बुधबार, वैशाख १२, २०८१

माओवादीमा प्रचण्ड युगको समाप्ति !

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ पुष १६ गते १८:३१

नेकपा माओवादीका अध्यक्ष प्रचन्ड पहिलो पटक काठमाडौंमा प्रकट हुँदा उनको रवाफ छुट्टै थियो । देशभरीबाट करोडौं आँखा बालुवाटारमा केन्द्रित थिए । कतिलाई प्रचन्डले जनयुद्दका दौरान उठाएका एजेण्डा र नराहरुले मुर्तरुप पाउनै लागेका छन् र चमत्कारीक रुपमा देश गरिवीको दलदलबाट मुक्त हुँदै छ भन्ने लागेको थियो । त्यसैले ति खुशी थिए । कती मान्छेहरु १२ वर्षसम्म चलेको दोहोरो आतंक अन्त्य हुन लागेकोमा खुशी भएका थिए । यि दुबै कारणले मान्छेहरु प्रचन्ड प्रति आशावादी थिए । तिनको नेपाली राजनीतिमा खुला पदार्पण कम्ताको थिएन ।

राजा ज्ञानेन्द्र शाह वंशले थामेको गद्दी र राजादरवारलाई सदाका लागि छोडेर जाँदै थिए । प्रचन्ड सिंहदरवार पस्दै थिए । दुर दराजका गरिव नेपालीका सपना बोकेर काठमाडौं उत्रेका थिए उनी । अमेरिकि साम्राज्यबादको मनोबैज्ञानिक दलदल र भारतीय विस्तारबादको घेराउमा रहेको निम्न मध्यमवर्गिय अमुर्त सोचकाबिच प्रचन्ड देउता झैं उभिएका थिए । अमेरिकी सरकारले खतरानाक आतंकवादिको सुचिमा नाम छापेको भए पनि नेपालीका लागि उनको उचाइ धरहरा भन्दा अग्लो थियो, शान्तिका अग्रदुत बनेका थिए उनी । तर शान्ती प्रकृया पछी १५ वर्षमा के भयो ? कहाँ पुगे प्रचन्ड ?

१५ वर्ष भनेका सत्ताको सुखभोग गरेर जीवन बिताउने कुनै राजनीतिज्ञका लागि केही पनि होइनन् । तर गरिवी र अभावको चरम दलदलमा बाँच्न वाध्य पारिएकाहरुका लागि १५ वर्ष भनेको ५ हजार ४ सय ७५ दिन हुन् । जसका आशातित आँखाहरु प्रचन्ड सँगै राजधानी पसेका थिए । प्रचन्डका लागि यि १५ वर्ष अझै थोरै भएका हुन सक्दछन् । तर उनले आश्वासन छोडेर आएको हरेक जिन्दगीका लागि ति एक एक दिन भयंकर लामा भएका छन्, कहिल्यै नटुङ्गिने जस्ता ।

कुनैबेला प्रचण्डपथका आदर्शवान छापामार नेता माथि अहिले चौतर्फी औंला उठेका छन् । माओवादी पार्टीको संकुचित घेरा भित्र प्रचण्ड जसरी खुम्चिएका छन् त्यो उनैले निर्माण गरेको धरातल हो ।

हुन त प्रचन्ड आफैंले बालुवाटार पस्दाको पहिलो दिन अथवा राजाधानीका इलाइट वर्ग माथि धावा वोलेको सम्झिंदा आत्मग्लानी हुँदो हो । अहिले प्रचन्ड विस्मृत छन् । कुनैबेला प्रचण्डपथका आदर्शवान छापामार नेता माथि अहिले चौतर्फी औंला उठेका छन् । माओवादी पार्टीको संकुचित घेरा भित्र प्रचण्ड जसरी खुम्चिएका छन् त्यो उनैले निर्माण गरेको धरातल हो । अथाह महत्वकांक्षाले त्यो जमानाका अदृष्‍य यि नेता मसिना बनेका छन् । अग्लो हुनसक्ने फराकिलो आकाशलाई आफैंले ध्वस्त पारेका छन् । अहिले चलिरहेको माओवादीको महाधिवेशनमा प्रचण्ड माथि अनगिन्ती प्रश्न सोझिएका छन् । जसको जवाफ न उनले अहिले दिनसक्छन् न उनका कार्यकर्ताले भविष्यमा कुनै सरल जवाफ पाउन सक्छन् ।

२०४८ साल देखि चुनवाङ बैठकसम्म पुग्दा प्रचण्डका निर्णय वा आदेशका विरुद्दमा कुनै पनि कार्यकर्ताले आवाज उठाउँदैनथिए । अहिले उनी माथि औंला उठेका छन् । प्रचण्डको परिवर्तित जीवनचर्यामा, दैनिक उठवसमा, अदृष्य लगानिका बारेमा, अलिशान जीवनशैलीका बारेमा कार्यकर्ताले दर्जनौं प्रश्न गरे । प्रचन्डले आफ्नो ३० वर्षे सुप्रिमो कालमा कहिल्यै पनि अहिले जस्तो आलोचनाको सामना गर्नु परेको थिएन ।

पहिले पहिले उनका राजनीतिक प्रतिवेदन छलफलमा त आउँथे । तर सजिलै पारीत हुन्थे । हुन त अहिले पनि उनको प्रतिवेदन पास भएको छ । तर सयौं प्रश्नले घेरिएर पास भएको छ । आगामी दिनमा प्रचण्डलाई यिनै प्रश्नले पछ्याउने छन् । यसको मतलव के हो भने माओवादि कार्यकर्ताहरु प्रजातान्त्रिक बन्दै गैरहेका छन् जुन प्रचण्ड युगको समाप्तिको शंखनाद हो ।

प्रचण्ड धेरै कुरामा ‘रिजर्भ’ छन् । भारत, अमेरिका वा अहिले वहसमा रहेको मिलेनियमा कर्पोरेशन च्यालेन्ज (एमसीसी) । विगत केही वर्षदेखि नै उनी यस्ता विषयहरुमा रक्षात्मक पंङ्तीमा उभिने गरेका छन् । खास गरेर भारतको मामिलामा । ति पारवहन सम्झौताका कुरा हुउन् वा कालापानि विवाद । उनले आफूलाई रक्षात्मक नै राखेका छन् ।

आठौं महाधिवेशनमा प्रस्तुत उनको राजनीतिक प्रतिवेदन नयाँँ प्रचण्डको पुरानो लेप मात्र हो । प्रचण्डको प्रतिवेदनमाथि लिखित रुपमै फरक मत प्रस्तुत गर्दै केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भनेका छन्, ‘सैन्य रणनीति अन्तर्गतको एमसीसी परियोजनाप्रति हाम्रो लसपस र अस्विकार्यको स्पष्ट धारणा नआउनु जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने सन्दर्भसँग बाझिन्छ ।’

२०४८ साल देखि चुनवाङ बैठकसम्म पुग्दा प्रचण्डका निर्णय वा आदेशका विरुद्दमा कुनै पनि कार्यकर्ताले आवाज उठाउँदैनथिए । अहिले उनी माथि औंला उठेका छन् ।

तर प्रचण्डले जवाफका क्रममा एमसीसी बारेको धारणा प्रतिवेदनमा उल्लेख गरिएको भन्दा फरक नहुने बताएपनि कार्यकर्ताको मनबाट यो एमसीसीको आगो छिट्टै निभ्ने संकेत देखिंदैन । प्रचण्डको अमेरिका र भारतसँगको पर्दा भित्रको साइनोका बारेमा कार्यकर्ता माझ छुट्टै मनोविज्ञान छ । महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधी मात्र होइन देश भरीका अन्य हजारौं कार्यकर्ताले प्रचण्डको विलासी जीवनशैली र उनको अदृष्‍य सम्बन्ध छचल्किने गरेर प्रश्न मात्र गरेनन् उनी अहिले बसिरहेको ठेकेदारको घरबाट तुरुन्त निस्किन समेत आग्रह गरे ।

प्रचण्ड अहिले विवादित ठेकेदार शारदाप्रसाद अधिकारीको खुमलटारस्थित आलिसान महलमा बस्छन् । ब्यक्तिगत लाभ लिएर ति ठेकेदारप्रती सरकारी संयन्त्रको गलत प्रयोग गरेर नरम रवैया अपनाएको आरोप प्रचण्डलाई पटक पटक लाग्दै आएको छ । त्यति मात्र होइन, प्रचण्डले कुन आयश्रोतले यस्तो विलासी जीवन बिताइरहेका छन् भन्ने पनि रहस्य मै छ ।

माओवादीका एक जना नेता भन्छन्- सतही रुपमा हिसाब गर्ने हो भने पनि अध्यक्ष कमरेडको मासिक खर्च ५० लाखको हाराहारिमा छ । यसबाहेक अपर्झटका विदेश यात्रा र उपचारका खर्च छुट्टै छन् । सर्वहाराको नेताको यस्तो विलासी जीवन छ भने हामीले अरु सँग के प्रश्न गर्न सक्दछौं ।

अहिलेको महाधिवेशन प्रचण्डको कुनै चाहना थिएन । उनी सकभर राष्ट्रिय सम्मेलन गरेर नै छुटकारा पाउन चाहन्थे । तर महाधिवेशन गर्नैपर्ने दवाब बढिरहेका कारण बाध्यात्मक अवस्थामा उनी पुगेका थिए । महाधिवेशनले उनलाई अध्यक्ष त बनाउँछ नै, तर उनी यतिधेरै कमजोर हुनेछन् कि ईतिहास हाँस्ने छ ।

भर्खरै सम्पन्न दुई ठूला पार्टीका महाधिवेशनमा कांग्रेस र एमालेका कार्यकर्ताले न त शेरबहादुर देउवालाई प्रश्न सोधे न ओलीलाई । तर माओवादीका कार्यकर्ताले लगातार प्रश्न सोधेर प्रचण्डको युगलाई समाप्त पारिदिएका छन् । अब नेपालको राजनीतिमा प्रचण्डको अग्लो युग समाप्त भएको छ । उनी पुड्का भएका छन् ।

तपाइँको प्रतिक्रिया