शुक्रबार, वैशाख १४, २०८१

अन्तिम क्षणमा धोका दिए एनआरएनए खेलाडीले

एनआरएन भिम उदास२०७८ पुष १४ गते १३:०८

भिम उदास, फोटो-उदासको फेसबूक

गैर आवाशीय नेपाली संघ (एनआरएनए) का संस्थापक महासचिव भिम उदासले आफ्नै बोली र सहमति बिरुद्द अन्तिम अवस्थामा मेडियालाई धोका दिएका छन् ।

एनआरएनएको विवाद समाधान गर्न भन्दै उनले भित्र भित्रै केहि सातादेखि सहमतिको प्रयासका नाममा अनेक खाले तर्क र प्रस्ताव गर्दै आएका थिए । पछिल्लो समयमा उनले विवाद समाधान, महाधिवेशन र निर्वाचनकालागि अन्तरिम समिति भन्दै पाँच सदस्य रहेको अन्तरिम कमिटी प्रस्ताव गरेका थिए । संयोजकका रुपमा उनले इन्द्र वन र सदस्यहरु नरेश कोइराला, कुल चन्द्र गौतम, भिम उदास र राम प्रताप थापाको नाम सिफारिस गरेका थिए ।

भित्र भित्रै छलफल, बहस र प्रस्ताव गरिएको यो कमिटीको समाचार मंगलवार नेपालप्लसले सार्वजनिक गरिदिएको थियो ।

वर्तमान विवादको समाधानकालागि उनले लिएको प्रयासलाई नेपालप्लसले सकारात्मक कदमकारुपमा हेरेको थियो । र यस्तो सकारात्मक पहलमा कुनै कमजोरि भएपनि त्यसलाई सुधार गर्न सकिने र सुधार गरेर अगाडि बढ्नुपर्ने बुझेको थियो ।

महिनौं देखि बल्झिएको विवादको समाधानकालागि लिएको प्रयास कस्तो हो ? यसले कसरि समाधान देला ? यसका न्युनतम आधार र प्रक्रिया केके हुनसक्छन् ? आदि विषयमा आम गैर आवाशीय नेपालीले बुझ्न पाउनुपर्छ । गैर आवाशीय नेपालीकै हित, संस्थाको उन्नतीकालागि भनेर चालिएको कुनैपनि कदमका बारेमा आम गैर आवाशीय नेपालीकामाझ गोप्य रहन मिल्दैन । उनीहरु सुसुचित हुन पाउनु नागरिक अधिकार भएकालेपनि विवाद समाधानकालागि कमिटी प्रस्ताव गर्न प्रमुख भूमिका र रणनिति खेलेका उदाससित अन्तर्वार्ताको प्रयास गरिएको थियो । उनले पटक पटकको सम्पर्कमा सहमति जनाएका थिए ।

उनिसित सहमति भैसकेपछि अन्तर्वार्ताकालागि नेपालप्लसले पोस्टर बनाएर एनआरएनएका सन्जाल, नेपालप्लसको सन्जाल लगायत अन्य सामाजिक सन्जालमा प्रचार गरिसकेको थियो ।

उनले नेपालप्लससितको अनौपचारिक कुराकानीका क्रममा डा हेमराज शर्माले पुष ९ गते लेखेको ‘एनआरएनएमा भागबण्डा र ‘खिलराज रेग्मी’ जन्माउने प्रपञ्च’ शिर्षकको लेखलाई उल्लेख गर्दै नेपालप्लस शर्माको पक्षधर बनेको उल्लेख गरेका थिए । उनले नेपालप्लसलाई डा शर्मा र एनआरएन अध्यक्ष कुमार पन्तको घेराबाट निस्किन भनेका थिए ।

नेपालप्लसले हरेक ब्यक्त्ले आफ्नो द्रिष्टिकोण राख्नुपर्ने, राख्न पाउने पर्ने र त्यसले अन्य पक्षलाई आफ्ना आफ्ना लाईन र बुझाई स्पष्ठ पार्न सहयोग पुग्ने, ब्यक्तिका अभिब्यक्ति तिनका निजि हुने, सबैले यसरि आफ्ना बुझाई र एजेण्डा राखिदिंदा आम एनआरएनएलाई कसका एजेण्डा र प्रयास कस्ता छन् भनेर बुझ्न सहज हुने, त्यसै अनुसार अगाडिको कदम चाल्न सहयोग हुने, नेपाल प्लसमा सबैको बिचार राख्न खुला गरिएकोले जसलेपनि आफ्ना बिचार लेख मार्फत् राख्न स्वागत गरिएको जवाफ दिएको थियो भने आफु कुनै ब्यक्ती वा संघ संस्थाको घेरामा नरहेको स्पस्ट पारेको थियो । त्यसपछि उनले नेपालप्लसको यस्तो तर्कमा कुनै प्रतिक्रिया दिएका थिएनन् । अन्तर्वार्ताकालागि सहमतनै भएका थिए ।

आज अन्तर्वार्ता गर्ने भनिएको बुधवार डिसेम्वर २९ को विहानपनि नेपालप्लससित उनले आधा घण्टा भन्दा लामो अनौपचारिक कुराकानी गरेका थिए । त्यसबेलासम्मपनि उनले अनतर्वार्तामा आ उने निधोनै सुनाएका थिए । तर विहान अकस्मात उनले हाँस्यास्पद तर्क दिएर अन्तर्वार्तामा आ उन नसक्ने खबर पठाए । उनले लेखेको खबर यस्तो छ “हिजो रातिदेखि परेको अविरल वर्षाका कारण घरमा पानी जम्ने समस्या भएको छ । त्यसैले आजको अन्तर्वार्तामा मेरो सहभागीता हुन नसक्ने भएको छ । असुविधाको लागि क्षमाप्रार्थी छु ।”

उनले निकै दिनसम्म गोप्य राखेर भित्र भित्रै सहमतिका नाममा प्रस्ताव गरेको अन्तिम कमिटी यस्तो बेला आएको छ जुन बेला एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो र अध्यक्ष कुमार पन्तले सहमतिकालागि सबै पक्षसित वार्ता गरिरहेका छन् ।
अंगलवारपनि अध्यक्षका तीनै जन अप्रत्यासीका प्रतिनिधि बसेर एन आर एन ए केन्द्रिय कार्यालयमा छलफल गरेका थिए । त्यसपछि संस्थापक अध्यक्ष ड औपेन्द्र महतोसित छलफल गरेका थिए ।

एनआरएनएमा भागबण्डा र ‘खिलराज रेग्मी’ जन्माउने प्रपञ्च

वर्तमान एनआरएनए केन्द्रिय समितिको थपिएको छ महिने कार्यकाल मध्येपनि अझै तिन महिना बाँकि छ । यो समयसिमाभित्रै सबै पक्षसित वार्ता गरेर सहमतिमै महाधिवेशन र निर्वाचन गर्ने प्रयास अनेक कोणबाट गरिरहेका छन् ।

अर्कोतिर अध्यक्ष कुमार पन्तले असहमतिका बुँदाहरु पहिल्याएर सहमति खोज्न उच्च स्तरित समिति बनाएका छन् । सबै पक्षलाई समेटेर बनाइएको उक्त उच्च स्तरिय कमिटीलेपनि ब्यापक छलफल गरिरहेको छ । मंगलवार मात्रै उक्त उच्चस्तरिय विवाद समाधान कमिटीका एक सदस्य गौरीराज जोशीले प्रतिनिधि विवादको समाधान लगभग सहमतिमै टुंग्याएको सार्वजनिक गरिसकेका छन् ।

हो यहि छलफल, बहस र विवाद समाधानको चौतर्फि पहल भैरहेका बेला अकस्मात भिम उअदासले केन्द्रिय समितिसित कुनैपनि सल्लाह नगरि सहमतिकोलागि भन्दै पाँच जनाको अन्तिम नामावलीको पासो फ्याँकेकेका थिए । नेपालप्लसले यिनै विषयमा उदासका तर्कहरु सुन्नुपर्छ र कुनै आरोप लगाउनुभन्दा पहिले उनलाई आफ्नो तर्क सुनाउने अवशर दिनुपर्छ भनेर अन्तर्वार्ताकालागि समय मिलाएको हो ।

को हुन् भिम उदास

उनी एनआरएनएका संस्थापक महासचिव त हुन् नै, नेपाली कांग्रेसका तर्फबाट राजनितिक नियुक्तिमा म्यानमारमा राजदूत बनेका ब्यक्तिपनि हुन् । राजदूत रहँदा उनको एनआरएनएमा कुनै भूमिका थिएन । जब राजदूतको पद सक्कियो त्यसपछि उनी नेपाल फर्किएर फेरि एनआरएनएको अभियान भन्दै भित्र भित्रै सक्रिय बन्न थालेका हुन् ।

एनआरएनएमा संस्थापकहरुको भूमिका निस्पक्ष हुनुपर्छ, कसैको पक्षबिपक्षमा लाग्नुहुन्न, संस्थापकहरु सबै एनआरएनको साझा बन्नुपर्छ भनेर माग उठिरहेको, जनअपेक्षा बिरुद्द उनी अध्यक्षका एक प्रत्यासीको चुनावी मोर्चामा भाषण गर्न गएर आफूलाई एकपक्षिय देखाएका थिए । आफूले कसैको पक्ष लिएर भाषण गर्दै हिंड्दापनि उनी अरुलाई भने निस्पक्षताको पाठ सिकाउँदै हिंड्न भने छोडेका छैनन् ।

संवन्धित समाचार, आलेख

एनआरएनए नेताहरुको काठमाडौंमा जमघट, मंगलवारको छलफलमा के के भयो ?

“एनआरएनएको प्रतिनिधि विवादलाई किनारा लगायौं” वार्ता समिति सदस्य, जोशी

एनआरएनएमा फेरि भागबण्डा : अध्यक्ष र महासचिव बाँडफाँड भन्दै पाँच जनाको कमिटी प्रस्ताव

तपाइँको प्रतिक्रिया