शनिबार, वैशाख ८, २०८१

कोरोनाको चक्की युरोपमा सिफारिस, कसले र कहिले लिन सक्छ ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष १३ गते ०:१३

युरोपेली संघको औषधि नियामक (युरोपियन मेडिसिन्स एजेन्सी) ले सदस्य राष्ट्रहरूलाई उनीहरूले दुईवटा कोभिड-१९ एन्टिभाइरल चक्कीहरू सिफारिस गरेको छ । तिनीहरुको नाम फाइजर प्याक्सलोभिड र मेर्क्स मोल्नुपिराभिर राखिएको छ ।

तिनीहरूको औपचारिक स्विकृति अघिनै प्रयोग गर्नसक्ने सल्लाह ईयुको औषधी नियामक संस्थाले दिएपछि बिरामीहरूले चाँडै नयाँ उपचारका विकल्पहरू पाउने भएका छन् । ति औषधीलाई घरमै लैजान सकिन्छ ।

प्याक्सलोभिड र मोल्नुपिराभिर दुबै युरोपमा लागेभ्रियो नाम दिइएका अत्यन्त्रै महत्वपूर्ण, सम्भावित रूपमा अनुपम औषधी हुन् । विशेषखाले रोग भएका, खोप दिन नमिल्ने तर कोरोना लाग्ने उच्च जोखिममा रहेका बिरामीहरूमा कोविड-१९ लागेर अस्पतालमा भर्ना हुने वा मृत्यु हुने सम्भावनालाई यि औषधीले कम गर्ने देखाइएको छ ।

उच्च संक्रामक ओमिक्रोनको उत्परिवर्तन (भेरियन्ट) बाट संचालित युरोपका धेरै देशहरूमा संक्रमणका घटना बढ्दै गएपछि यसले ठूलो राहत दिने स्वास्थ्य अधिकारीहरुले बताएका छन् । ओमिक्रोनको संक्राणले तनावग्रस्त स्वास्थ्य सेवा प्रणालीहरूमा बोझ कम गर्न सरकारले भाइरस विरुद्धको लडाईमा चक्कीहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

लक्षणहरू देखापर्नासाथ जतिसक्दो चाँडो यि चक्कीहरू लिनुपर्नेछ । कोरोना परीक्षण गराउनु, चिकित्सकको सिफारिस (प्रेस्क्रिप्सन) प्राप्त गर्नु र छोटो समयमै चक्कीहरू प्रयोग गर्न सुरु गर्नु चुनौतीपूर्ण हुनसक्ने भनाई स्वास्थ्य विशेषज्ञहरुको छ ।

यी चक्की कसकालागि ?

एन्टिभाइरल चक्कीहरू कोरोना सकारात्मक परीक्षण प्राप्त गर्ने सबैका लागि होइनन् । चक्कीहरू हल्का वा मध्यम खालको कोरोना (गम्भिर नबनेका) भएकाहरूका लागि हो जसलाई कोरोना लागेर गम्भीर बिरामी हुने सम्भावना बढी हुन्छ ।

वृद्ध व्यक्ति, हृदय रोग, क्यान्सर वा मधुमेह जस्ता अन्य गम्भिर खालका रोग र स्वास्थ्य अवस्था कमजोर मानिएका व्यक्तिहरूले लिन पाउँछन् । कोरोना लाग्दा बढी कमजोर बन्ने मानिसहरु यो औषधी सेवकमा पर्छन् ।

कसले लिनु हुँदैन ?

अमेरिकामा मर्कको मोल्नुपिराभिर बच्चाहरूको लागि सिफारिस छैन । किनभने यसले हड्डीको विकासमा असर गर्न सक्छ । यो गर्भवती महिलाहरूको लागि पनि सिफारिस गरिएको छैन । किनभने शिशुको विकासलाई असर पार्ने सम्भावना औंल्याइएको छ ।

मृगौला वा कलेजोमा गम्भीर समस्या भएका बिरामीहरूलाईपनि फाईजर चक्की सिफारिस गरिँदैन । यो कसैको लागि उत्तम विकल्प नहुन सक्छ । किनभने यसले बिरामीले लिइरहेको अन्य उपचारसँग अन्तरक्रिया (रियाक्सन) वा घुलन भएर असर देखाउन सक्छ ।

लक्षण देखा परेको पाँच दिनभित्र जतिसक्दो चाँडो चक्की लिनथाल्नुपर्छ । चक्की लिएपछि रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने, स्वाद वा गन्ध नमिल्ने र मांसपेशी तथा शरीर दुख्ने सामान्य लक्षणहरू हुनसक्छन् ।

ओमिक्रोनको लागि काम गर्छ ?

यि दुबै चक्कीहरू ओमिक्रोन विरुद्ध प्रभावकारी हुने अपेक्षा गरिएको छ । यिनले प्रोटिनलाई निस्क्रिय वा कमजोर बनाउने, वा लक्षित गर्दैनन् जहाँ कोरोनाका अधिकांश चिन्ताजनक उत्परिवर्तन (भेरियन्ट) हरू बस्छन् । दुई चक्कीले भाइरसलाई पुन: उत्पादन हुनबाट जोगाउन विभिन्न तरिकामा काम गर्छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक