बुधबार, वैशाख १२, २०८१

ईयूको अध्यक्षमा फ्रान्स, घरेलु चिन्ता बढ्दो

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष १७ गते २०:२१

Image Credit-onu.delegfrance.org

फ्रान्सले शनिबार युरोपेली संघको अध्यक्षता लिएको छ । आलोपालो गरिने अध्यक्षका लागि फ्रान्सलाई जर्मनीको समर्थन भएपछि सहज भएको हो ।

यसले राष्ट्रपति एमानुएल माख्रोंलाई अप्रिलमा हुने राष्ट्रिय चुनावको दौडमा युरोपेली संघ (ईयु) को वास्तविक नेताको रूपमा प्रस्तुत गर्ने मौका प्रदान गरेको छ । राष्ट्रपतीय निर्वाचनमा आफ्नो उेदवारी दिने अपेक्षा गरिएका माखोंलाई यो अध्यक्षताले राष्ट्रपतीय उमेदवारमा थप सहयोग र सकारात्मक भूमिका खेल्ने छ ।

४४-वर्षीय माख्रोंले युरोपेली युनियनको नेत्रित्व समात्ने र आफूले प्रभावकारी रुपमा अगाडि बढाउने योजनामा छन् । युरोपको शक्ति निर्माण गर्न थप कोसिस गर्ने उनको भित्रि आकांक्षा छ ।

स्थिर जर्मन चान्सलर एन्जेला मर्केलको गतिशील सहयोगिको रूपमा विगत चार वर्षमा सेवा गर्दै थप युरोपेली एकीकरणको लागि माखोंले केन्द्रिय भूमिका खेलेका थिए । युरोपेली युनियनको ईन्जिन बन्ने आफ्नो महत्वाकांक्षाका कुरा कहिल्यै गोप्य नराखेको युरोपेली मेडियाले उल्लेख गर्ने गरेका छन् ।

जर्मन चान्सलर एन्जेला मर्केल अब युरोपेली राजनितिबाटपनि सेवानिवृत्त भएकि छन् । जनवरी १ देखि ईयु काउन्सिलको घुमाउरो अध्यक्षताको समयमै उपहार पाएका माख्रोंले २७-सदस्यीय युरोपेली ब्लकको लागि एक महत्वाकांक्षी एजेन्डा घोषणा गरेका छन् । यसले राष्ट्रपतीय निर्वाचनमा आफ्नो घरेलु अभियानलाई पनि प्रशस्त सहयोग गर्ने छ ।

“सन् २०२२ युरोपका लागि टर्निङ प्वाइन्ट हुनुपर्दछ” उनले नयाँ वर्षको पूर्वसन्ध्यामा शुक्रवार राष्ट्रिय सम्बोधनमा भने । उनले कोविड-१९ संकटको बेला ईयूको भूमिकाको प्रशंसासमेत गरेका थिए ।

फ्रान्सेली राष्ट्रपतिको सन्दर्भमा उनले वाचा गरे “तपाइँ मेरो पूर्ण प्रतिबद्धतामा भरोसा गर्न सक्नुहुन्छ । यो सुनिश्चित गर्नको लागि हरेक १३ वर्षमा आउने यो अवधि तपाईको लागि प्रगतिको समय हो ।”

सन् २०१७ मा राष्ट्रपति पद जित्दा युरोपेली विचारहरूलाई आफ्नो राजनीतिक अभियानको मुख्य भाग बनाएका मध्यमार्गी नेता माख्रोंले अप्रिल १० र २४ मा हुने चुनावमा फेरि आफूलाई निर्वाचित गर्ने आशा राखेका छन् ।

बर्लिनस्थित थिंक ट्यांक संस्था मार्क-ब्लोखका विज्ञ क्लेयर डेमेस्मेले युरोन्युजसित भनेका छन् “ईयूको अध्यक्षताले उनलाई आफ्नो युरोपेली रेकर्डलाई प्राथमिकतामा राख्न, आफ्ना प्रतिद्वन्द्वीहरूबाट आफूलाई अलग गरेर फरक देखाउन र नयाँ प्रस्तावहरू, नयाँ विचारहरू टेबलमा ल्याउन स्वागत मञ्च प्रदान गर्दछ ।”

कुनैपनि फ्रान्सेली राष्ट्रपतिको लागि अन्तर्राष्ट्रिय मञ्चमा स्थान पाउनु लामो समयदेखि लोकप्रिय माध्यम रहँदै आएको छ ।

“फ्रान्सले आफ्नो नियन्त्रणमा रहेको फ्रान्सको छवि वा छाप बाहेक अरू केही मन पराउँदैन” युरोपियन युनियनमा फ्रान्सेली मिसनका पूर्व फ्रान्सेली कूटनीतिज्ञ पियरे सेलालले भने ।
छ-महिना राष्ट्रपति कार्यकालको सुरुवातको रूपमा फ्रान्सले नयाँ वर्षको पूर्वसन्ध्यामा ईयू झण्डाको नीलो रंगमा आइफल धरहरा र आर्क द थ्रियोम्फ लगायत देशभरका ऐतिहासिक भवनहरू उज्यालो पारेको छ ।

जर्मन समर्थन ?

प्रत्येक युरोपेली देशले काउन्सिलको घुमाउरो अर्थात् आलोपालो अध्यक्षता गर्ने मौका पाउँछ जसले सदस्य राष्ट्रलाई इयु ब्लकमा सीमा भित्र रहेर मन्त्रीहरूको बैठकहरू व्यवस्थित गर्ने आधिकारिक एजेन्डा सेट गर्ने अवसर दिन्छ ।

तर सन् २००८ पछि पहिलो फ्रान्सेली राष्ट्रपतिका रुपमा माख्रोलाई यो अवशर आएपनि यसलाई पर्यवेक्षकहरूले जोखिमको रूपमा पनि हेरेका छन् ।

युरोपलाई शक्तिशाली बनाउने उनको एजेन्डा छ । तर रक्षा, प्रविधि वा यसको आफ्नै सीमा सुरक्षा र कोविड-१९ स्वास्थ्य संकट तीव्र भएका बेला छोटो अवधिमा ति एजेण्डा पुरा गर्ने जोखिमलाई ओझेलमा पार्नसक्छ ।

पेरिसमा रहेको ईयु-समर्थक थिंक-ट्याङ्क ज्याक डेलर्स इन्स्टिच्युटका निर्देशक सेबास्टियन मेलर्ड भन्छन् “माख्रोंले पनि अपेक्षाहरू बढाएपछि तिनलाई पुरा गर्न दबाबको सामना गर्नुपर्नेछ ।”

“युरोपेली युनियनबाट केहि नतिजाहरु प्राप्त नगरेसम्म माख्रों राष्ट्रपतीय निर्वाचनमा पहिलो राउण्डबाट पार गरेर दोस्रो राउण्डमा पुग्न सक्दैनन् । यो उनकालागि चुनौति हो । र एक वास्तविक अवशरपनि हुनसक्छ” मेलर्डले भने ।

युरोपेली नेताहरू पेरिसमा मार्च १०-११ मा भेट्ने तयारीमा छन् जुन उनीहरूका लागि ब्लकको बजेट नियमहरूमा ठूलो सुधारमा सहमत हुने अवसर हुनसक्छ ।

धेरै कुरा जर्मनीका नयाँ चान्सलर ओलाफ स्कोल्जमा निर्भर हुनेछ । किनभने उनको सरकार गठबन्धमा छ । यो मिलिजुली सरकार ईयुको बजेट सुधारहरूमा शंकास्पद टिकाटिप्पणीमा देखिएको छ । तैपनि माख्रोंका एजेन्डालाई समर्थन भने गरेको छ ।

फ्रान्सको राष्ट्रपति पद भनेको युरोपलाई बलियो बनाउन र भोलिका चुनौतिहरूको सामना गर्न सक्षम बनाउने, उपयुक्त अवशर हो । हामी सँगै सदुपयोग गर्न चाहन्छौं भन्ने एउटा महत्त्वपूर्ण अवसर हो” जर्मन विदेशमन्त्री एनालेना बेरबकले शुक्रबार एएफपीलाई बताइन् ।

अन्य युरोपेली नेताहरू जस्तै हंगेरीका दक्षिणपन्थी प्रधानमन्त्री भिक्टर ओर्बान, र पोल्याण्डको सत्ता पक्षिय नेता फ्रान्सेली नेताको पुन: चुनावको सम्भावनालाई बलियो बनाउने मूडमा नहुन सक्छन् । किनभने माख्रोंले डिसेम्बरमा हंगेरीका दक्षिणपन्थी प्रधानमन्त्री भिक्टर ओर्बानलाई “राजनीतिक प्रतिद्वन्द्वी” भनेर लेबल लगाएका थिए । इयुपेली नियमबिरुद्द गएकोमा पोल्याण्डको सरकारकोपनि माँख्रोंले आलोचना गर्दै आएका छन् ।

घरेलु चिन्ता

युरोपेली काउन्सिलको प्रतीकात्मक प्रमुखको रूपमा माख्रोंले प्रभावकारी लाइन समातेर हिंड्नुपर्ने छ । किनकि उनले पुन: चुनावको लागि आफ्नो अभियान पनि सुरु गर्नु छ । इयुको भूमिका गतिलो नदेखिए राष्ट्रपतीय निर्वाचनलाई बेफाइदा पुग्छ । आगामी फर्वरीमा औपचारिक रूपमा घोषणा हुने अपेक्षा गरिएको छ, राष्ट्रपतीय निर्वाचन ।

फ्रान्सका पाटरनरहरुलेपनि घरेलु निर्वाचनमा माख्रोंले ख्ल्ने भूमिका नियाल्ने छन् । तर प्रमुख आधारकारुपमा भने हेर्ने संभावना छैन ।

घरेलु रूपमा विपक्षीहरूले पहिलेनै माख्रोंलाई चुनाव प्रचार गरेको आरोप लगाएका छन् । इयुमा नेत्रित्व गर्न फ्रान्सको राष्ट्रिय निर्वाचनसम्म कुर्नुपर्ने वा निर्वाचनपछिको नेत्रित्व मात्रै लिनुपर्ने बिरोधी पार्टीका नेताहौर्को तर्क छ ।

“यो गल्ती हो । उनले यो फ्रान्सको लागि गरेको होइन, आफ्नै स्वार्थको लागि गरिरहेका छन्” रिपब्लिकन पार्टी नेत्री र माख्रोंका प्रतिद्वन्द्वी भ्यालेरी पेक्रेसले गत महिना भनेकि थिईन ।

युरोपेली युनियनमा आफ्नै स्वार्थ बोकेका, फ्रान्स युरोजोनबाट बाहिर निस्किनुपर्छ भनेर इयुको बिरोध गर्ने ईयु विरोधीहरू मारिन ल पेन र एरिक जेम्मोरले पनि माख्रोंले गरेका सम्पूर्ण अभ्यासलाई अर्थहीन रूपमा चित्रण गर्न हरेक अवशरको सदुपयोग गर्ने नै छन् ।

“उनी सत्तामा बसेको साढे चार वर्ष भइसक्यो । फ्रान्को-जर्मन जोडीको नाममा एक प्रकारको जर्मनीको शक्ति, स्वार्थलाई समर्थन गर्नु बाहेक उनले युरोपेली युनियनमा केही प्राप्त गरेनन् र फ्रान्सलाई केहि दिएनन्” मारिन लपेनले मध्य डिसेम्बरमा आरएमसी रेडियोसित भनेकि थिईन ।

संवन्धित रिपोर्ट

युरोपेली युनियनको आगामी अध्यक्षमा फ्रान्सले प्रतिस्पर्धा गर्ने

तपाइँको प्रतिक्रिया