मंगलबार, वैशाख ११, २०८१

बेलायतमा लोखर्के आतंक, १८ जना घाइते

नेपालप्लस संवाददाता / बेलायत२०७८ पुष १७ गते १५:११

हात्ती, बाघ, भालु, बाँदरको आतंक त सुनिएकै हो । बेलायतमा भने लोखर्केको आतंकले डेढ दर्जन मानिस घाइते भए । लोखर्केको आतंकले केहि दिन मानिसहरु हैरान परे ।

बेलायतको उत्तरपूर्वी वेल्सको बकले सहरमा दुई दिनमा एउटा लोखर्केले धेरै मानिसहरू र केही घरपालुवा जनावरहरूलाई घाईते पार्‍यो । टोक्दै, चिथोर्दै घाइते बनाएको लोखर्केलाई केहि दिनको प्रयासपछि पक्राउ गरिएको छ ।

बेलायतमा आयोजित बक्सिङ डेमा जम्मा भएका मानिसहरुबिच स्थानीय बासिन्दाहरूले एक-अर्कालाई एउटा दुष्ट लोखर्केको बारेमा रिपोर्ट गर्न थालेपछि थाह घटना सार्वजनिक भएको थियो । तिनीहरूमध्ये केहीलाई लोखर्केले घरबाट बाहिर निस्कन पनि रोकेको थियो । तिनीहरूले प्राणीलाई “साइको”, “फाउल, क्रूर, खराब स्वभावको दानव” र “कराटे डुष्ट लोखर्के” भनेका थिए । तर वास्तवमा यसलाई फिल्म “ग्रेम्लिन्स” को एक दुष्ट चरित्रको नामबाट टाटेपाटे नाम दिइएको थियो।

“आक्रमण गर्ने दुष्ट लोखर्केले मलाई टोकेको छ । मेरो घरमा आउँदा मेरो साथी केभलाई आक्रमण गरेको छ । मेरो नजिकै बस्ने स्कट फेल्टन र अन्य धेरै मानिसहरूलाई टोकेको छ” निकोला क्राउथरले फेसबुकमा लेखेकी छन् “मेरो घरबाट बाहिर निस्कने हिम्मत नगर्नुहोस्, किनकि यो लुकेको छ ।।।”

लोखर्केले करिब ४८ घण्टामा कम्तिमा १८ बासिन्दाहरूलाई आक्रमण गरेको थियो । जसमध्ये केहीले सामाजिक सञ्जालमा आफ्नो चोटपटक सहितको तस्विर राखेका थिए ।

जब तपाईं घरमा बस्नुहुन्छ, जनावरहरू हाम्रा गाउँ, टोल र सहरहरूमा स्वतन्त्र घुम्छन् ।

बकली निवासी कोरीन रेनोल्ड्सले पहिले लोखर्केसँग मित्रता राखेकि थिईन् । जनावरको व्यवहार केहि दिन अघि परिवर्तन भएको उनले उल्लेख गरेकि छन् ।

“उसले साँच्चै पछिल्लो चार वा पाँच दिन अघिदेखि मात्र व्यवहार परिवर्तन गरेको छ । मैले याद गरें कि उसले अलिकति अनियमित काम गरिरहेको थियो । त्यसैले मलाई उभित्र निरन्तर समस्याहरू रहेको महसुस भयो “रेनोल्ड्सले भनिन् ।

उनले अन्ततः लोखर्केलाई पासोमा पारेर समातिन् । त्यसलाई आरएसपीसीए (रोयल सोसाइटी फर द प्रिभेन्सन अफ क्रुएल्टी टु एनिमल्स) मा बुझाईन् जहाँ पशु चिकित्सा परीक्षण गरिन्छ । लोखर्केलाई लठ्याउने सुई हानेर पछि सुताइयो।

खरानी रङको लोखर्के (ग्रे स्क्वाएरल) लाई जंगलमा फिर्ता छाड्नु गैरकानुनी भएकाले लोखर्केलाई कुनै छुट्टै ब्यवस्था गरेर राख्नुपर्ने संस्थाले जनाएको छ । आरएसपीसीएले लोखर्के वा कुनै पनि वन्यजन्तुलाई मानिसले तयार गरेको दाना खुवाउनबाट पनि रोक लगाउने गरेको छ ।

“लोखर्के समातेर दिनु परेकामा म अन्त्यमा दुखी छु” रेनल्ड्सले भनिन् “तर आक्रमणमा धेरै मानिस परेकाले पक्रिन पर्‍यो । र मेरो दुई वर्षको एक मात्र नाती बगैंचामा खेल्ने भएकाले मैले उसलाई टोक्ने जोखिम लिन सकिन ।”

तपाइँको प्रतिक्रिया