शुक्रबार, चैत १६, २०८०

युरोपेली युनियनको आगामी अध्यक्षमा फ्रान्सले प्रतिस्पर्धा गर्ने

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष १५ गते १९:३६

Image credit-wikimedia.org

आगामी युरोपेली युनियन (इयू) को अध्यक्षताका लागि फ्रान्सले प्रतिस्पर्धा गर्ने भएको छ।

जनवरी १ बाट इयुको अध्यक्ष आलोपालो (रोटेसन) मा बदलिंदै छ ।

यो फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंको लागि महत्वपूर्ण, चुनौतिपूर्ण र अवशरका रुपमा आएको छ । उनको लागि यो महत्वपूर्ण अवधिको समयपनि हो । किनभने अप्रिलमा हुने राष्ट्रपतीय निर्वाचनमा उनी पुन: उमेदवार बन्ने अपेक्षा गरिएको छ ।

यदि अहिले फ्रान्स अध्यक्षमा चुनिएमा यसले फ्रान्सका राष्ट्रपती माख्रोंलाई सफलताको एक सिंढी उक्लिएको रुपमा हेरिने छ । कोरोना महामारीका बेला ईयुको नेत्रित्व सम्हाल्दा अर्को जस लिने अवशरपनि मिल्ने छ । त्यसले उनलाई आगामी निर्वाचनमा चुनावी मुद्दा बनाउनपनि सहयोग पुग्ने छ ।

“यदि मैले एक वाक्यमा ईयुको अध्यक्षताको लक्ष्यबारे भन्नुपर्‍यो भने १ जनवरी देखि जुन ३० सम्म चल्ने यो पदबारे म भन्न चाहन्छु, हामीले हाम्रो सिमाना भित्र सहयोगी युरोपेली भावनाबाट शक्तिशाली युरोप एक बनेर विश्वतर्फ जानुपर्छ । पूर्ण रूपमा सार्वभौम, आफ्नो छनौटकालागि स्वतन्त्र, आफ्नै घेराबाट मुक्त र आफ्नो भाग्यको मालिक” माख्रोंले फ्रान्सको योजनाहरू प्रस्तुत गर्दै भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक