शुक्रबार, वैशाख ७, २०८१

नयाँ वर्षको आतिशबाजीले जर्मनी र अस्ट्रियामा ज्यान लियो

नेपालप्लस संवाददाता२०७८ पुष १७ गते १७:४६

नयाँ वर्षको पूर्वसन्ध्यामा आतिशबाजी विस्फोट हुँदा दुई जनाको ज्यान गएको छ । थानीय सञ्चारमाध्यमले शनिबार जनाएअनुसार एकजना जर्मनीमा र अर्को एक ब्यक्तिको अस्ट्रियामा ज्यान गएको हो ।

जर्मनीको पश्चिमी सहर बोननजिकै हेनेफमा ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । सोही घटनामा ३९ वर्षीय एकजना गम्भीर घाइते भएका थिए र उनलाई अस्पताल लगिएको थियो ।

त्यसैगरि, अस्ट्रियामा भियना शहरको दक्षिणपश्चिममा एक २३ वर्षीय व्यक्तिको मृत्यु भएको छ र अन्य तीन जना घाइते भएका छन् ।

जर्मन समाचार एजेन्सी डीपीएले रिपोर्ट गरेअनुसार जर्मनीका लाइपजिख र ह्याम्बर्ग सहरमा आतिशबाजीका अन्य दुर्घटनामा परी अन्य धेरै व्यक्ति घाइते भएका छन् ।

कोरोना भाइरसको महामारीका कारण जर्मनीमा यस वर्ष व्यक्तिगत प्रयोगका लागि आतिशबाजीको बिक्रीमा प्रतिबन्ध लगाइएको थियो । केही जर्मनहरूले अवैध आतिशबाजी किनेका थिए । वा केहिले आफैंले निर्माण गरेर पड्काएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक