शनिबार, वैशाख ८, २०८१

युद्दकालको झल्को दिनेगरि बेलायतद्वारा अस्थायी अस्पताल निर्माण

नेपालप्लस संवाददाता / बेलायत२०७८ पुष १६ गते १७:३४

Image Credit-bdp.com

बेलायतले बढ्दो कोरोना भाइरसका विरामीहरुलाई उपचार गर्नकोलागि धमाधम अस्थायी अस्पतालहरू निर्माण गरिरहेको छ ।

बेलायतले यस हप्तादेखि लन्डन, ब्रिस्टल र लीड्स लगायतको शहरहरूमा रहेका आठ अस्पतालमा संरचनाहरु थपेर अतिरिक्त बेडहरू उपलब्ध गराउने बताएको छ । प्रत्येकमा १०० अतिरिक्त बिरामीहरू राख्न मिल्नेगरि डिजाइन गरिएको छ ।

कोरोना भाईरसका विरामीहरु अत्यधिकरुपमा बढेपछि स्वास्थ्यकर्मीहरुले अस्पतालमा कोरोना विरामीको उपचारका अलगि पर्याप्त स्थान नहुने चेतावनी दिंदै आएका थिए । त्यसपछि अस्थायी अस्पतालहरु बनाउन लागिएको हो ।

कोरोना संक्रमित खोप नलगाएकाहरुमा अत्यधिक बढेपछि प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार पूर्ण रूपमा खोप नभएकाहरूलाई कडा चेतावनी दिएका छन् ।

बेलायती स्वास्थ्य अधिअकारीहरुका अनुसार बढ्दो संक्राणले बेलायतमा विरामीको चापले युद्दकालको झल्को दिन लागेको छ । कोरोनाको बढ्दो चाप र ठण्डीका कारण हुने अन्य विरामीले गर्दा बेलायतका अस्पतालहरुले दबाबको सामना गरिरहेका छन् ।

अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्टले स्वास्थ्य सेवालाइ त्रासमा पारेको छ । ओमिक्रोनका संक्रमितहरुको संख्या खुम्चिएको बेलुन फुलेजस्तै भएको छ । बिहीवार एकै दिनमा बेलायतमा कोरोना संक्रमितको संख्या एक लाख ८९ हजार भएको छ ।

बूस्टर डोजको सफलतामा जोड दिँदै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सबैलाई पूर्ण खोप लगाउन आग्रह गरेका छन् । “म सबैसित सीधा कुरा गर्न चाहन्छु जसले अझै पूर्ण रूपमा खोप लगाएएका छैनन् । रोग लाग्दैन भन्ने सोच्ने मानिसहरूले बुझ्नुपर्छ कि रोगले यो र त्यो भन्दैन ।”

“अहिले अस्पतालमा जाने मानिसहरूलाई हेर्नुहोस्, त्यो तपाईं पनि हुन सक्नुहुन्छ । अस्पताल जाने अर्को विरामी तपाई आफैंपनि बन्नसक्नुहुन्छ । सघन हेरचाह इकाईहरूका विरामी र बूस्टर नपाएकाहरूको दुःख, अनावश्यक पीडा हेर्नुहोस्, त्यो तपाईं हुन सक्नुहुन्छ “उनले बिहिवार मेडियाहरुलाई भने ।

एएफपीका अनुसार दक्षिण लन्डनको टुटिङको सेन्ट जर्ज अस्पताल बाहिर कामदारहरूले नयाँ इकाईको छत हाल्न पहिले नै धातुको फ्रेमवर्क राखेका थिए ।

“कोविड-१९ संक्रमणको उच्च स्तर र बढ्दो अस्पताल भर्नालाई ध्यानमा राख्दै, नेशनल हेल्थ सर्भिसले हाल युद्धस्तरमा काम गरिरहेको छ” राष्ट्रिय चिकित्सा निर्देशक स्टीफन पोविसले भनेका छन् । तर उनले यि अस्थायीरुपमा थपिएका बेडहरु प्रयोग गर्ने अवस्था न आ उने आशा गरेका छन् ।

विरामी भएर उपचार गरिसकेपछि निको हुनकालागि आराम गर्नुपर्ने विरामीकालागि ति बेडहरु प्रयोग गरिने छ । र तिनका ठाउँमा नयाँ विरामीहरुलाई राखिने छ । छिमेकी अस्पतालमा ठाउँ नपाउनेकालागिसमेत ति बेडहरु तयारि अवस्थामा रखिने छ ।

बेलायत युरोपको सबैभन्दा बढी कोरोना प्रभावित देशहरू मध्ये एक भएको छ जहाँ एक लाख ४८ हजार भन्दा बढीको मृत्यु भएको छ ।

सरकारले भाइरसको पहिलो लहरको समयमा ठूला प्रदर्शनी केन्द्रहरू जस्ता स्थानहरूमा “नाइटिंगेल” फिल्ड अस्पतालहरू खोलेको थियो । ‘बत्ती लिएकि केटी’ भनेर समेत चिनिने नर्सिङ क्षेत्रकि नक्षत्र फ्लोरेन्स नाइटिंगेलको नाममा राखिएका सुविधाहरू व्यापक रूपमा प्रयोग गरिएको थिएन । किनकि तो भवनहरु विशाल भएकाले तिनमा कर्मचारीहरूको समस्या थियो ।

यस पटक जिम वा शिक्षा केन्द्रलाईसमेत अस्पताल बनाउने योजना छ । तिनको भवनमा अस्पतालका सुविधाहरू थपेर करिब चार हजार “सुपर-सर्ज बेड” उपलब्ध गराउने योजना बनाएको छ ।

चिकित्सकहरूले भाइरस संक्रमण बढ्दै जाँदा बिरामी बढ्ने वा स्वएकान्तवासमा बस्ने (सेल्फ आ ईसोलेसन) बस्ने हुनाले कर्मचारीको अभाव बढ्दै गएको चेतावनी दिएका छन् ।

चाडपर्वको बेला भाईरस फैलावट रोक्न अतिरिक्त नियम, प्रतिबन्ध नलगाउने युके राष्ट्रहरूमा बेलायत अपवाद हो किनकि वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्यान्डले कति व्यक्तिहरू भेट्न, जमघट हुन पाउँछन् भन्ने सिमा तोकेका छन् । सामाजिक दूरी कायम गर्नुपर्ने बनाएका छन् । नाईटक्लब र सिनेमाहरु बन्द गराएका छन् ।

जोनसनले मानिसहरूलाई नयाँ वर्षको कार्यक्रम रमाइलो र भोजहरूमा भाग लिनु अघि कोरोना परीक्षण गर्न र समझदार हुन आग्रह गरेका छन् ।

कोरोना परिक्षण गर्दा सकारात्मक भएका र सेल्फ आ इसोलेसनमा बस्ने मानिसहरुको अत्यधिक संख्याले गर्दा बेलायतमा यातायात क्षेत्रलाईसमेत प्रभाव पार्न लागेको छ । किनभने धेरै कर्मचारी बिरामी परेका छन् ।

दक्षिणी रेल कम्पनीले बिहिवार कोरोना भाइरस ब्यापक बढेको र कर्मचारी बिरामी परेकोले जनवरी १० सम्म बेलायतको सबैभन्दा व्यस्त लन्डनको भिक्टोरिया स्टेशनबाट रेलहरू नचलाउने घोषणा गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक