शुक्रबार, वैशाख ७, २०८१

अस्ट्रियाका पूर्व चान्सलरले अमेरिकी कम्पनीमा काम गर्ने

नेपालप्लस संवाददाता२०७८ पुष १५ गते २१:१३

Image-wikipedia.com

अस्ट्रियाका पूर्व चान्सलर सेबास्टियन कुर्जले अमेरिकी कम्पनीमा काम गर्ने भएका छन् ।

कुर्जले ‘यूएस थिएल क्यापिटल’ कम्पनीको लागि काम गर्ने तयारीमा रहेको स्थानीय मिडियाले उल्लेख गरेका हुन् ।

कुर्जले काम गर्ने तयारि गरेको अमेरिकी लगानीको कम्पनी थिएल क्यापिटल विवादास्पद रहेको मेडियाहरुले उल्लेख गरेका छन् । उनले अर्को वर्षदेखि विश्वव्यापी रणनीतिकारको रूपमा काम गर्ने अस्ट्रियाली मिडिया आउटलेटहरूले सार्वजनिक गरेको युरोन्युजले बिहीवार उल्लेख गरेको छ ।

यो क्यालिफोर्नियामा रहेको कम्पनी जर्मनीमा जन्मेका पिटर थियलले स्थापना गरेका हुन् । एक अरबपतिपूँजीपति थियलको लामो समयदेखि कुर्जसँग चिनजान थियो ।

थियल पहिले पेपालको स्थापनामा संलग्न थिए । पेपाल यस्तो कम्पनी हो जसले इन्टरनेटमा भुक्तानी सेवाहरू प्रदान गर्दछ ।

अमेरिकी-जर्मन अरबपति थियल राजनीतिक रूपमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिक छन् र ट्रम्प कार्यालयमा हुँदा सल्लाहकारको रूपमापनि काम गरेका थिए ।

अक्टोबरको सुरुमा भ्रष्टाचारको आरोप लागेपछि कुर्जले अस्ट्रियाको चान्सलर पदबाट राजीनामा दिएका थिए । उनले आफ्नो परिवारमा ध्यान केन्द्रित गर्ने भन्दै रूढिवादी मानिने ‘अस्ट्रियन पिपुल्स पार्टी’ को अध्यक्षको रूपमा यस महिनाको सुरुबाट राजिनामा दिएर बसेका थिए । त्यसपछि राजनितिमा संलग्न नहुने बताएका थिए ।

३५ वर्षीय नेता कुर्ज १० व्यक्ति मध्ये एक हुन् जसलाई विश्वास भंग गरेको, भ्रष्टाचार र घूसखोरीको विभिन्न आशंका गरिएको छ । अभियोजकहरूले उनलाई पार्टीको नेता र त्यसपछि सन् २०१७ मा चान्सलर बन्न सार्वजनिक कोष दुरुपयोग गरेको आरोप लगाएका छन् । उनले ति कोष गोप्य रूपमा चुनावमा हेरफेर गर्न प्रयोग गरेको आरोप लगाएका छन् ।

तर उनले आफूमाथिका सबै आरोप गलत भएको भन्दै अस्विकार गर्दै आएका छन् ।

उनको नयाँ जागिर अमेरिकाको सान फ्रान्सिस्कोमा हुने छ । तर परिवार युरोपमै भएकाले अमेरिका र युरोप आवतजावत गरिरहने मेडियाको रिपोर्टमा छ ।

मेडिया रिपोर्टहरूका अनुसार पूर्व अस्ट्रियाली चान्सलर कुर्जको आफ्नो जिवनसाथी (पार्टनर) सुसेन थियरसँग अष्ट्रियाको मेडलिङ जिल्लामा एउटा फ्ल्याट छ । उनीहरूबाट नोभेम्बरको अन्त्यमा एक छोरा जन्मिएको थियो ।

संवन्धित समाचार

भ्रष्टाचार काण्डपछि अस्ट्रियामा नयाँ चान्सलरले खाए सपथ

भ्रष्टाचारको आरोप लागेपछि अस्ट्रियाका चान्सलरद्वारा राजीनामा दिने घोषणा

अस्ट्रियाका चान्सलरमाथि घुस लिएको आशंकामा अनुसन्धान शुरु

तपाइँको प्रतिक्रिया

फेसबुक