शुक्रबार, चैत १६, २०८०

फ्रान्सद्वारा २५ वर्ष मुनिका सबै महिलाका लागि नि:शुल्क गर्भनिरोधक योजना लागू

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ पुष १७ गते २२:२९

फ्रान्समा शनिवार देखि २५ वर्ष मुनिका सबै महिलाहरूका लागि नि:शुल्क गर्भनिरोधक सुविधा उपलब्ध भएको छ । युवतीहरूले गर्भनिरोधक औषधि लिन नछोड्ने सुनिश्चित गर्न १८ वर्षभन्दा कम उमेरकाहरूलाई लक्षित योजना विस्तार समेत गर्ने भएको छ ।

३० लाख महिलालाई फाइदा पुग्ने यो योजनामा ​​चक्की, आईयूडी, गर्भनिरोधक प्याच र स्टेरोइड हर्मोनबाट बनेका अन्य उत्पादनहरु समावेश छन् ।

फ्रान्समा नावालिगका लागि गर्भनिरोधक पहिले नै नि:शुल्क थियो । बेल्जियम, जर्मनी, नेदरल्यान्ड्स र नर्वेलगायत धेरै युरोपेली देशहरूले किशोरकिशोरीहरूलाई गर्भनिरोधक औषधी, सुविधा निःशुल्क बनाएका थिए । बेलायतले धेरै प्रकारका गर्भनिरोधक औषधी सबैलाई निःशुल्क बनाएको छ ।

फ्रान्सले सेप्टेम्वरमा २५ वर्ष मुनिका महिलाहरूलाई विस्तार गर्ने घोषणा गरेको थियो । मुख्यतया आर्थिक कारणहरूले गर्दा गर्भनिरोधकको प्रयोगमा गिरावट आएको सर्वेक्षणहरूले देखाएपछि सरकारले निशुल्क बितरणको कार्यक्रम घोषणा गरेको हो ।

यो कदम राष्ट्रपति एमानुएल माख्रोंको सरकारले महिला अधिकारलाई बढावा दिन र युवा गरिबी न्यूनीकरणका लागि चालेका कदमहरूको एक भाग हो ।

सरकारको यो नि:शुल्क प्रावधान अभियानलाई ‘सबैभन्दा अगाडि महिला’ संघ सहित अन्य महिला समूहहरु द्वारा समर्थन गरिएको छ ।

“१८ र २५ वर्ष बीचका महिलाहरू धेरै कमजोर हुन्छन् । किनभने उनीहरू नावालिग हुँदाको तुलनामा धेरै अधिकारहरू गुमाउँछन् । आर्थिक रूपमा धेरै अनिश्चित हुन्छन्” प्रवक्ता लुइस डेलाभियरले बताइन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक