शुक्रबार, चैत १६, २०८०

भागवण्डा समितिमा बस्न गौतमद्वारा अस्विकार

नेपालप्लस संवाददाता२०७८ पुष १४ गते १४:१४

Image Credit-http://kulgautam.org

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न भन्दै प्रस्ताव गरिएको पाँच सदस्यिय अन्तरिम समितिमा बस्न संघका अभियन्ता तथा संयुक्त राष्ट्र संघका पूर्व सहायक महासचिव कुल चन्द्र गौतमले अस्विकार गरेका छन् ।

एनआरएनएको वर्तमान विवाद सुल्झाउन बिभिन्न प्रयास र सबै पक्षको छलफल भैरहेका बेला एनआरएनए संस्थापक महासचिव भिम उअदासले त्यसलाई बेवास्ता गर्दै पाँच सदस्यिय अन्तरिम समितिमा वाग्लेलाईसमेत प्रस्ताव गरेका थिए ।

तर आफूलाई सदस्यमा प्रस्ताव गरेको सार्वजनिक भएकै भोलिपल्ट गौतमले त्यसमा बस्न अस्विकार गर्दै जानकारि गराएका हुन् ।

उनले केहि उच्च स्तरिय अभियन्ताहरुलाई आफूलाई सक्षम र सबल देखेर कमिटीमा प्रस्ताव गरेकोमा धन्यावाद दिंदै भनेका छन् ‘मलाई सक्षम देखेर सिफारिस गर्नुभएकोमा धयावाद र आभार प्रकट गर्दछु । तर मलाई लाग्छ म यो समितिमा बस्न लायक छैन । म भन्दा अन्य सक्षम र हालको विवाद र प्रावधान बुझ्नेहरु बढी सक्षम छन् ।”

गौतमले एनआरएनए एकत्रित, एक ढिक्का भएको, यसको सामाजिक सक्रियता एक भएको देख्न चाहेको बताउँदै आफूले एनआरएनएको हालको विवाद र समस्यालाई गहिरिएर नबुझेकालेपनि आफू यसमा बसेर भूमिका खेल्न सक्षम नहुने जवाफ दिएका छन् ।

गौतमले यस्तो समिति बन्न लागेको आफूलाई पूर्व जानकारि नभएको तर मेडियामा सार्वजनिक भएपछि थाह पाएको उल्लेख गर्दै अभियन्ताहरुलाई ईमेल मार्फत् समितिमा बस्न अस्विकार गरेको जानकारि गराएका हुन् ।

एनआरएनएमा फेरि भागबण्डा : अध्यक्ष र महासचिव बाँडफाँड भन्दै पाँच जनाको कमिटी प्रस्ताव

उनले एनआरएनएका उच्चस्तरिय अभियन्ताहरुलाई पठाएको ईेलमा मंगलवार अन्तरिम समिति पस्ताव गरिएको बारे नेपालपल्सको ‘एनआरएनएमा फेरि भागबण्डा : अध्यक्ष र महासचिव बाँडफाँड भन्दै पाँच जनाको कमिटी प्रस्ताव’शिर्षकको समाचारपनि सँगसँगै पठाएका छन् ।

समिति गठन गर्नु, समितिमा कोहि बिभिन्न पदमा पराजित र वर्षौं एनआरएनए छोडेर लागेकाले अक्रियता देखाएर अन्तरिम समिति बनाउनु, एनआरएनए केन्द्रिय समिति सक्रिय रहँदारहँदै अन्तरिम समिति बनाउनु जस्ता कार्यले समिति प्रस्ताव गर्नासाथ विवादमा परेको भनाई अभियन्ताहरुको छ । गौतमको अस्विक्रितिलेपनि त्यसैलाई संकेत गरेको भनाई तिनको छ ।

संवन्धित समाचार

एनआरएनएमा फेरि भागबण्डा : अध्यक्ष र महासचिव बाँडफाँड भन्दै पाँच जनाको कमिटी प्रस्ताव

तपाइँको प्रतिक्रिया

फेसबुक