शुक्रबार, वैशाख ७, २०८१

फ्रान्समा कोरोनाको ‘ज्वारभाटा लहर’: २४ घण्टामा दुई लाख भन्दा बढी संक्रमित

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष १४ गते २०:१०

फ्रान्समा नयाँ संक्रमणको संख्या पछिल्लो २४ घण्टामा दुई लाख नाघेको छ ।
स्वास्थ्य मन्त्री ओलिभिय भेरँले बुधवार संसदीय सुनुवाइका क्रममा पछिल्लो २४ घण्टामा दुई लाख आठ हजार मानिस कोरोना संक्रमित भएको बताएका छन् ।

“ओमिक्रोनको कुरा गर्दा म यसलाई लहरको रूपमा वर्णन गर्दिन” भेरानले डेल्टा भेरियन्टसँगै देशले सामना गरिरहेको अर्को ओमिक्रोनको वर्णन गर्दै भने “हाम्रो देशमा पछिल्ला केही दिनहरूमा हामीले रेकर्ड गरिरहेका तथ्याङ्कहरूलाई ध्यानमा राखेर हेर्दा म अहिले बढेको संक्रमणलाई ज्वारभाटाको छालको रुपमा हेर्छु ।”

मन्त्रीले जनसंख्याको १० प्रतिशत संक्रमण सम्पर्कबाट भएको बताएका छन् । खोप नगरिएकाहरू सबैभन्दा खराब स्थितिबाट उम्कने सम्भावना कम भएको उनले बताए ।

मंगलबार दैनिक एक लाख ७९ हजार आठ सय सात जनामा संक्रमण रिपोर्ट गरिएको थियो । फ्रान्सले २५ डिसेम्बरमा एक लाख दैनिक संक्रमितको थ्रेसहोल्ड पार गरेको थियो ।

यसअघि बुधबार सरकारले भाइरसको फैलावट रोक्न भर्खरै बन्द गरिएका नाइटक्लबहरू जनवरीमा थप तीन हप्ताका लागि बन्द रहने घोषणा गरेको थियो ।

ओमिक्रोनको फैलावटसँगै फ्रान्समा कोरोना सकारात्मक हुनेहरूको संख्या अझै बढ्ने अनुमान गरिएको छ । विशेष गरी वृद्ध व्यक्तिहरूमा संक्रमणको गम्भीरताको बारेमा धेरै अनिश्चिता छन् ।

फ्रान्सेली स्वास्थ्य सेवाको तथ्याङ्क अनुसार मंगलबार १७ हजार चार सय पाँच जना कोरोनाका विरामी अस्पतालमा भर्ना भएका छन् । ति मध्ये तिन हजार चार सय १६ जना सघन उपचारमा थिए । तर गत वसन्तदेखि यस्तो संख्या देखिएको थिएन र हाल बढेको अधिकारीहरुको भनाई छ ।

फ्रान्समा कोरोनाको बूस्टर अभियानलाई तिव्रता दिईएको छ । हरेक दिन सयौं हजार मानिसहरूले खोपको तेस्रो डोज प्राप्त गरिरहेका छन् ।

तर १२ वर्षभन्दा माथिका झन्डै ९० प्रतिशत मानिसहरूले दुईवटा डोज लिएतापनि कुनै पनि डोज नलगाएका मानिसहरूको संख्या ५० लाखभन्दा बढी छ ।

डिसेम्बर १२ को आधिकारिक तथ्याङ्कले सघन उपचार कक्षमा खोप नलगाएका बिरामीहरूको अनुपात खोप लगाइएका बिरामीहरूको तुलनामा धेरै गुणा बढी रहेको देखाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक