावकालागि भन्दै पठाएको यो प्रस्तावमा गत केहि दिनदेखि भित्रभित्रै गोप्य छलफल भैरहेको थियो ।

यस्ता प्रस्तावहरुको छलफल गरिएको गोप्य ईमेल नेपालप्लसले प्राप्त गरेको छ । ईमेल मार्फत छलफल र प्रस्ताव शेष घले, मन केसी, इन्द्र वन, भिम उदास, नरेश कोइराला, देवमान हिराचन, कुमार पन्त, पुरुष्ठ, एसी शेर्पा, रबीना थापा, सोनाम लामा, हिकमत थापा, यादव पण्डित, राम प्रताप थापा, जीवा लामिछाने, डा. उपेन्द्र महतो र भवन भट्टलगायतलाई पठाइएको छ ।

तर एनआरएनएका प्रमुख भूमिकाकर्ता र सम्मानित ठानिएका डा. शेष घले, डा. उपेन्द्र महतो, भवन भट्ट, कुलचन्द्र गौतम, देवमान हिराचन, रामप्रताप थापाले कुनैपनि प्रतिक्रिया जनाएका छैनन् ।

मंगलवार ३ बजे एनआरएन प्रतिनिधिको काठमाडौंमा छलफल

यसैबिच मंगलवार दिउँसो तिन बजे एनआरएनए अध्यक्ष कुमार पन्तले काठमाडौंमा उपलब्ध एनआरएनए नेत्रित्वकर्ता, उमेदवारी दिएका र बिभिन्न पदमा रहिसकेकाहरुको अनौपचारिक बैठक डाकेका छन् । बैठकमा एनआरएनएको महाधिवेशन, निर्वाचन र विवादबारे अनौपचारिक छलफल हुने छ ।

तपाइँको प्रतिक्रिया