शुक्रबार, वैशाख १४, २०८१

कोरोना महामारी : पेरिस नजिकका अस्पतालमा कर्मचारी अभाव

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष १५ गते १७:५०

पेरिस नजिकैको एउटा अस्पताल आएका ९० प्रतिशत विरामीले कोरोना बिरुद्दको खोप लगाएका छैनन् । डाक्टर र कर्मचारी बिरामीहरूको उपचार गर्ने क्षमताको बारेमा चिन्तित छन् । किनकि बुधवार एकैदिन फ्रान्समा दुई लाख आठ हजार कोरोनाका संक्रमित रेकर्ड भएको छ जुन महामारी सुरु भएदेखि देशको सबैभन्दा उच्च दैनिक संख्या हो ।

“अहिले इल-द-फ्रान्स क्षेत्रमा २० प्रतिशत सघन उपचार बेडहरू छन् जुन कर्मचारीको अभावका कारण बन्द छन्” अस्पतालका उपनिर्देशक योहान मोरियरले भनेका छन् ।

स्वास्थ्यकर्मीहरूका लागि खोप लगाउनैपर्ने आदेश छ । लगाएका छन् । तर ओमिक्रोन भेरियन्टबाट ति प्रभावित भएकाले धेरै स्वास्थ्यकर्मीलाई बिदामा राखिएको छ । उनले खोप अस्विकार गरेकाले जागिर छोडेका वा बेतलबी बिदामा राखिएका थकित हेरचाहकर्ताहरू समेत भएकाले स्वास्थ्यकर्मीको अभाव भएको बताए ।

फ्रान्समा कोरोना भाइरसका कारण दैनिक अस्पताल भर्ना हुने औसतमा एक दिनमा १,००० जना भन्दा माथि छ । अप्रिल २०२० मा कोरोनाको पहिलो छालमा ३,५०० जना थिए । गत वर्ष नोभेम्बरमा दोस्रो छालका क्रममा झण्डै ३,००० भन्दा तल थियो ।

अस्पताल भर्ना हुनेको संख्या कम भएपनि संक्रमित संख्यामा भएको ब्यापक बृद्धिले खतरा पैदा गरिरहेको छ ।

फ्रेन्च फेडरेसन अफ हस्पिटलले मंगलबार भनेको छ “सार्वजनिक अस्पतालहरूलाई जोगाउन थप उपायहरू आवश्यक छ ताकि स्वास्थ्य सेवाहरू र आपतकालीन वार्डहरूलाई धान्नै नसक्ने अवस्था हुनबाट जोगाउन सकियोस । त्यसो गरे मात्रै अनिवार्य रूपमा थप अपरेशनहरू रद्द गर्नबाट जोगाउन सकिने छ “।

धेरै अस्पतालहरूका अत्यावस्यक वा आपतकालिन अवस्था नभएका अपरेसनहरु रद्द गर्ने वा मिति पर सार्ने भैसकेको छ । विशेष गरी फ्रान्सको ‘हटस्पट’ क्षेत्र भनेर तोकिएका क्षेत्रहरू र दक्षिणी भूमध्यसागरीय तटमा कोरोना संक्रमित विरामी भर्नामा भएको बृद्धिले पहिले नै गैर-अत्यावस्यक अपरेसनहरू रद्द गरिसकेका छन् । ति मध्ये धेरैजसो खोप नलगाएका व्यक्तिहरू हुन् ।

फ्रान्स विश्वको सबैभन्दा उच्च खोप दरहरू भएका देश मध्ये एक भएपनि खोप लगाउन योग्य जनसंख्याको ९० प्रतिशतले एक डोज लगाएका छन् । र पनि फ्रान्सेली स्वास्थ्य मन्त्री ओलिभियर भेरानले अझै पनि ५० लाख खोप नभएका व्यक्तिहरू बुस्टर डोज लिन उमेरका रहेको बताएका छन् ।

सरकारले बुधबारदेखि संसदमा छलफल हुने नयाँ कानूनमा आफ्नो रणनीति बनाउँदैछ जसमा नागरिकहरूले रेस्टुरेन्ट, सिनेमा हल, संग्रहालय र अन्य सार्वजनिक स्थलहरूमा प्रवेश गर्न खोपको प्रमाण देखाउनुपर्ने छ ।

नयाँ “भ्याक्सिन पास” प्रणालीले अघिल्लो “स्वास्थ्य पास” लाई प्रतिस्थापन गर्नेछ जुन खोप नलगाएको वा लगाउन नपाएको अवस्थामा भर्खरको नकारात्मक परीक्षण प्रमाणपत्र प्रदान गरेर प्राप्त गर्न सकिन्छ ।

राष्ट्रपति एमानुएल माख्रोंले खोप नगरिएकामा प्रतिबन्ध लगाउने वाचा गरेका छन् । तर बुस्टर ज्याब्स अनिवार्य बनाउनबाट भने रोकेका छन् ।

तपाइँको प्रतिक्रिया