शुक्रबार, असोज २१, २०७९

त्यसपछि राजा विरेन्द्र रिसले चुर भए

कूटनितिज्ञ फ्रँसिस द नोइयल२०७८ पुष १५ गते १५:०६

नेपालले शान्तिक्षेत्र घोषणाकालागि गरेको प्रस्ताबको झन छुट्टै कहानी छ । त्यो संभवपनि थियो । नेपालका छिमेकि देशहरु भूटान, सिक्कीम सबैबाट समर्थन पाएको भए । नेपालले आफ्नो फिडेल क्यास्ट्रो जस्ता कम्युनिष्ट अतिबादसँगको संबन्ध नतोडिकन शान्तिक्षेत्र घोषित मुलुक बन्न चाहेको थियो । त्यो त संभव थिएन । नेपाललाइ शान्ति क्षेत्र बनाउन चाहने तर तटस्थ रहन नचाहने ।

हाम्रो राष्ट्रपतिले सरकारि भ्रमण गर्दा मैले भाषण तयार गर्नुपर्‍यो । अतिवादलाई साथैमा राखेर नेपाललाई शान्तिक्षेत्र घोषणा गर्न न्यायिक रुपमा संभव थिएन । तर हामीले ‘त्यो प्रस्ताब एकदम राम्रो हो’ भनिदियौं । राष्ट्रपति फ्रंस्वा मितेराँ चानचुने थिएनन् । उनी त निपुँण खेलाडी थिए । मितेराँलाई तरिका बतायौं । उनले ‘त्यो चाखलाग्दो प्रस्ताब हो’ भने । उनले त्यति त भने तर केहिपनि गरेनन् । राजा विरेन्द्र त रिसले आगो भए । त्यसपछि राजाले उनलाई पोखरा घुमाउन लगे । ‘फ्रान्सले नेपाललाई शान्तिक्षेत्रमा हस्ताक्षर गर्नुपर्छ’ भनेछन् मितेराँसित फेरि । त्यो स्वाँठ कुरो भने थिएन ।

नेपाललाई शान्तिक्षेत्र घोषणा गर्नु अन्तर्राष्ट्रिय कानुन अनुसार सर्कसमा खेल देखाए जस्तै थियो । भारतिय सैनिकले हामीलाई सुरक्षा दिनुपर्दैन भन्ने नेपालको सोच थियो । ‘हाम्रोलागि त्यो एकदम महत्वपूर्ण हो’ भने राजाले । एक्लै विकास गर्न, रहन नेपाल सक्षम थियो । तर त्यो सर्कस देखाउने मानिस सर्कस सकिएपछिपनि एक्लै हिँड्न सक्षम हुनुपर्‍यो नी ! नेपालीहरुले सधैं ‘हामी भारतवेष्ठित’ भनिरहन्थे । तरपनि एउटा असल हितैषीका नाताले फर्किने बेलामा राजालाई मैले ‘भारतियहरु मूर्ख छैनन्, धेरै बिजुली दिनुहुन्न है, तिनले कौडीको दाममा लिन खोज्छन्’ भनेको थिएँ ।

कूटनीतिक पदमा रहनु भनेको कस्तो भने हामी कठिन काममा ब्यवहार गर्छौं । मानिस जो हाम्रा कुरा स्विकार गर्दैनन् ति दुबै पक्षले मित्रवत ब्यवहार गरेको बेला सजिलो हुन्छ । तपाईले कठिन काम गर्ने बेलामा भद्रता र सैयमतापूर्वक गर्न सक्नुपर्छ ।

तुलनात्मकरुपमा कम खराब तरिकाले जति संभव हुन्छ त्यति गर्नुपर्छ । नत्र तपाईहरुले वादविवाद गर्न थाल्नुभयो भने चल्दैन । त्यहि भएर यो काममा निश्चित सैयमता र बुझक्कड हुन्छ । रसिलो भएर मुसुक्क मुस्काउँदै प्रस्तुत हुनुपर्ने काम । हाम्रो देशमा त्यस्तो कथा, ईतिहास, घटनाहरु खुब राम्ररि भन्न सक्ने मानिस छन् ति लेखक नभएपनि । राम्रा लेखकपनि छन् यो पेशाबारे लेख्ने ।

भारतियपनि रिसले आगो

दुई महिनापछि हामीलाई राष्ट्रपतिको विज्ञप्ति आयो टेलीग्राफ मार्फत । त्यसमा ‘फ्रान्सले नेपाललाई शन्तिक्षेत्रको प्रस्ताबमा सहमति जनाउँछ’ भनेर लेखिएको थियो । त्यो थाह पाएपछि त भारतीयहरु रिसले आगो भइहालेनी !

त्यतिबेला भारतलाई हाम्रो क्यानोन १५५ हतियार बिक्रि गर्न छलफल चलिरहेको थियो । अहिले पो त्यो शास्त्रीय जस्तो भयो त । त्यतिबेला त त्यो एकदम नयाँ र आधुनिक थियो । भारतीयहरुले त्यसपछि के मान्थे । किन्नै चाहेनन् । नेपालले क्यानोन १५५ को हतियार बिक्रि गर्न पाउने बजारको मुल्य चुकाइदियो । कूटनीतिले कसरि काम गर्दो रहेछ देखियो ।

त्यो बेला उनीहरुलेपनि हामीलाई शल्यक्रिया गरे । त्यति बेला त्यो क्यानोन-१५५ हाम्रो पछिल्लो उत्पादन थियो । अलि ठूलैपनि हो १५५ मिलीमिटर भनेको । अरु देशकालागि पनि हामी अगाडिनै थियौं । सैन्य हिसाबले शक्तिशाली मुलुक भएकालेपनि भारतलाई सबैभन्दा आधुनिक हतियार चाहियो । कम्तिमापनि पाकिस्तानको भन्दा त आधुनिक चाहियो । नेपाललाई शान्तिक्षेत्रमा समर्थन गरेपछि त्यसको बिरुद्दमा गए भारतियहरु । किनभने दौडिरहेको गाडीमा ट्वाक्क ब्रेक लगाएजस्तो भयो भारतको लागि फ्रान्सले नेपाललाई गरेको समर्थन । नेपालको भूगोलमा नैतिक प्रभूत्व भएको जस्तो देखिन्थ्यो भारतको ।

नेपाल फिडेल क्यास्ट्रोतिर ढल्किन चाहने । अलि बढि वामखेमातिर । त्यतिबेला नेपालको ख्याति अलिकति निरंकुश प्रभुत्वको थियो । त्यसैले शान्ति क्षेत्रको प्रस्ताब गरेपनि सजिलो थिएन । शान्ति क्षेत्र त होला तर अस्थायी । ति सबै मिश्रण सहज थिएनन् ।

नेपाल संचार संपर्कबिनानै केहि शताब्दि टिक्यो । रेडियो, टिभी, टेलिफोन आउनु अगाडि नेपालको बाहिरि सम्पर्क नै थिएन । पैदलमा हिँड्ने र डोके जिवन थियो । अलिकति धनी मानिसकालागि घोडा । गरिब नेपालीहरुलाई ‘हामी एकदम गरिब छौं’ भन्ने नै थाह थिएन । किनकि बाहिर के भएको छ पत्तो नै पाएका थिएनन् उनीहरुले ।

तपाई एउटा होटेलमा हुनुहुन्छ । हिमाल र मानिसहरु हँसिला र रसिला छन् सदाबहार । होटेलमा गोरासाप बसेका छन् । होटेलमा नेपालीले एक वर्षमा कमाउने बराबरको २४ घण्टामै गोराले खर्च गरेको तिनले देख्छन् । त्यो ठाउँमा राख्नुस त आफूलाई । उनीहरुले थाह पाउँछन कि त्यो सामान्य कुरा होइन । एक दिन त्यो बिष्फोट हुन्छ । अहिले टेलीफोन, रेडियो र टिभी भएर धनीलाई देखेपछि ‘ए हामी त गरिब पो रहेछौं’ भनेर थाह पाए । संचारले सबै कुरा परिवर्तन गरिदिन्छ । जनताले थाह नपाउनु शान्तिको श्रोत थियो शुरुमा ।

त्रिभुवनको पहिलो क्रान्ति १९५०, १९५१ को जाडोयाममा भएको हो, बाहिरि जगतमा नेपाल खुला भएपछि । त्यो प्रजातान्त्रिक आन्दोलनमै थियो । मोहन शमशेरको तानाशाही बिरुद्दको । त्यतिबेला राजा हटाउनु अनुपयोगि थियो । त्यहि भएर हामीले राजा रुचायौं ।

(यो लेख ददि सापकोटाद्वारा लिखित किताब ‘त्यो नेपाल’ को एक अंश हो । किताबमा २९ जना फ्रान्सेलीको नेपाल संवन्धि बसाई, अनुभव, राजपरिवारका शिक्षक, विरेन्द्रका साथी, नेपालको पर्यटन क्षेत्रको पहिलो खाका कोर्ने फ्रान्सेली पत्नी, विश्वमै पहिलो पटक ८००० मिइटर अग्लो हिमाल नेपालको ‘अन्नपूर्ण पहिलो’ चढेर विश्व चकित पार्ने मोरिस हेर्जोग, राजा विरेन्द्रका हेलिकप्टर पाईलट, काराभान फिल्म निर्माता एरिक भाली लगायतका विशिष्ठ फ्रान्सेलीको नेपाल अनुभव छ । यि त्यस्ता फ्रान्सेली हुन् जसले नेपाललाई कर्मथलो बनाए । ‘त्यो नेपाल’ का केहि प्रति फाईनप्रिन्ट प्रकाशनबाट किन्न सकिन्छ ।)

फाईनप्रिन्ट
विशालवस्ति क,घर नंवर ६९, विशालनगर, काठाअडौं। फोन +९७७ १-४४४३२६३

तपाइँको प्रतिक्रिया

फेसबुक