शुक्रबार, चैत १६, २०८०

“एनआरएनएको प्रतिनिधि विवादलाई किनारा लगायौं” वार्ता समिति सदस्य, जोशी

नेपालप्लस संवाददाता२०७८ पुष १३ गते २३:४८

गैर आवाशिय संघका विवादहरु हरेक दिन पेचिला बन्दै गइरहेका छन् । घोषित निर्वाचन प्रकृयाहरु रद्द गरिएका छन् । अध्यक्ष कुमार पन्तले चुनावको प्रकृया पुरा गर्ने भन्दा पनि संघलाई एक ढिक्का बनाएर लैजानका लागि हरेक पक्षिय वार्ता र छलफललाई अगाडि बढाइरहेका छन् । अहिले संघका प्राय सबै पदाधिकारी, सल्लाहकार र शुभचिन्तकहरु काठमाडौंमा छन् । हरेक दिनजसो विभिन्न चरणमा छलफल र बैठक चलेका छन् । गौरीराज जोशी आगामी कार्यकालका लागि महासचिवका उम्मेद्वार त हुँदै हुन्, त्यसबाहेक अध्यक्ष कुमार पन्तले एक साता अघि विवादहरुका बारेमा सबै पक्षसँग छलफल गरेर सहमतिको विन्दु पत्ता लगाउन गठन गरेको उच्चस्तरिय समितीका सदस्य पनि हुन् । जोशी पनि अहिले काठमाडौंमै छन् र संघको मुख्यालय र बाहिर हुने सबै खाले बैठकमा सहभागी बनेका छन् । जोशी लगायत माथिल्लो तहका एनआरएनहरु सबैलाई दिनभरी हुने बैठकहरु भ्याइ नभ्याइ छन् । ति बैठकहरुले सकारात्मक प्रतिफल दिने कुरामा उनी ढुक्क छन् । नेपालप्लसले चौबिसै घण्टा चलिरहेका यस्ता बैठकहरुले कस्तो निर्क्योल निकाल्दै छन् भनेर जोशीसँग संपर्क गरेको थियो । उनी दिनभरिका केही बैठक सकेर अर्को बैठकमा जाने तर्खर गर्दै थिए । प्रस्तुत छ वार्तालापको संपादित अंश …….

गौरीजी, आज दिनभरीमा कतिवटा बैठक भ्याउनु भयो ?

खै गन्नै पर्छ । आज बिहान देखि अघी बेलुकासम्म ६ वटा मिटिङ बसियो कि ।

यती धेरै ऐठक के विषयमा भैरहेका छन् ?

सबै बैठक खासगरेर प्रतिनिधि विवादको समस्या कसरी समाधान गर्ने भन्ने बिषयमै केन्द्रित छन् । यसलाई आपसी सहमति मै टुङ्याउँ भनेर नै बिभिन्न कोणबाट छलफल भैरहेको छ ।
भयो त सहमति ?

कतैबाट कसैले तलमाथि गरेन भने यो समस्या आपसै सहमतिमै टुङ्गिएको अवस्था छ ।

कस्तो खालको सहमति भयो ?

यसमा कस्तो भयो भने यो अभियानमा आवद्द भएका र त्यसमा पनि सकृय रुपमा लागेका ब्यक्तिहरु छुटेका छन् भने तिनिहरुको योगदानको आधारमा उहाँहरुलाई समायोजन गरेर अगाडि बढ्ने भन्ने कुराको टुङ्गो लागेको छ ।

भनेपछी अब तपाईंहरुको निर्वाचन हुने सम्भावना भयो ?

चुनाव हुन्छ कि हुँदैन भन्ने कुरा त मैले यसै भन्न सक्दिन । तर प्रतिनिधि विवादलाई चाहिं हामीले किनारा लगायौं ।

अहिलेका तिनवटै पक्षसँग भएको सहमति हो यो ?

हो, तीनवटै पक्षले यतिसम्म भयो भने मान्छौं भनेका छन् । र सबैले यो विषयमा कुनै विवाद गर्दैनौं भनेर सबै पक्ष सहमत हुनुहुन्छ ।

मुख्य विवाद त यहि थियो सबैको, अब सबै समस्या सुल्झिए भन्नु पर्‍यो होइन र ?

विवाद त सुल्झियो भन्दा हुन्छ । तर केही समय अघिदेखि देखिएको वाद विवादले जन्माएको मनमुटावलाई काठमाडौंमैं एउटै टेवलमा बसेर छलफल गर्दा त्यो पनि सुल्झिन्छ भन्ने कुरामा हामी विश्वस्त छौं । हामी सबैलाई अहिले कस्तो लाग्यो भने शुरुमा जुन विवादहरु उठाइएका थिए ति विवाद उनै हुन र उत्रै छन् । तर आपसी मनमुटाव भने चुलिएको छ यो बिचमा । त्यसैले एक ढिक्का बन्नका लागि सबैको मन पखालिन जरुरी छ । हामी त्यसैको प्रयासमा छौं । सबै प्रत्यासीहरुलाई सँगै राखेर ‘फेस टु फेस’ बैठक गर्ने कुरा भएको । त्यसपछी यसले एउटा मोड लिन्छ जस्तो लाग्छ मलाई ।

तपाईंहरुले अहिलेको लागि प्रतिनिधि विवाद मिलायौं भन्नुभयो । फेरी अर्को पटक पनि यो विवाद बल्झिने सम्भावना त उस्तै छ नी ? दिर्घकालिन समाधान के त ?

यसको दिर्घकालिन समाधान भनेको सम्पूर्ण सदस्यले भोटहाल्न पाउने बनाउनु हो । यदि यो प्रतिनिधिको कुरा यस्तै रह्यो भने के हुन्छ भने बुझाउनेले एउटा भनिरहेको हुन्छ, बुझ्नेले अर्कै बुझ्छ । त्यसैले यो जबसम्म सबैले भोटहाल्ने ब्यवस्था हुँदैन तबसम्म यो समस्या समाधान हुँदैन । आगामी दिनमा सबैलाई भोटहाल्न सकिने ब्यवस्था मिलाएर जान सकियो भने यो समस्या सधैंको लागि अन्त्य हुन्छ । अब विधान संशोधन गरेर अगाडि बढ्नु पर्दछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक