शुक्रबार, वैशाख १४, २०८१

फ्रान्समा एकै दिन एक लाख ८० हजार कोरोना संक्रमित, जर्मनीमा ४५ प्रतिशतले वृद्धि 

नेपालप्लस संवाददाता२०७८ पुष १४ गते १९:१३

फ्रान्समा मंगलबार २४ घण्टाको अवधिमा झण्डै एक लाख ८० हजार कोरोनाबाट संक्रमित भएका छन् भने जर्मनेमा मंगलवार कोरोना संक्रमितको संख्या एकैदिन ४५ प्रतिशतले बढेको छ ।

जर्मनीमा ओमिक्रोन भाईरसकै संक्रमणबाट चार जनाको मृत्यु भएको डिडब्ल्यु न्युजले उल्लेख गरेको छ ।

फ्रान्सको स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार मंगलवार कोरोना संक्रमित हुनेको संख्या एक लाख ७९ हजार आठ सय सात पुगेको छ । यो महामारी सुरु भएदेखि अहिलेसम्मकै उच्च संख्या हो ।

यसअघि शनिबार फ्रान्समा एक लाख चार हजार छ सय ११ जना संक्रमित भएका थिए ।

बढ्दो संक्रमणको संख्यालाई नियन्त्रण गर्न प्रधानमन्त्री जेन कास्टेक्सले कम्पनीहरूलाई आफ्ना कर्मचारीहरूलाई हप्तामा कम्तिमा तीन दिन घरबाट काम लगाउन आदेश दिएका छन् ।

जर्मन स्वास्थ्य अधिकारीहरूले मंगलबार जर्मनीमा ओमिक्रोन भेरियन्टको थप तिन हजार दुई सय १८ जनामा फेला पारेका छन् जुन एकै दिनमा ४५ प्रतिशतले व्रिद्दि भएको हो ।

संक्रामक रोगहरूको लागि रोबर्ट कोच इन्स्टिच्युटले ओमिक्रोन भेरियन्टको कुल १० हजार चार सय ४२ घटना पत्ता लगाएको घोषणा गरेको छ । ओमिक्रोन छिट्टैनै कोरोनाको प्रमुख संस्करण बन्न सक्ने उल्लेख गरेको छ ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मानीले यस अघिनै नाइटक्लबहरू बन्द गर्नुको साथै खेलकुद प्रतियोगिताहरु दर्शकबिनानै खेल्नुपर्ने घोषणा गरिसकेको छ ।

अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्टले गर्दा नेदरल्याण्ड्स र स्विट्जरल्याण्ड दुबैले मंगलबार आफ्नो देशको प्रमुख तनाव भएको बताएका छन् ।

फ्रान्स, ग्रीस र पोर्चुगल लगायतका धेरै ईयु मुलुकमा मंगलबार दैनिक संक्रामक संख्या बढेको मेडियाहरुले उल्लेख गरेका छन् ।

फिनल्याण्डले मंगलबार खोप नभएका विदेशी यात्रुहरूलाई आफ्नो देशमा प्रवेश गर्नबाट प्रतिबन्ध लगाउने घोषणा गरेको छ । आफ्नो देशका बासिन्दा, जरुरी पेशाका कामदार वा कूटनीतिज्ञहरूलाई मात्र छुट दिइने बताएका छन् ।

स्वीडेनले मंगलबारदेखि आफ्नो देशमा प्रवेश गर्नेहरुलाई खोप लगाएको भएपनि कोरोना भाईर परिक्षणको नकारात्मक प्रमाण देखाउनुपर्ने नियम बनाएको छ । डेनमार्कले यहि नियम केहि दिन अघिदेखिनै लागु गरिसकेको छ ।

जर्मनीमा निजी भेलापनि जम्मा १० जनामा सिमित गरिएको छ र तिनले खोप लगाएको हुनुपर्छ । खोप नलगाएको अवस्थामा जम्मा दुई घरका परिवार मात्रै जम्मा हुनसक्छन् ।

बेल्जियममा पनि प्रधानमन्त्री अलेक्जेन्डर डे क्रोले नाईटक्लव, सांस्क्रितिक कार्यक्रम र थिएटर लगायतका मनोरन्जनस्थलहरु बन्दको घोषणा गरेका थिए । तर बेल्जियमको अदालतले मनोरञ्जन स्थलहरू बन्द गर्ने आदेशलाई निलम्बन गरेर थप प्रतिबन्धहरू लागू गर्ने प्रधानमन्त्री अलेक्ज्याण्डर डे क्रोको योजनालाई विफल पारिदिएको युरोन्युजले उल्लेख गरेको छ ।

यसैबिच गत शुक्रवार देखि हालसम्म कोरोना संक्राणकै कारण ११ हजार पाँच सय अन्तर्राष्ट्रिय उडानहरु रद्द गरिएको र दशौं हजार उडान ढिलाई गरिएको फ्रान्सेली मेडियाले उल्लेख गरेका छन् ।

धेरै एयरलाइन्सहरूले ओमिक्रोन संक्रमण ब्यापक रुपमा बढेकाले उडान रद्द हुनुमा  कर्मचारी अभावलाई दोष दिएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक