बिहीबार, वैशाख १३, २०८१

फ्रान्सको अस्पतालका आइसियु कक्ष क्षमता बाहिर

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष १३ गते २२:४८

Image Credit-wikipedia.org

कोरोना भाईरसको अत्यधिक व्रिद्दीसँगै फ्रान्सका अस्पतालमा सरकारले तोकेको सघन उपचार कक्ष (आईसियु) मा क्षमता भन्दा बढी बिरामी भर्ना भैसकेका छन् ।

युरो न्युजका अनुसार फ्रान्समा स्वास्थ्य अधिकारीहरूले कोरोनाका लागि छुट्याएका सघन उपचार कक्षमा तिन हजार ब्यक्तिको सीमा तोकेका छन् । तर त्यो सिमा नाघेको छ । हाल देशभर ३,३०० बिरामीहरू कोरोनाकै कारण आईसीयू कक्षमा उपचार गराइरहेका छन् ।

फ्रान्समा हाल १६ हजार भन्दा बढी मानिसहरू कोरोना उपचारकालागि अस्पतालमा भर्ना छन् ।

फ्रान्सले डिसेम्बर २५ मा दैनिक एक लाख चार हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमणहरू रेकर्ड गर्‍यो । देशको लागि यो नयाँ रेकर्ड हो । र पहिलो पटक एक लाख संख्याको थ्रेसहोल्ड पार गरेको हो ।

कोरोना संक्रमितको संख्या नाटकियरुपमा बढेपछि फ्रान्समा बूस्टर खोप लगाउन चार महिनाबाट घटाएर हाल तीन महिनामा बनाएको छ । सरकारले ओमिक्रोन भेरियन्टको प्रभावलाई रोक्ने उपायहरुकै शिलशिलामा यस्तो निर्णय गरेको हो ।

तर, नयाँ वर्षको पूर्वसन्ध्यामा कर्फ्यू भने नलगाउने सरकारले उल्लेख गरेको छ ।
प्रधानमन्त्री जँ कास्टेक्सले सोमबार मन्त्रिपरिषद् बैठक पछि कोरोना नियन्त्रणका उपायहरूको घोषणा गरेका थिए ।

उनको घोषणा अनुसार क्याफे र बारहरूलाई ३ जनवरी देखि सुरु हुने गरि बसेर मात्रै खान पाइने नियम लगाइएको छ । यसो गर्दा मानिसको भिड घट्ने आँकलन हो ।

“हामी स्थायी कन्सर्टहरू निषेध गर्दैछौं । लामो दूरीको यात्रा सहित सबै सिनेमाघर, थिएटर, खेलकुद सुविधाहरू र सार्वजनिक यातायातमा खाना र पेय पदार्थको उपभोग निषेध गरिने छ” कास्टेक्सले भनेका छन् ।

कार्यालयको काम घर वा बाहिरैबाट (रिमोट वर्किङ) को प्रयोग अनिवार्य हुने छ । “मेरो मतलब सबै कम्पनीहरूमा र सम्भव भएसम्म सबै कर्मचारीहरूका लागि अनिवार्य हुनेछ” प्रधानमन्त्रीले जोड दिए । हप्तामा संभव भएसम्म चार दिन र नभएमा कम्तिमा तीन दिन घरमै बसेर काम गर्न उनले निर्देशन दिएका छन् ।

जमघटहरू पनि २,००० मानिसहरू घर भित्र (ईन्डोर) र ५,००० सम्म बाहिर (आउटडोर) सीमित गरिएको छ । शहरका केन्द्र, पसल, यातायातहरूमा मास्क लगाउनु अनिवार्य बनेको छ ।

जनवरी ३ मा तोकिए अनुसार विद्यालयहरू वर्षको अन्त्यको बिदाबाट फेरि खुल्नेछन् । अप्रिलमा हुने राष्ट्रपतिको निर्वाचनअघि लोकतान्त्रिक पद्दतीका कारणले राजनीतिक जुलुस, सभालाई नयाँ नियमले असर गर्ने छैन ।

बिरामी र तिनीहरूका सम्पर्ककर्ता वा आफन्तहरूका लागि स्वएकान्तवास (सेल्फ आइसोलेसन) का नयाँ नियमहरू हप्ताको अन्त्यमा पेश गरिने भएको छ । किनभने ओ मिक्रोनको थप जानकारी पाएपछि त्यसैका आधारमा अथप नियमहरु बनाउन सहज हुने प्रधानमन्त्रीको भनाई छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक