शनिबार, वैशाख १५, २०८१

जलवायु परिवर्तन : फ्रान्समा वर्षको अन्त्य सबैभन्दा न्यानो

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष १६ गते २०:००

फ्रान्सले यो वर्ष सबैभन्दा न्यानो वर्षको रुपमा अन्त्य गर्दै छ । राष्ट्रिय मौसम विज्ञान सेवा ‘मेतेओ फ्रंस’ को पूर्वानुमान अनुसार केही क्षेत्रहरूमा औसत भन्दा १० डिग्री न्यानो तापक्रम भएको छ । यो वर्ष सबैभन्दा न्यानो वर्षको अन्त्यको रेकर्ड बनेको मेतेओ फ्रंसले उल्लेख गरेको छ ।

क्रिसमस र नयाँ वर्षको पूर्वसन्ध्यामा देशको इतिहासमा सबैभन्दा न्यानो भएपछि बोर्दोका बासिन्दाहरूले राम्रो मौसमको अधिकतम फाइदा उठाइरहेका छन् । तर यसलाई मौसम परिवर्तनको खराब संकेतका रुपमा हेरिएको छ ।

पेरिस शहर भएर बग्ने सेन नदीको उत्तरमा पनि बुधवार र बिहीवारको बीचमा मौसम रेकर्ड तोडिएको थियो । तापमान १५ डिग्री सेल्सियसदेखि १७ डिग्री सेल्सियससम्म पुगेको थियो ।

यो एक सुन्दर हप्ता भएको धेरैले टिप्पणी गरेका छन् । मानिसहरू घाम ताप्न बाहिर निस्किएका थिए । मानिसहरूले यसको अधिकतम फाइदा उठाइरहेका थिए ।

स्विजरल्याण्डमापनि अकस्मात न्यानो भएपछि स्की (हिम चिप्लेटी) खेल्नेहरुलाई केहि भागमा असर पारेको बताइएको छ ।

समुन्द्र सतहबाट १०३४ मिटरको उचाइमा रहेको ग्रिन्डेलवाल्डमा भने अत्यधिक वर्षा भएर यस हप्ता हिउँको स्वरुप बदलिएको थियो ।

स्की खेल्नेहरूको संख्या कम हुँदा केही कम उचाइ भएका रिसोर्टहरू क्रिसमसमा पूर्ण रूपमा बन्द गर्नुपरेको थियो ।

एक हजार मिटरमा १० देखि १५ डिग्री सेल्सियस पुगेपछि हिम चिप्लेटीकालागि पर्याप्त हिउँ नभएर केहि रिसोर्टहरु बन्द भएका थिए ।

तपाइँको प्रतिक्रिया