शुक्रबार, चैत १६, २०८०

प्रतिबन्धलाई तोडेर नेदरल्याण्ड्समा कोरोनाका नियमबिरुद्द हजारौंको प्रदर्शन

नेपालप्लस संवाददाता२०७८ पुष १८ गते २२:५१

कोरोना भाईरस नियन्त्रण गर्न लगाइएका प्रतिबन्ध तोडेर नेदरल्याण्ड्सका हजारौं मानिसहरू प्रदर्शनीमा उत्रिएका छन् ।

डच सरकारको कोरोना भाइरस नियन्त्रणकालागि तालाबन्दी नियमहरूको बिरूद्ध आइतवार हजारौंले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरु एम्स्टर्डमको पार्क तर्फ अगाडि बढ्नु अघि केन्द्रीय स्क्वायरमा भेला भएका थिए ।

एम्स्टर्डमका मेयर फेम्के हल्सेमाले म्यूजियम स्क्वायरबाट भीड हटाउन आदेश दिएपछि सुरक्षा अधिकारीहरूले प्रयास गरेका थिए । त्यहिबेला प्रदर्शनकारीहरूको सानो समूहसँग दंगा प्रहरीको केहिबेर झडप भयो । घटनास्थलमा पत्रकारहरूले कम्तिमा एक व्यक्तिलाई पक्राउ गरेको देखेको युरो न्युजले उल्लेख गरेको छ ।

स्थानीय सरकारले केही प्रदर्शनकारीहरू हिंसाको लागि तयारि गरी उपस्थित हुने योजना बनाएको हुनसक्ने सङ्केत प्रहरीले गरेको भन्दै विरोध प्रदर्शनलाई निषेध गरेको थियो । नगरपालिकाले पछि मानिसहरूलाई स्क्वायर छोड्नको लागि आपतकालीन आदेश जारी गर्‍यो । दंगा प्रहरीले प्रदर्शनकारीहरूलाई नजिकैका सडकहरूमा पठाउँदै क्षेत्र खाली गर्न आग्रह गरेको थियो ।

अधिकारीहरू भित्र पस्नु अघि, केही सहभागीहरूले भ्यान गग संग्रहालय नजिकै “कम दमन गर, धेरै हेरचाह गर” लेखिएको ब्यानर फहराए । सेतो कपडा र सेतो मास्क लगाएका मानिसहरूको समूहले प्लेकार्ड बोकेका थिए जसमध्ये एकमा लेखिएको थियो: “यो भाइरसको लागि होइन, यो नियन्त्रणको लागि हो । भिडबाट एक व्यक्ति “ट्रम्प २०२४” लेखिएको झण्डा बोकेर भीडबाट हिँडेको थियो ।

चोक र वरपरका गल्लीहरूमा प्रहरीको बाक्लो उपस्थिति थियो । नगरपालिकाले आफ्नो क्षेत्रलाई सुरक्षा जोखिम क्षेत्रको रूपमा तोकेको छ । प्रहरीलाई मानिसहरूलाई रोकथाम गर्ने अधिकार दिएको छ ।

छुट्टीको समयमा थप कडाई र नोभेम्बरमा तालाबन्दी उपायहरू पुन लागू गरेपछि नेदरल्याण्ड्समा कोरोना संक्रमणको संख्या घट्दै गएको छ ।

नयाँ दैनिक संक्रमितको संख्या हेर्दा ७ दिनको औसत गत हप्ताको तुलनामा थोरै घटेर प्रति एक लाख मानिसहरूमा ८५ दशमलव ५५ भएको छ । यद्यपि ओमिक्रोन प्रमुख कोरोना संक्रमण बनेको छ ।

नेदरल्याण्ड्समा तालाबन्दी अन्तर्गत, बार, रेस्टुरेन्ट, संग्रहालय, थिएटरहरू र सिनेमाघर जस्ता सबै गैर-अत्यावश्यक पसलहरू बन्द छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक