शनिबार, मंसिर १७, २०७९

ब्रेक्सिट पछिको एक वर्ष : बेलायत र युरोपेली निर्यातकर्ताहरूलाई कस्तो असर ?

नेपालप्लस संवाददाता२०७८ पुष १३ गते १९:५९

Credit: Peter MacDiarmid/Shutterstock via nature.com

युरोपेली संघमा बेलायती निर्यातकर्ताहरूको समस्या २०२१ भरि धेरै सार्वजनिक भएका छन् । विशेष गरी पहिलो वर्षमा नयाँ सीमाना लगाइयो । वस्तुहरु रातो टेपले गाँठो पारियो । पहिले सहज रुपमा हुन्थ्यो । यस्ता राता टेप बाँधिदैनथिए ।

त्यसो त, बेलायतको इङ्लिस च्यानलको अर्को तर्फ पनि बेक्जिटले अशान्ति महसुस बनाएको छ । ब्यापार अवरुद्द भएको छ । यद्यपि बेलायतले नयाँ आयात नियन्त्रणहरू लागू गर्न ढिलाइ गरेको छ । बेलायतमा केही ईयु निर्यातकर्ताहरूले ब्रेक्सिटलाई आँधीको ठूलो हुण्डरीको रुपा महसुस गरेका छन् ।

सन् २०२० को अन्त्यमा लन्डन र ब्रसेल्स बीचको व्यापार सम्झौताले कोटाहरू हटायो । तर ईयुको एकल बजार र भन्सार संघबाट बेलायतको प्रस्थानले अझै पनि महत्वपूर्ण अवरोध र लागतहरू सिर्जना गरिदियो ।

केही कृषी क्षेत्रहरू, विशेष गरी ईयुका उत्तरी तटीय देशहरूमा ब्रेक्सिटले उनीहरूको बेलायती छिमेकीसँगको अवरोधरहित व्यापार समाप्त गरेपछि धेरै समस्या भोगेका छन् । किनकि बेलायतमा ब्रेक्जिट अघि तिनको कृषी उत्पादन बेरोकतोक जाने गरेको थियो ।

सन् २०२१ को पहिलो नौ महिनामा उत्तरपश्चिम फ्रान्सको ब्रिट्नीबाट युकेमा कृषि र कृषि खाद्यान्न निर्यात २०१९ को सोही अवधिको तुलनामा १९ प्रतिशतले घटेको छ । त्यसले हालैको रिपोर्ट अनुसार यस क्षेत्रको लागि पाँच करोड ३२ लाख युरो कारोबारमा घाटा ल्याएको छ ।

सन् २०१९ को तुलनामा २०२१ मा बेलायतमा ब्रेटन चिज र अन्य दुग्ध उत्पादनको निर्यात ५८ प्रतिशतले घट्यो । गोरु र सुँगुरको मासुको निर्यात पनि उल्लेखनीय रूपमा अर्थात् ४३ प्रतिशत र कुखुराको मासु ४ प्रतिशतले घट्यो।

“मुख्य कारणहरूमा बढ्दो लागत र लम्बिएको डेलिभरी समय थियो । किनभने विशेष गरी पहिलो त्रैमासिकमा नयाँ उपाय र प्रावधान राखिएको थियो । त्यसले ढिलाइ निम्त्यायो । दूध र मासु जस्ता ताजा उत्पादनहरूको लागि गाह्रो बनायो । किनकि तिनको भण्डारण समय छोटो हुन्छ । यो धेरै जटिल थियो” ब्रिटनी चेम्बर अफ एग्रीकल्चरका अर्थशास्त्री डेल्फिन स्केक भन्छन् । उनले दुबै तर्फको तथ्याङ्कहरू संकलन समेत गरेका थिए ।

युरोपेली युनियनबाट बेलायत बाहिरियो : युनियन र बेलायत कसलाई कति घाटा ?

दुग्ध उत्पादनहरूका लागि पहिले नै केही भण्डारण गरिएको थियो जसले ब्रिटनी डेरी उद्योगद्वारा बेलायतीहरूलाई कम आपूर्ति गर्न बाध्य पारेको थियो । अन्तमा बेलायतले पनि आफ्नो दुग्ध निर्यातमा प्रतिबन्ध लगायो । त्यसैले उत्पादनहरू आफ्नो क्षेत्रमा रहे । किनभने उनीहरुले राष्ट्रिय उत्पादनको सामानहरु राखेका थिए ।

केहिलाई घाटा, अर्कोलाइ लाभ

फ्रान्सको ब्रिटनीका केहि किसनले ब्यापार गुमाए । तर अरूले ब्रेक्सिटको अशान्तिबाट फाइदा उठाएकापनि छन् । ब्रिट्नीबाट बेलायतमा पकाएको मासुको निर्यात दुई वर्ष अघिको तुलनामा २०२१ को पहिलो नौ महिनामा ५१ प्रतिशतले बढ्यो । ताजा तरकारी निर्यात ४२ प्रतिशत र अन्य तरकारी उत्पादन ६३ प्रतिशतले बढेको छ ।

ब्रिटिस च्यानलको अर्को छेउमा बेलायतको ब्रेक्जिट पछि आएको ठूलो खाडलले गर्दा हुने अराजक समस्याहरूलाई तल झारेको छ । त्यसले लगभग एक लाख लरी ड्राइभरहरू र १५ हजार मासु काट्नेहरुको अभाव निम्त्यायो । साथै मौसमी खेती गर्ने कामदारहरूको अभावसमेत बनाइदियो ।

“सन् २०२१ को वसन्तमा, तरकारीहरूका लागि बेलायती बजारका मालीहरू बाली खेतमा सड्न दिन बाध्य भएका थिए । किनभने तिनीहरूसँग बाली काट्ने जनशक्ति अपुग थियो । त्यसैले नागरिकहरुकालागि पर्याप्त खाध्यान्न उनीहरूले ठूलो मात्रामा आयात गर्नुपर्‍यो । ब्रिट्नीबाट तरकारी र अन्य उत्पादन ल्याउनुपर्‍यो ।

ब्रेक्जिट पछिको समस्याले ठूला कम्पनीहरू भन्दा साना फर्महरूलाई बढी असर गरेको छ । पश्चिमी फ्रान्सको दुग्ध सहकारी लोइताको कारोबार १० लाख यूरो छ । यसको निर्यात टोली मात्र ६० जनाको छ । यूके बजार यसको व्यवसायको १५ प्रतिशत छ । कम्पनीमा १०० कर्मचारी सोमरसेटमा बेलायतको सहायक कम्पनीमा कार्यरत छन्।

“मसँग विज्ञहरू छन् । हामीसँग प्रक्रियाहरू छन् । हामीलाई निर्यात व्यवसायीसँग कसरी व्यवहार गर्ने थाहा छ । यो समय लाग्ने काम हो । तर हामी यसलाई कसरी व्यवहार गर्ने जान्दछौं । त्यसैले हामी साना समूहहरू भन्दा कम प्रभावित छौं । साना कम्पनीहरू धेरै आफ्नो उत्पादन बाहिर बेच्न अभ्यस्त छैनन् । उदाहरणकोलागि, युरोप लाई लिउँ जहाँ प्रक्रियाहरु अधिक जटिल छन्” लोइताको निर्यात निर्देशक ईभानबोर्नले युरोन्युजसित भने ।

“हामीलाई सही समयमा सही ट्रक फेला पार्न यातायात कम्पनीहरूसँग धेरै तयारी र छलफल गर्नुपर्‍यो । ढिलो चाँडो हामीले ट्रक भेट्टायौं तर हामीलाई खोज्दाखोज्दै ढिलाइ बनायो । हामीले अन्तिम मिनेटमा ट्रकहरू पायौं” उनको भनाई छ ।

अर्को ठूलो युरोपेली फर्म छ, डेनिस-स्वीडिश बहुराष्ट्रिय अर्ला फुड्स । यसले पनि बेलायतमा निर्यात गर्न ब्रेक्जिटले अहिलेसम्म धेरै प्रभाव नपारेको बताएको छ । तर यसले निश्चित रूपमा केही चुनौतीहरू खडा गरेको भनाई छ ।

पछिल्लो युरोपेली आयोगको प्रतिवेदनले सन् २०२१ को पहिलो आठ महिनामा बेलायतमा ईयु कृषि-खाद्य निर्यातको मूल्य गत वर्षको सोही अवधिको तुलनामा मुश्किलले परिवर्तन भएको देखाएको छ । “११ करोड ६० लाख युरो वा २०२० को मूल्य वा स्तर भन्दा शुन्य दशमलव चार प्रतिशतले कम भएको छ । यसले हालका महिनाहरूमा उल्लेखनीय रिबाउन्डलाई चित्रण गर्दछ । यो वर्षको शुरुका भागहरूमा बेलायतमा निर्यात कत्तिको निराशाजनक थियो भन्ने देखाउँछ” अर्ला फुड्सले युरोन्युजसित भन्यो ।

बीउको आलुमाथि प्रतिबन्धले डचलाई मार

बेलायतमा निर्यात गर्ने धेरै इयु क्षेत्रहरूले केहि स्थिरता पुन: प्राप्त गर्नु अघि वर्षको प्रारम्भिक भागमा व्यापारमा तिव्र गिरावट भोगे ।

“आशा छ, रक्सी, चकलेट जस्ता क्षेत्रहरूमा केही रिकभरी हुनेछ । स्पिरिट, रक्सी, भेडाको मासुको व्यापार कमसेकम प्रभावित छ । तर उदाहरणका लागि तरकारीको केहि व्यापारमा विशेष गिरावट आएको छ । त्यसैले बिभिन्न क्षेत्रहरूमा फरक प्रभाव परेको छ” युरोपेली किसानहरूको संस्था कोपा-कोगेकाका वस्तु र व्यापारका निर्देशक ड्यानियल एजेभेडोले भने ।

आलुको बीउ उत्पादन एउटा यस्तो क्षेत्र हो जसले ईयु-युके व्यापारमा कमी होइन बरु पूर्ण रूपमा पतन भएको छ । नियामक प्रणालीमा सम्झौतामा पुग्न असफल भएकाले ब्रेक्सिट ब्यापार संझौताबाट यो क्षेत्रलाई बाहिर राखिएको थियो । बेलायतमा ईयू निर्यातकर्ताहरूलाई दिएको छ महिनाको छुट जुलाईमा समाप्त भएको थियो ।

स्कटिश समकक्षहरू भएकोले निर्यात प्रतिबन्धले डच उत्पादकहरूलाई कडा असर गरेको छ । तिनीहरूले प्रत्येक वर्ष लगभग १८ हजार टन बेलायत पठाउने गर्थे । तिनीहरूको कुल निर्यात आधा भन्दा बढी माछा र चिप्सको थियो ।

एलटिओ नेदरल्यान्डले डच कृषि उत्पादकहरूको प्रतिनिधित्व गर्छ । युके र ईयु बीचको खराब संवन्ध र राजनीतिक इच्छाशक्तिको कमीले ब्यापार खस्कायो । त्यसको समाधान खोज्न र पारस्परिक व्यापारको लागि सीमानाहरू पुन: खोल्न ति विगत ४० वर्षदेखि असफल देखिएका छन् ।

यसमा एउटा सम्भावना छ । यसले के सुझाव दिन्छ भने बेलायतले स्विट्जरल्याण्डको उदाहरण पछ्याउने र एउटा नियमहरूसँग “गतिशील पङ्क्तिबद्धता” स्वीकार गर्ने । स्विजरल्याण्ड ईयुमा समावेश छैन, यो ‘तेस्रो देश’ हो । तर ईयु कानूनको पालना गर्दछ ।

“बेलायतले त्यसो गर्न नसक्ने कुनै कारण छैन । तर बेलायती राजनीतिक अवस्थाले सहयोग गरिरहेको छैन” डच भाषामा प्रकाशित यसको पछिल्लो ब्रेक्सिट बुलेटिनमा भनिएको छ ।

डच निकायले पनि गुनासो गरेको छ ‘युरोपेली आयोगले अन्य क्षेत्रमा बेलायतलाई प्रस्ताव गर्न तयार भएको लचिलोपनको कुनै संकेत देखाएको छैन ।’

“आलुकोलागि कुनै छलफल भएको छैन । यदि तपाईले उत्तरी आयरल्याण्डमा ईयुले बेलायतलाई प्रस्ताव गरेको ठाउँ हेर्नुभयो भने किन यो अस्थायी रूपमा आलुको बिउ जस्ता निश्चित उत्पादनहरूको लागि ब्यवस्था मिलाउन सकिएन भनेर तपाईलाई अचम्म लाग्छ । तर युरोपेली आयोगले कुनै अपवादकारुपमा गर्न सकिंदैन भन्ने कुरा राख्छ” बुलेटिनमा उल्लेख गरिएको छ ।

युरोपेली आयोग र संसदमा पछिल्लो समयमा वार्ताहरू भएका छन् । तर अहिलेसम्म कुनै स्पष्ट सफलता मिलेको भने छैन ।

“युके र ईयुका २७ देशभरिका आलु उत्पादकहरूले यस वसन्तमा रोप्नको लागि आफ्नो बीउ समयमै आउने अपेक्षा गर्ने भएकाले चाँडै समाधान हुन आवश्यक छ । यदि समस्या समाधान गरिएन भने धेरै क्षेत्रहरूमा आलु उत्पादनमा समस्या हुनसक्छ” एलटिओ प्रवक्ताले युरोन्यूजलाई भने ।

बजार हल्लाउने बेक्जिट

फ्रान्स र नेदरल्याण्ड्स दुबै युरोपेली व्यवसायहरूलाई ब्रेक्सिटको तत्काल प्रभावहरूको सामना गर्न मद्दत गर्ने उद्देश्यले पाँच अर्व युरो आपतकालीन ईयु कोषबाट फाइदा लिन बजेट खडा गरियो । यो योजना २०२२ मा प्रारम्भमा खुल्ने अपेक्षा गरिएको छ ।

डचहरूले प्राप्त गर्नुपर्ने आठ करोड ८९ लाख युरो मध्ये केही कृषि र बागवानी लगायतका व्यवसायहरूको बजेटमा जाने एलटिओ नेदरल्याण्डले औंल्याएको छ । ब्रिटनीमा पनि किसानहरूले फ्रान्सले प्राप्त गर्नुपर्ने सात करोड ५३ लाख युरो क्षतिपूर्ति पाउने आशा गरिरहेका छन् ।

यसैबीच चेम्बर अफ एग्रिकल्चरका अनुसार धेरै ब्रेटन खाद्य निर्यातकर्ताहरूले सफलतापूर्वक अन्य बजारहरू फेला पारेर धेरै ब्रेक्सिट क्षतिको पुनर्प्राप्ति गर्न व्यवस्थित गरेका छन् ।

“बेलायतमा पहिले नै स्थापित कम्पनीहरू अझै पनि अरुहरूसँग व्यापार गर्न सक्षम छन् । ब्रान्ड नयाँ कम्पनीहरू ब्रिटिश बजारमा प्रवेश गर्न असमर्थ छन् । तिनीहरू प्रयास पनि गर्दैनन् । किनभने यो प्रशासनिक चरणहरूको सन्दर्भमा धेरै जटिल छ । त्यसैले तिनीहरू सिधै अन्य बजारहरू खोज्छन्” स्केकले भने ।

बेलायतमा आयात नियन्त्रणको प्रभाव

खाद्य र पेय उद्योगको पछिल्लो तथ्याङ्कले सन् २०२१ को पहिलो नौ महिनामा ईयुबाट आयात सन् २०१९ को तुलनामा २०२० मा ८ दशमलव चार प्रतिशत र २०१९ को तुलनामा १० दशमलव ८ प्रतिशतले घटेको छ । ईयुमा बेलायतको निर्यात धेरै खराब भएको देखाउँछ ।

सन् २०२२ मा ईयु निर्यातकर्ताहरूले यूके आयातका आवश्यकताहरू र नियन्त्रणहरूमा चरणबद्ध रूपमा थप टाउको दुखाइको सामना गरेका छन् जसलाई ईयु खाद्य उद्योगले कम्पनीहरूमा “धेरै प्रभाव पार्ने” भनेको छ ।

तैपनि बेलायत ईयु कृषि खाद्य निर्यातको लागि शीर्ष गन्तव्य बनेको छ । फ्रान्सको ब्रिटनीका उत्पादकहरू भन्छन् “ब्रिटिश बजार यति ठूलो छ तिनलाई बेवास्ता गर्न गाह्रो छ ।”

“तरकारी, दूग्ध उत्पादन, कुखुराको लागि बेलायत हाम्रा उत्पादनहरूका लागि महत्त्वपूर्ण बजार हो” डेयरी किसान लरेन्ट केर्लरले भनेका छन् ।

“विशेष गरी ब्रिट्नीमा कृषि-खाद्य उद्योगले पुन: संगठित गर्ने क्षमता देखाएको छ । तर त्यहाँ ब्रेक्सिट र कोविड दुबैले मार पारेको छ भन्ने हामीले पहिचान गर्नुपर्दछ । तर यसको सीमा छ र हामी आशा गर्दछौं कि अगाडिको बाटो खुल्ने छ । छलफल गरेर निकास खोजिने छ” ब्रिट्नीका किसानहरुको भनाई छ ।

लोईता ठूलो दुग्ध सहकारी संस्थाले पनि लरीहरूले ओिस्ट्रेहाम देखि पोर्ट्समाउथसम्म अंग्रेजी च्यानलमा उत्पादनहरू बोक्न जारी राख्ने अपेक्षा गरेको छ । “आखिर बेलायत निर्यातका लागि हाम्रो पहिलो गन्तव्य हो” निर्यात निर्देशक यवेस बोर्गने भन्छन् ।

“यो सम्भवतः सबैभन्दा ठूला बजारहरू मध्ये एक रहनेछ । किनभने बेलायतले उनीहरूको खाद्यान्न आवश्यकताहरूको ५० प्रतिशत आयात गरिरहेको छ । त्यसैले तिनीहरू ईयुमा धेरै निर्भर छन् । हामीलाई एक अर्काको आवश्यकता छ । हामी ईयु र युके बीच अन्तरनिर्भर छौं । व्यापार व्यावसाय दोहोरो चल्नुपर्छ । हामी समाधान खोज्नेछौ ।”

संवन्धित रिपोर्ट

सम्झौता उल्लंघनको आरोपमा बेलायत बिरुद्द युरोपेली युनियनद्वारा दुई मुद्दा दायर

बेलायती खाद्य उत्पादननै ब्रेक्सिटको शिकार : अझै खाद्य संकट थपिने संभावना

युरोपेली युनियनबाट बेलायत बाहिरियो : युनियन र बेलायत कसलाई कति घाटा ?

तपाइँको प्रतिक्रिया

फेसबुक